Wednesday, July 29, 2009

धादिङमा हजार भन्दा बढी एचआईभी पोजेटिभ, एउटै गाविसमा पचास भन्दा बढी संक्रमित

रामेश्वर कार्की;धादिङ साउन १४
विश्वमा महामारीको रुपमा फैलंदै गरेको एचआईभी;एड्सले धादिङमा दरिलो अड्डा जमाएको छ । धादिङको राजमार्ग क्षेत्रमा हुने यौन व्यापार र कामकालागी भारत गएकाहरुबाट फैलिएको एचआईभी;एडस जिल्लाको पचास गाविसमा एक हजार भन्दा बढीको संख्यामा हुन सक्ने अनुमान गरिएको छ । एचआईभी;एडसको क्षेत्रमा कृयाशिल चन्द्रज्योती एकिकृत ग्रामीण विकास समाज धादिङले जिल्लाको २१ वटा गाविसमा गरेको सर्वेक्षण अनुसार १ सय ५० जना संक्रमित पहिचान गरिएको छ । यि मध्ये ८० जना संक्रमित एचआईभी संक्रमितहरुको संस्था सितल समाजको सम्पर्कमा रहेको चन्द्रज्योतीका कार्यक्रम संयोजक उत्तम पौडेलले जानकारी दिए । धादिङमा एचआईभी पोजेटिभहरुको संख्या दिन प्रति बढ्दै गएपनि यस प्रति ठोस कार्यक्रम अगाडी बढाईएको छैन । पर्याप्त जनचेतनाको अभाव र संक्रमण भएपछि समाजमा नखुल्नुले यसको संख्या दिन दिनै ज्यामिति हिसावमा बढदै गएको हो । महामारीकै गति िलंदै गरेको सो रोग धादिङको सल्यानकोट गाविसमा मात्र तीस जना भेटिएका छन् । सोही स्थानमा विना उपचार यस अघि नै तेह्र जनाको मृत्यु भईसकेको सितल समाजका अध्यक्ष समेत रहेका संक्रमित मनबहादुर नाम परिवर्तनले जानकारी दिए । उनका अनुसार जिल्लाको मार्पाक गाविसमा सत्र जना संक्रमित सम्पर्कमा छन भने उन्नाईस जनाको विना पहिचान मृत्यु भईसकेको छ । मार्पाकमा एकै परिवारका चार जनामा दुई नावालक सहित सबै एचआईभी संक्रमित छन् । निलकण्ठ गाविसमा पच्चिस जना त्रिपुरेश्वरमा पन्ध्र जना सल्यान्टारमा सात जना कुम्पुरमा पन्ध्र जना थाक्रेमा छ जना भुमेस्थानमा आठ जना नौबिसेमा पाँच जना चैनपुरमा बाह्र जना गुम्दीमा नौ जना संक्रमितहरु सितल समाजको सम्पर्कमा रहेमा छन् ।समाजमा अपहेलना हुने र ईज्जतको डरले यसको दोब्बर संख्यामा मानिसहरु अझै सम्पर्कमा आएका छैनन् । समाजले एचआईभी भने पछि छिछि दुरदुर गर्ने भएकाले आफुले चिनेका साथी पनि खुलेर हिँड्न नसकेको अध्यक्ष मनबहादुरले बताए । कामका सिलसिलामा भारत गएर फर्किएका पुरुषहरुले रोग सारेर आएपछि परिक्षण नगरी श्रीमतिको सम्पर्कमा जाने भएकाले अधिकांश श्रीमानले श्रीमतिलाई समेत आफ्नो रोग भिराएका छन् । समाजमा पहिचान नभएका संक्रमितका कारण गाउँमा अन्य मानिसमा समेत एचआईभी फैलन सक्ने चिन्ता धादिङबासीलाई छ । जिल्लाको उत्तरी र दुर्गम भेगका मानिसको आयआर्जनको माध्यम नभएपछि रोजगारीका निम्ति भारत जाने गर्छन् । भारतबाट फर्किएका अधिकांश पुरुषहरुमा एचआईभीको संक्रमण फेला परेपछि सरकारी निकायबाट यस प्रति ध्यानाकर्षण हुन जरुरी रहेको चान्द्रज्योतीका अध्यक्ष गोकर्ण रुपाखेती बताउँछन् । जिल्लाको राजमार्ग क्षेत्रमा देशका विभिन्न जिल्लाबाट मजदुरी गर्न बसेका मानिस र राजमागर्मा आवत जावत गर्ने यातायात कर्मीहरुमा एचआईभी एड्सको जोखिम बढी रहेको छ । राजमार्ग क्षेत्रमा खुल्ला रुपमा देखिने यौन कि्रयाकलापले पनि जोखिम बढी रहेको पुष्टि गरेको छ । राजमार्ग क्षेत्रमा प्रचार प्रसार र जनचेतनाको कामहरु भएपनि यसको खासै प्रभाव देखिएको छैन । एउटै गाविसमा बीस;पचास जना संक्रमित भेिटंदा समेत सरकारी निकाय यसको रोक थाममा सकि्रय देिखंदैन । संक्रमितमा आफुत फसियो फसियो अरुलाई पनि किन छाड्ने भन्ने भावना पलाउँदै जाँदा झन महामारीको रुप लिन सक्छ । यसको निमित्त बेलैमा ध्यान नदिए धादिङे मात्र नभएर राजमार्गमा आवत जावत गर्ने आम नेपालीलाई प्रभाव पार्ने भएकाले यस प्रति संवेदनशिल हुनु जरुरी रहेको छ । संक्रमितहरुको लागि परिक्षण जनचेताना लगाएत औषधी उपचार लगएतका कार्यहरु अगाडी नबढाउने हो भने आम मानिस एचआईभीबाट अछुतो नरहने चन्द्रज्योतीको ठम्मयाई छ ।

Tuesday, July 28, 2009

अस्पतालको बेडमा पढेर एसएलसी पास



उच्च शिक्षा पढ्ने धोको पुरा नहुने भो ब्लड क्यान्सर पिडितको


रामेश्वर कार्की,धादिङ १३ साउन
रोग संग पौंठेजोरी खेल्दै अस्पतालको बेडमा पढेर यो वर्षको प्रवेशिका परिक्षामा उत्तिर्ण भएका धादिङको पिडा स्थित चिसोखोलाका नवराज भण्डारी आर्थिक अभावका कारण उच्च शिक्षा अगाडी बढाउन नसकेकोमा चिन्तित छन् । आदर्श उच्च मा वि गजुरीबाट प्रवेशिका परिक्षामा सहभागी भएर उत्तिर्ण उनी ब्लड क्यान्सर ब्अगतभ भिगपझष्ब का विरामी हुन् ।
०६५ कात्तिक देखि रोग पत्ता लागेर नियमित उपचार गराउँदै आएका उनी विद्यालय जाने अवधिभर काठमाण्डौको बीर अस्पतालको मेल मेडिकल वार्ड स्पेशल नं। २ मा किताबको सिरानी हालेर भगवान संग चाँडो निको होस भनेर याचना गरिरहेका हुन्थे । आर्थिक अभावका कारण विभिन्न संघ संस्था र साथिहरुले दिएको दुई÷चार रुपियाँ सहयोग उनको लागि उपचार खर्च थियो ।


गजुरीबाट चार घण्टाको उकालो लागेपछि पुगिने चिसोखालाका उनी परिवारमा सात दाजुभाई मध्यका जेठा छोरा हुन् । १९ वर्ष टेकेका भण्डारी पढेर ठुलो भएपछि बा आमा सहित नौ जनालाई पालन पोषण र घर मुलीको नेत्रित्व दिने परिवारको आशा थियो । तर सोच्दै नसोचेको रोग ब्लड क्यान्सर ब्अगतभ भिगपझष्ब भएपछि परिवारको आशा निराशामा बदलियो नै । झन उनकै उपचारका लागि ठुलो रकम जुटाउनु पर्दा आर्थिक संकटले गाँज्न थाल्यो । नवराजका बावु नारायण भण्डारी भन्छन् दैवले पनि कमजोरलाई नै लखेट्दो रहेछ । आर्थिक अभवका कारण घर परिवार धान्न धौ धौ परेको बेला छोराको उपचार गर्न छ;सात लाख लाग्छ भनेर अस्पतालले भनेपिछ छाँगाबाट खसेझैं भएका नारायणले घरमा जो भएको अन्न पात र गर गहना बेचेर बीस हजार जति जुटाए । त्यत्तिकै मात्रामा ऋण खोजे छोराको उपचार गर्नको लागि । नवराजलाई ठुलै रोग लागेका कारण बाबुले जुटाएको पैसा एक हप्ताको लागि पनि मुस्किलले पुग्ने भो । गाउँका साथि भाईको सल्लाहमा गाविसमा आर्थिक सहयोगका लागि गएका नारायणलाई गाविसले सहयोगको नाममा एउटा सिफारीस लेखिदियो । जो जस संग सम्बन्ध राख्दछ । सहयोग गरिदिनु भनेर । छोरालाई अस्पतालको बेडमा सुताएर रकम जम्मा गर्न भौंतारिएका उनी जिल्ला विकास समिति जिल्ला प्रशाशन लगाएत सबै नेताका घर दैलो चाहारी सकेका छन् । विद्यालयमा संगै पढ्ने सहपाठीहरुले सडकमा सहयोग संकलन गरेर दिएको साठी हजार रुपियाँले केहि दिन चल्न पुग्यो । सबैको मायाँले उपचार खर्च जुटाउँदै पढेका उनी अस्पतालले जान हुँदैन भन्दा भन्दै पनि फागुनमा भएको टेष्ट परिक्षामा सहभागी भएर उत्तिर्ण भए । टेष्टमा राम्रंो नम्बर ल्याएर पास भएपछि पढ्नमा झन जोश बढेको उनी बताउँछन् । उनी भन्छन् मेरो पढ्ने चाहना असाध्यै छ । अस्पतालमा हुँदा पनि मलाई कुर्न सानो भाई बस्थ्यो । कता जान्थ्यो कता तर मेरो साथमा किताब थियो त्यसैलाई समय कटाउने र भविष्य अगाडी बढाउने उपाए ठानें । विद्यालय जान नसकेपछि म मा झन आत्मावल बढ्यो मैले पढेर केहि गर्नु पर्छ भन्ने । टेष्टमा राम्रो संग पास भएकाले मलाई सरहरुले पनि हौस्याउनु भएको थियो । उपचार संगै पढाइलाई निरन्तरता दिएका उनलाई एसएलसी पास भएपछि झन पिरले सताउन थालेको छ ।


बीर अस्पतालमा नियमित उपचार गराउँदै आएका उनलाई पहिला एउटा चिन्ता थियो । उपचार खर्च जुटाउने । अब पढाईलाई थप अगाडी बढाउन आर्थिक अभाव भएको छ । संगै उपचारको लागि समेत । स्वास्थ्य मन्त्रालयको पचास हजार आर्थिक सहयोग र साथिभाई र आफन्त अनि ऋण काढेर ल्याएको पैसा सकि सक्यो । तर रोग निको हुन सकेको छैन । हाल सम्म साँढे तीन लाख रुपियाँ सकिएको बताउँदै नवराज भन्छन् बाँचेर केहि गर्ने मन छ तर मेरो घरबाट एक रुपियाँ पनि निस्किंदैन अव । चिने जानेका जति सबैले दुई चार रुपियाँ दिए । एक वर्ष पुग्न लाग्यो राग देखा परेको । अझै उस्तै छ । रकम जुटाएर नियमित उपचार गराए निको हुने वीर अस्पतालका डाक्टर विशेष पौड्याल बताउँछन् । आर्थिक सहयोगका लागि अस्पतालले पनि सिफारिस गरि दिएको छ । ब्अगतभ भिगपझष्ब रगत क्यान्सर लागेकाले लामो समय सम्म उपचार गराउन पर्ने र उपचार खर्च महंगो हुने डा। पौड्याल बताउँछन् । रोगको उपचार गर्दै नवराज आफ्नो पढाई पनि अगाडी बढाएर केही गर्न चाहन्छन् । रकम अभावका कारण कुनै पनि सम्भव नभए पछि उनी निराश छन् । यो वर्षको परिक्षामा आदर्श उच्ा माविबाट सहभागी भएका मध्ये कम विद्यार्थी उत्तिर्ण भएपनि रोगले ग्रस्त उनि भने राम्ररी उत्तिर्ण हुन सफल भए । विद्यालयकै रिजल्ट १९ प्रतिशत हुँदा नवराज ५० प्रतिशत अंक ल्याएर प्रवेशिकामा पास भएका छन् । उच्च शिक्षा पढ्ने चाहना भए पनि आफ्नो अवस्था कमजोर भएकाले अहिले सम्म भर्ना नभएको उनी बताउँछन् ।
उनी भन्छन् जीवन र पढाईलाई सहयोग गर्ने कोही होलार उपचारको लागि सरकारले पहुँचवालालाई लाखौं रकम दिन सक्छ तर भन सुन गरिदिने आफन्त कोहि नभएका उनलाई पचास हजारमा टारिएको छ । आर्थिक अभावमा भयानक रोग संग जुधेर पढाई अघि बढाएका उनी तिक्ष्ण दिमाग भएको विद्यार्थी हुन् भन्छन् आदर्शका शिक्षक रुद्रप्रसाद दनै । पढाई अगाडी बढएर समाजमा केहि गरेर देखाउने चाहना हुंदा हुंदै पनि रकम अभावमा कुण्ठित हुने परेकाले भण्डारी दुःखीत छन् ।

Tuesday, June 9, 2009

बढ्दो छ यौन अपराध बढ्दो छ यौन अपराध, फितलो भो कानुन

रामेश्वर कार्की,धादिङ पाकाहरुले भन्ने गर्थे कलि वौलाएपछि मानिसले आँखा देख्दैन भैंमा खुट्टा टेक्दैन अनि जस्तो सुकै अपराध पनि गर्न पछि पर्दैन । जोशमा होस गुमाएर गरिने कामले पछि चेत आएपछि पछुताउनु शिवाय केहि हुँदैन । कलि र जोशको उक्ति संग मेल खाएकॊ घटना हो धादिङमा पछिल्लो समयमा घटेको यौन अपराध । एक वर्ष यता धादिङमा मौलाएको यौन सम्बन्धी घटानालाई गहिरिएर हेर्दा बावुले छोरी भनेनन् शिक्षकले विद्यार्थी देखेनन् दाजुले बहिनी सम्झेनन् र_िक्सको जोशमा मातिएकाले हजुरआमा समान एक सय दुई वर्षको वृद्धालाई समेत बलत्कार गर्न छाडेनन् । यसरी यौन दुराचारीका शिकार बनेका महिला बालिका बृद्धा जो सुकै समाजमा आफ्नो अस्मिता लुटिएकामा आक्रोश पोख्छन् । आफुले नचाहँदा नचाहँदै जवरजस्त बलात्कृत बनेका उनीहरु आफु लुटिएको मात्र होईन समाजमा थाहा भएपछि अपहेलना र एक्लिन समेत बाध्य भएका छन् । समाजमा अस्मिता लुटिएका उनीहरु सामाजिक गतिविधी व्यक्तिगत जीवनशैली र मानसिक रुपमा समेत सुस्तता र पिछडिएका छन् । तर समाजमा यौन अपराध गर्नेहरु भने कित समाजमा बाहिरै आउँदैनन् आए भने पनि सामान्य सजायँ समेत नभोगी खुलेआम एक पछि अर्को घटना घटाउन तर्फ लागेका छन् । सामान्य जेल जीवन विताएर फर्किएका उनीहरुको छुटकारा पछिको कृयाकलाप देख्दा सजाय पाएर सुधि्र्न तर्फ होईन उनीहरुमा समाजमा यस्ता घटना घटाउन थप उत्प्रेरणा र हिम्मत थपिए झैं लाग्छ । समाजमा बढ्दो यौन अपराधको पछिल्लो दर्दनाक घटना गत बैशाख अन्तिम साता धादिङको बैरेनी स्थित बेल्खुमा घटेको छ । तीस वर्ष अघि आफन्तको नाममा एक मात्र श्रीमान गुमाएर एक्लो जीवन विताउँदै आएकी एक सय दुई वर्षिया बृद्धा रुमिनी तामाङलाई गाउँकै दुई जनाले जवरजस्त बलत्कार गरे । आफन्त र सम्पति केहि नभएकी सहारा विहिन बृद्धा तामाङलाई गाउँकै ५० वर्षीय कुम्भबहादुर सुनार र रामबहादुर दमाईले विगत दुई महिना अघि देखि पटक पटक यस्तो गर्दै आएको पिडित बृद्धा बताउँछिन् । र_िक्सले मातेर पटक पटक आफुमाथि बलत्कार गर्दै आएपनि समाजले नपत्याउने र आफ्नो भन्ने कोहि नभएको हुँदा कसैलाई नभनी चुपचाप सहेर बसिन । घटना दोहोरिन थालेपछि गाउँका महिलाहरु संग आफुलाई एक्लै बस्न डर भएको र को को लोग्ने मानिस घुमिरहने गर्छन् भनेर घुमाउरो भाषामा कुरा खोतल्दा समेत कसैले पत्याएनन् । बुढी मान्छेले कुरा गर्दा समेत पत्यार लागेन यि मर्ने बेला भएकी बुढी संग न धन सम्पती छ न उमेर र तरुनो अवस्था त्यत्तिकै डराएकी होलिन भन्ने ठानेको त अन्तिम पटक थला परेपछि पो थाहा भयो साँच्चिकै रहेछ भन्ने बृद्धा बस्दै आएको घरधनी दानमायाँ भण्डारीले भनिन् । आफुमाथि पटक पटक आई लाग्न थालेपछि समाजले समेत नपत्याउँदा ज्यान जोगाउनकै निम्ति आफु बस्दै आएको गोठ छाडेर सडक किनारामा बालुवा चाल्ने एक महिलाको घरमा आएर बसेकी थिईन । तर त्यहाँ बस्दा समेत पटक पटक बलत्कार गर्दै आएको अभियुक्तलॆे घरमा नराख्नु बुढी मरे अपजस आउला भनरे माथि पठाईदिन भनेको बालुवा चालेर जीविका चलाउँदै बृद्धालाई सहारा दिएकी ति महिलाले भनिन् । पुरानै बस्तिमा गएर बसेको एक दुई दिनमै उही पुरानै अपराधीले साथि समेत लिएर आएर आफुमाथि अपराध गरेको बृद्धाले बताईन् । एकान्तमा बसेकी बृद्धा चिच्याउँदा समेत कसैले थाहा नपाउने ठाउँमा बस्दै आएकी थिईन् । उनीहरु आएको थाहा पाएर दाउराको चाङमाथि दाउराले छेकेर लुक्दा समेत तानेर घिसार्दै मारिदिन्छु भन्दै मझेरीमा लगेर दुवै जनाले एकै पटक बलत्कार गरेको बृद्धाले बताईन् । दाउरामा घिसारेको घाउ डडाल्नोमा देखाउँदै भनिन् मारि दिन्छु अरुलाई भनिस भने भनेका छन् । घाँटीमा थिचेर बोल्नै नसक्ने पारे दुवै जना एकै पटक चढे शरीर भरि रक्ताम्मे भएको घाउ देखाउँदै उनले भनिन् । बृद्ध शरिरमा जवरजस्त गरेकाले तल्लो पेट र यौन अङ्ग धेरै दुखेको र पोल्ने गरेको उनको भनाई छ । आफुलाई खान पानी समेत ल्याउन नसक्ने अवस्थाकी बृद्धालाई संधैभरी सहयोग गर्दै आएकी नजिकैकी बालिकाले पानी लिएर जाने क्रममा बृद्धाको हालत देखेर मात्र घटना सार्वजनिक भएको हो । घटना सार्वजनिक भएपछि स्थानीय महिला समुहको पहलमा प्रहरीमा उजुरी र स्वास्थ्य जाँच गराईएपछि आरोपित दुवै जनालाई प्रहरीले गिरफ्तार गरि जिल्ला प्रहरीमा आवश्यक अनुसन्धान र कार्वाहीको पक्षमा छ । अपराधीलाई प्रशाशनले कानुनी उपचार नगर्ने होकी भन्ने आशंका स्थानीय महिला समुहकोछ । सहारा विहिन बृद्धाको पुनःस्थापनाको लागि राष्ट्रिय महिला आयोगले जिम्मा लिएको छ । पिडामा परेकी बृद्धालाई घटनास्थलमै भेट्न पुगेकी राष्ट्रिय महिला आयोगकी अध्यक्ष नयनकला थापाले पत्याउनै नसकिने घटना भएको बताउँदै अपराधीलाई कानुनी उपचारको लागि पहल गरिने बताईन् । एक वर्षको समयावधि भित्र धादिङमा यौन अपराधका घटना झण्डै दर्जनको हाराहरीमा घटेको छ । घटना घट्छ परिवार समाज हुँदै न्यायको ढोका सम्म पुग्दा पनि सामान्य अपराधको वहाना बनाएर अपराधीलाई छाडिदिने गरेकामा महिला अधिकारवादीहरु चिन्तित छन् । समाजमा यस्ता अपराधिक प्रकृतिका घटना दोहोरी रहनुमा प्रशाशनको फितलो कार्वाही प्रकृया र पितृसत्तात्मक सोच हावी भएको महिला मानव अधिकार रक्षक साजाल धादिङकी राधिका सापकोटा आरोप लगाउँछिन् । समाजमा एक पछि अर्को गर्दै घटेका घटनाले प्रहरी प्रशाशन र न्यायालयको अगाडी प्रश्न चिन्ह खडा भएको छ । बेल्खुको घटना सेलाउन नभ्याउँदै मलेखुमा एक साता नवित्दै बैशाख ३१ गते अर्को घटना सार्वजनिक भएको छ । आफ्नै भतिजीलाई बलत्कार गरि गर्भ रहेपछि गर्भपतन गराउने बेनीघट गाविस -१ का गोपाल त्रिपाठीे हाल फरार छन् । घरमा स्थानयिबासीले ताला लगाइ दिएका छन् । बागेश्वरी उच्च मावि मलेखुमा प्राथमिक तहका शिक्षक एवं प्राथमिक तहका इन्चार्ज ४० वर्षीय गोपाल त्रिपाठीले भतिजी पर्ने १३ वर्षीया बालिकालाई पटक पटक बलत्कार गरेपछि गर्भ रहेको थियो । उनको गर्भ रहेपछि गत भदौ देखि विद्यालय जान समेत छाडेकी बालिकाको गर्भ पतन गराउन स्थानीय २ जना महिललाई १५ हजार रुपैयाँ दिएर पठाईएको थियो । उनीहरुले चितवनको सप्तगण्डकी पोलिल्किनिक मा ०६६ बैशाख ७ गते गर्भपतन गराएको रिपोर्टमा देखिन्छ । गाउँमा घटना बारे हल्लाखल्ला भएपछि आफूलाई गाउँभरीका मानिसले सम्बन्ध बारेमा केरकार गरेको र हरेक दिन धेरै मानिस आइरहेपछि ५ सय भन्दा बढी स्थानीयबासीको सामु बालिकाले आफूलाई गोपाल त्रिपाठीले यौन सम्बन्ध राखी धम्क्याएको बताईन् । छोरी नाता पर्नेमाथी भएको यस्तो घटना केही दिन अघि सार्वजनिक भएपछि त्रिपाठी भागेका छन् भने विद्यालयले उनलाई कारबाही गरेको जनाएको छ । तर विद्यालयले बलत्कारीलाई कस्तो किसिमको कारबाही गरिएको भने खुलाएको छैन । समाजमा घटना सार्वजनिक भएपछि फरार रहेका त्रिपाठी पारिवारीक संरक्षणमा हुन सक्ने स्थानीयबासी बताउँछन् । पिडितको तर्फबाट किटानी जाहरी समेत नपरेपछि प्रहरीले थप प्रकृया बढाएको छैन । यस सम्बन्धमा त्रिपाठी र उनको परिवारसंग सम्पर्क गर्न खोज्दा घरमा कोही नभएकोले सम्पर्क हुन सकेन । घटनाको बारेमा त्रिपाठीका भिनाजु विष्णु सिलवालले टेलिफोन गरि घटना सार्वजनिक नगर्न र त्यो गरेमा घटना सार्वजनिक गर्नेलाई समस्या पर्ने बताए । उनले घटनास्थल पुगेका सबै अधिकारकर्मी तथा संचारकर्मीलाई फोन गरेर घटनाको बारेमा केही नभन्न र आफूहरुले गाउँमै घटना मिलाउन लागेको बताए । घटना सार्वजनिक भएपछि ०६६ बैशाख ३१ गते घटनस्थल पुगेका मानवअधिकारकर्मी र संचारकर्मीहरु समक्ष स्थानीयबासीले पीडित बालिकालाई न्याय दिलाइदिन आग्रह गरेका छन् । आफ्नै छोरी पर्ने हाडनाता भित्र जवरजस्ति करणी गर्ने अपराधी पारिवारीक र राजनीतिक आडमा संरक्षित छन् तर पिडामा परेकी ति वालिका भने समाजमा हल्ला भएपछि झनै पिडामा छिन् । गाउँघरमा थाहा भएपछि हेलत्व हुन पुगेकी उनी जस्ता पिडित महिलाको जिवनस्तर खस्कंदो अवस्थामा छ । पिडा दिएर फरार रहेकाहरु भने केहि समय लुकेर दुई÷चार वर्षमै चोखो र समाजको अगुवा बनेर निस्कन सक्ने महिला अधिकार कर्मी अम्विका रुपाखेती बताउँछिन् । घटनाहरु घाट्छन् गाउँघरमा हल्ला खल्ला मचिन्छ । न्यायको। ढोकामा पुगेर घाटनालाई त्यत्तिकै आलटाल गरेर फर्काउँदा पिडित झन पिडत हुन्छन् भने पिडितका सहयोगी समेत अपराधिको नजरमा तारो बन्ने गरेका छन् । सलाङ गाविसमा गत माघ महिनामा आफ्नै छोरीमाथि बलत्कार गरि गर्भ बोकाउने बाबु तारानाथ लोहनीलाई प्रहरीले उमेरका कारण कानुनी उपचार हुन नसक्ने भनि फर्काईदियो । ६० वषिया बाबु लोहनीले पटक पटक गरेर गर्भ रहेको समाजको अगाडी र प्रहरी समक्ष पिडित छोरी रुपमती नाम परिवर्तन ले बयान दिँदा समेत उमेर नाघेको भन्दै प्रहरीले उजुरी लिन नचाहेपछि समाजले केहि खर्च जुटाएर पिडमलाई गाउँ निकाला र पिडितछोरीलाई नलाङमा जिम्मा लगाईएको छ । आफ्नै बाबुले यौन शोषण गरेर रहेको गर्भ स्याहार गर्न आफुले नचाहेको व्यक्तिको पछि लाग्नु पर्दा झन पिडा महसुस गरेकीछिन्। । पिडकलाई भने समाजले गाउँ निकाला गरेको छ । प्रंहरीले घटना बुफ्न नमाने पनि पिडितले सबैका सामु बाबुलेनै पटक पटक यस्तो गरेर गर्भ रहेको बताएपछि अपराधीलाई गाउँ आउन नदिएको सलाङका डिल्लि पाठकले बताए । समाजमा जस्तो सुकै जघन्ने अपराध गरेपनि राजनीतिक रंग र प्रशाशनको फितलो कार्वाही प्रकृयाले अपराधीहरुको मनोवल झन बढेको मनोसामाजिक कार्यकर्ता अप्सारा उपे्रती बताउँछिन् । आफ्नै छोरीमाथि पटक पटक गरि सात पटक सम्म बलत्कार गर्ने नौविसेका ४५ वर्षिय परेली विश्वकर्मा स्थानीयबासीले प्रहरीको जिम्मामा लगाएको दुई महिना नपुग्दै सार्वजनिक अपराध अन्तर्गत पाँच सय रुपैयाँ जरिवाना तिरेर थुना मुक्त भए । जेलबाट फर्किए लगतै विश्वकर्माले समाजमा आफुलाई जेल हाल्न सहयोग गर्ने सबै महिलालाई छोरीकै जस्तो गरिदिन्छु भन्दै धम्क्याएर हिँडेका स्थानीय महिलाहरु बताउँछन् । र_िक्सले मातिएर आफु वाईसिएल हँु भन्दै समाजमा त्रास र धम्कि िदंदै हिँडेका छन् । विश्वकर्माले दुई कक्षामा पढ्दै गरेकी आफ्नै १२ वर्षिया छोरी चिजा नाम परिवर्तन लाई तीन महिना अघिदेखि पटक पटक बलत्कार गर्दै आएका थिए । घरमा आमा छोरीमा घटनाबारे जानकारी भएपनि लाज र डरका कारण समाजमा बाहिर नल्याई छोरीलाई जोगाउनकै लागि आमाले तीन सन्तान सहित ०६५ असार देखि भागेर काठमाण्डौ गएर बस्न थालेकी थिइन् । घटना सार्वजनिक गर्न प्रहरी कार्यालय आईपुगेका आमा छोरीले पहिलो पटक खेतमा जाँदा र त्यसपछि बारीको पाटोमा आमालाई घाँसा पठाएर कोहि नभएको बेला घरमै सात पटक सम्म यस्तो गरेको बताए ।
वरपरका महिला समुहमा घटना बारे कुरा खुलेपछि महिला समुहकै पहलमा ०६५ असोजमा दशैंको टिकाको दिन ईलाका प्रहरी कार्यालय खानीखोलामा ल्याएर जिम्मा लगाईएको थियो । प्रहरी चौकीमा आएका चिजा र उनकी आमाले सबै घटना जानकारी दिएपछि पिडक विकलाई जिल्ला प्रहरीमा लगिएको दुई महिना नपुग्दै छाडियो । आफ्नै छोरी माथि जबरजस्ति बलत्कार गरेको कुरा प्रहरी र समाजको अगाडी बताउँदा समेत अपराधीले कानुनमा तोकिए बमोजिमको सजायँ नपाउँदा पिडित चिन्तित छन् । बरु नभनी बसेको भए समाजले त थाहा पाउने थिएनन नी भन्दै चिजाकी आमा जन्मकैद हाल्नु पर्ने माग गर्छिन् । तर बलत्कारी हो भनेर प्रहरीको जिम्मा लगाएर छाडिएको विश्वकर्मा एक महिना जेल बसेर छुटे । उनको सवालमा बलत्कारी हो भनेर जाहेरी नै नपरेकाले र_िक्सखाएर हो हल्ला गरेको भनि सार्वजनिक अपराधमा पाँच सय जरिवाना लिएर छाडिएको धादिङका प्रमुख जिल्ला अधिकारी उद्दवबहदुर थापा बताउँछन् । ईलाका प्रहरी कार्यालयमा समाजका मानिस र प्रहरीको अगाडी पटक पटक बलत्कार गरेको भनि बयान दिदा समेत विभिन्न बहानामा अपराधी छाडेको स्थानीयको आरोप छ । यदी उनी बलत्कारी हो भनि किटानी भई मुद्दा चलेको खण्डमा दश वर्ष कैद हुने कानुनमा उल्लेख छ । समाजमा यौन अपराधका घटना दिन प्रति दिन बढ्दो मात्रामा छ । कतिपय प्रहरीमा आएर पनि सफाय पाउँछन् भने कतिपय समाजमा नै मिलाईन्छ । यस्तै घटना ०६५ असारमा तसर्पु गाविसमा घटेको छ । कक्षा ९ मा पढ्दै गरेकी आफ्नै बहिनी पर्ने चमेली अर्याल नाम परिवर्तन लाई गाउँकै दाजु नाताका राजु अर्यालले बलत्कार गरि गर्भवति बनाएपछि गाविसमै बसेर घटना मिलाईयो । खानेकुरा दिएर फकाएर बलत्कार गर्न खोज्दा आफुले नमान्दा नमान्दै जबरजस्त गरेपनि भनेमा आफ्नै वेईज्जत हुने डरले चुपचाप बसेकी उनीको दिन दिनै पेट बढ्दै गएपछि केर कार गर्दा आफुलाई जवरजस्त गरेको भनि मनोसामाजिक कार्यकर्ता संग कुरो खुलेपछि गाविसमा बसेर पिडित र पिडक दुवै पक्षको सहमतिमा हाडनातामा दोश्रो विवाह गराई पठाईएको थियो । आफुलाई िभœयाएको केहि समयमै दाजु पर्ने श्रीमान विदेश गएपछि घर परिवारमा हेला हुन थालेपछि छोरी सहित माईतमा बसेकी छन् । समाजमा यौन अपराध गर्नेहरु कित दुईचार वर्ष फरार हुन्छन् फेला परिहाले स्वीकारुँला भन्नेमा ढुक्क हुन्छन् । यस्तै बलत्कार गरेर गर्भ बोकाएर फरार रहेका छन् नौबिसेका नारायण उप्रेती । गाउँकै सुस्त दिमागकी पातली नाम परिवर्तनलाई गर्भ बोकाएर फरार उप्रेतीलाई समाजले जिम्मा लगाउन खोजि गरिरहेको छ । हाल नौ महिनाको गर्भ बोकेर आफ्नो सन्तानलाई बाबुको नाम राख्न कुरीरहेकी उनी समाजमा हेलित अवस्थामा छिन् । पिडक उप्रेती फरार रहेपनि प्रहरीमा उजुरी गरिएको छैन । यौन अपराध गर्नेलाई प्रशाशनले समेत पुरा कानुनी उपचार नगराई छाडिदिने हुँदा गाउँलेहरु यस्ता घटना गाउँमै मिलाउन चाहन्छन् । गर्भ रहेका केसमा त उजुरी गर्दा पिडित झन पिडित हुने भएकाले भेटेसम्म जिम्मा लगाएर आफ्नो दायित्वि पुरा गर्न समाज लागि पर्छ । यसैगरी गत बैशाख १ गते जोगिमारा-९ खटौतिमा रहेको रोयल वीच क्याम्पमा आफ्नो प्रेमी संगै बसेकी अस्टे्रलियन युवतिलाई बलत्कार गर्ने काठमाण्डौका सम्राट गौचन महिना दिन सम्म प्रहरीको हिरासतमा बसेर छाडिएका छन् । पिडितको उजुरीको आधारमा पक्राउ परेका गौचन अनुसन्धानमा ढिलाई भएका कारण छुटेको प्रहरीले जनाएको छ । पिडकको रौं पिडितको यौनिमा फेला परेपछि अनुसन्धानमा सुरु भएको थियो । प्रहरी हिरासतबाट मुक्त भएका गौचनलाई थप अनुसन्धान र कार्वाहि गर्नु पर्ने भएकाले जिल्ला अदालतले पक्राउ गर्न जेठ चार गते आदेश दिएपनि हाल सम्म पक्राउ नपरेको जिल्ला प्रहरीले जनाएको छ । घटना घटिसकेपछि सामाजिक रुपमा कार्वाहीको प्रकि्रया पुरा गरेपनि मानसिक रुपमा व्यक्तिलाई सचेत नगराउँदा समस्याले झन ठुलो विकराल निम्त्याउने गर्छ । जिल्लाको बुढाथुम गाविसमा ०६४ फागुनमा यस्तै भयो । स्थानीय लक्ष्मी बरुवाललाई गाउँकै राजेन्द्र िसंखडाले जवरजस्ति वलत्कार गरि गर्भवति बनाएपछि समाजमा हल्ला भयो । सामाजिक रुपमै समस्या समाधान गर्ने भनि समाजले िसंखडा र बरालको जोडी बनाईदिए पनि िसंखडा परिवारले बच्चा आफ्नो हाईन भनि दिनहुँ पिडा दिन थालेपछि बराल आफ्नो १५ महिनाकी छोरी सहित घर निकाला भएकी छिन् । परिवारले घर निकाला गरेपछि उनले न्यायका निम्ति प्रशाशनमा उजुरी दिएपनि सुनुवाई नभएकाले पिडामा परेको बताईन् । उनले न्यायका निम्ति प्रशाशनमा उजुरी दिएपनि सुनुवाई नभएकाले पिडामा परेको बताईन् । यस्तै निलकण्ठ गाविसको सोह्र घरेमा घटेको घटनाले त जिल्लामा सनसनि नै मच्चायो । गाउँकै स्कुलमा कक्षा ७ मा पढ्दै गरेकी अंकिता नाम परिवर्तनलाई ०६५ कात्तिकमा जवरजस्त बलत्कार गर्ने गाउँकै राजकुमार थापा मगर जेलमा छन् । समाज र प्रशाशनको अगाडी समेत अपराधी ठहरिएका थापा मगरलाई जेल मुक्त गर्न राजनीतिक दल र समाजका अगुवाहरु निरन्तर लागिपरेका छन् । अपराधीले पुरा समय सजायँ नपाउने होकी भन्ने पिडामा परेकी अंकिता हदैसम्मको कानुनी उपचारको माग गर्छिन् । नियमित रुपमा पढ्दै गरेकी उनी आजभोली विद्यालय जन्नन् । समाजका अगाडी आफ्नो अस्मिता लुटिएपछि समाजले हेयको भावले हेर्ने हँुदा विद्यालय जान नसकेको उनले बताईन् । जिल्लामा पछिल्लो पटक घटेका यि घटना प्रतिनिधित्वका लागि मात्र हो । समाजमा घट्ने गरेका यौन सम्बन्धि घटना धेरै भए पनि लाज डर र धम्किका कारण बाहिर आउने गरेको छैन । बाहिर आएपनि उचित दण्ड नहुने हँुदा यस्ता घटनाले संरक्षण र उत्प्रेरणा पाईरहेको मानव अधिकारवादी तथा पत्रकार सीताराम अधिकारी बताउँछन् । धादिङमा पछिल्लो समयमा घटेको यौन अपराधले पनि पुष्टि गर्छ राजनीतिक दलको दवाव र प्रशाशनको निरिहपनाले पिडित संधै पिडित छन् । पिडक समाजमा सम्मानित छन् अगुवा छन् । समाजमा घट्ने गरेका यि घटनाले राज्य र विधिको शाशनलाई समेत चुनौति दिएको छ । यस्ता अपराध नियन्त्रण गर्न समाजमै बसेर जिम्मा लगाउने पिडित स्वयंले मौखिक बकेको कुरा किटानी परेन भनेर वेवास्ता गर्ने जस्ता लाचार कामले यौन अपराधिहरुलाई थप हौसला बढेको अनुमान सहजै लगाउन सकिन्छ । पिडितको पिडा र राज्यको कानुनलाई सबै मिलि पालना गर्ने हो भने समाजमा यस्ता गतिविधी कम भएर जाने थियोकी । यता पताट्टी सबैको ध्यान जान जरुरी रहेको छ ।

Wednesday, May 27, 2009

प्रधानमन्त्री नेपालको सम्वोधन


आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
हामीले शान्त, समृद्ध, लोकतान्त्रिक र न्यायपूर्ण नेपालको सपना देख्यौँ र त्यसको प्राप्तिका लागि सम्पूर्ण नेपाली एक भएर निरङ्कुशतन्त्र विरुद्ध संघर्षमा रगत बगायौँ। हामीहरूमध्ये अनगिन्तीले यस पवित्र उद्देश्यका लागि आफूलाई बलिदान गर्‍यौं, कैयौं हामीहरू आन्दोलनको मैदानमा घाइते भयौं। यस क्रममा हराएका हाम्रा कैयौं प्रियजनहरू कहाँ हुनुहुन्छ- हामी अझै पनि बेखबर छौं। लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका रूपमा यहाँहरूलाई सम्बोधन गरिरहँदा मेरो मानसपटलमा ती आदरणीय योद्धाहरूको आदर्श प्रतिविम्वित भइरहेको छ। म आफ्नो अमूल्य जीवन उर्त्र्सग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु। घाइते योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु। वेपत्ता, विस्थापित र द्वन्द्वपीडित परिवारका अकल्पनीय पीडामा आफूलाई पनि सामेल गराउँछु।
म आफ्नो पहिलो सम्बोधन नेपाली जनताद्वारा निर्वाचित र्सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका-संसदभित्र गर्न चाहन्थेँ। तर, सरकारले पूर्णता नपाइसकेको र अन्य दलहरूसँग नीति तथा कार्यक्रमलगायतका विषयहरूमा अझै छलफल चलिरहेको अवस्थालाई ध्यानमा राख्दै नेपाली जनता समक्ष आफ्ना विचारहरू राख्न चाहेको हुँ।
संघर्षका लामा, कठीन र ऐतिहासिक चरणहरू पार गर्दै नेपाल नयाँ युगमा प्रवेश गरेको छ। सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। हिंसा र प्रतिहिंसाको पीडापूर्ण शृङ्खला अन्त्य गर्दै हामी शान्तिको मार्गमा अघि बढेका छौं। पहिलो चोटी र्सार्वभौमसत्ता सम्पन्न नेपाली जनता आफ्नो संविधान आफैले निर्माण गर्न संविधानसभा गठन गर्न सफल भएका छौँ। हामीले गठन गरेको संविधानसभा समावेशीकरणका दृष्टिले अनुपम छ। महिला, आदिवासी-जनजाति, मधेसी, थारु, दलित, मुस्लिम, पछाडि पारिएका क्षेत्रका जनतालगायत नेपाली जनताले विगतमा गरेका आन्दोलनमा विभेदकारी राज्यसंरचनाको अन्त्य गर्दै सङ्घीय, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने इच्छा प्रकट भएको छ। विगतका सरकारले विभिन्न पक्षसँग गरेका सहमति र सम्झौतालाई मैले नयाँ नेपाल निर्माणको आधारका रूपमा लिएको छु। म जोड दिएर भन्न चाहन्छु- अहिलेसम्म हामीले जे जति उपलव्धिहरू प्राप्त गरेका छौंँ, यो तपाई हाम्रो साझा मिहिनेतको प्रतिफल हो। भविष्यप्रतिको हाम्रो आशाको आधार पनि यही नै हो।
न्यायप्रेमी जनसमुदाय,
नयाँ युग निर्माणका निम्ति कर्ीर्तिमानी योगदान गर्नुहुने तपाईहरू सबैलाई म हार्दिक अभिनन्दन गर्दछु।
ऐतिहासिक जनआन्दोलनको सफलतापश्चात् हामीले नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएका थियौँ। सङ्क्रमणको अत्यन्त जटिल र असहज मोडमा शान्ति स्थापना, संविधानसभा निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। म उहाँप्रति हार्दिक आभार प्रकट गर्दछु।
सविधानसभाबाट गणतन्त्रको कार्यान्वयन गरिएपछि त्यसको संस्थागत विकासका लागि महत्वपूर्ण आधारशीला निर्माण गर्नु अर्को चुनौतीपूर्ण काम थियो। राष्ट्रपतिको निर्वाचनपछि जीत-हारको असहज परिस्थितिका बीचमा पनि मेरो दलले संविधानसभाको जनादेशलाई हृदयङ्गम गर्दै नेकपा (माओवादी) लाई नेतृत्वको जिम्मेवारी दिन पहल गरेको थियो। निवर्तमान प्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले झन्डै नौ महिना उक्त जिम्मेवारी निर्वाह गर्नुभयो। म उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। मेरो नेतृत्वको सरकारले पूर्ववर्ती सरकारका सकारात्मक कामहरूलाई उत्तराधिकारमा लिँदै अगाडि बढ्नेछ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवज्यूले राष्ट्रिय एकता, अखण्डता र संविधानको संरक्षणका लागि अभिभावकीय भूमिका खेलिरहनुभएको छ। म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
मुलुकले गम्भीर चुनौती सामना गरिरहेको यस घडीमा प्रधानमन्त्रीको जिम्मेवारी बहन गर्नका लागि ममाथि विश्वास सुम्पिनु हुने सबै राजनीतिक दलका नेताहरू, राजनीतिक दलहरू र माननीय सभासद्हरूप्रति म कृतज्ञ छु। मलाई थाहा छ- नयाँ सरकारको आगामी बाटो सहज छैन। तर, जब म विगतमा परस्पर निषेधकारी सम्बन्ध रहेका हामीले दिगो शान्तिको खोजीमा ज्यान हत्केलामा राखेर तय गरेको मुलुकभित्र र बाहिरका कष्टपूर्ण यात्रा सम्झिन्छु, लोकतन्त्र स्थापनाका निम्ति संयुक्त शान्तिपूर्ण आन्दोलनमा हामी सबै एक भएको कुरा सम्झिन्छु र टुट्न लागेका वार्ता र समझदारीको धागोलाई जोड्न सफल भएका अनेकौं पलहरू सम्झिन्छु। मलाई लाग्छ, आजका चुनौतीका पहाडहरू तिनका तुलनामा निकै होचा छन्। मेरो दृढ विश्वास छ- जस्तोसुकै प्रतिकूलतालाई पनि अनुकूलतामा बदल्दै हामी युगले सुम्पेका ऐतिहासिक अभिभाराहरू पूरा गर्न सफल हुनेछौँ।
संविधान निर्माण यतिबेला हामी सबैको र्सवाधिक महत्वको अभिभारा हो। जनताले राम्रो मात्र होइन, 'हाम्रो' पनि भन्न पाउने गरी एक बर्षभत्र संविधान निर्माण गर्नु चुनौतीपूर्ण अवश्य छ। तर, असम्भव छैन। राज्यको सङ्घीय र समावेशी संरचना, शासकीय स्वरूप, राज्यका सामाजिक-आर्थिक-सांस्कृतिक चरित्र जस्ता महत्वपूर्ण विषयमा रहेका विविध मान्यताबाट सहमतिका आधार पहिल्याउन सरकारले कुनै कसर राख्ने छैन। सहमति, सहकार्य र सहयात्राका विगतका दिनहरूका अनुभवका आधारमा हामी पुनः एकतावद्ध भएर अघि बढ्न र्समर्थ हुनेछौँ। राजनीतिक विवादका वीचमा पनि विना कुनै अवरोध हामीले संविधान निर्माणको कामलाई निरन्तरता दिन सकेका छौँ। आगामी दिनमा पनि संविधानसभा सदस्य र राजनीतिक दलहरूका तर्फाट यसरी नै संविधान निर्माणको काममा सकारात्मक योगदान रहने कुरामा म विश्वस्त छु। म यहाँहरू सबैलाई आश्वस्त तुल्याउन चाहन्छु- हामी निर्धारित समयभित्रै नयाँ संविधान निर्माण गर्नेछौँ।
बाह्र बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता हुँदै अगाडि बढेको शान्ति प्रक्रियाले महत्वपूर्ण सफलता प्राप्त गरेको छ। तर पनि, यसलाई पूर्णता दिन अझै धेरै गर्न बाँकी छ। पछिल्ला दिनमा देखा परेका असमझदारीले नेपालको शान्ति प्रक्रियालाई खल्बलाउने पो हो कि भन्ने आशङ्का पैदा भएको छ। सङ्क्रमणकाल लम्बिदै जाँदा नेपाली जनताले अकल्पनीय पीडाको अनुभूति गर्नु परिरहेको छ। तर, म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु- नेपाली आकाशमा देखा परेका काला बादल छिट्टै हटेर जानेछन्। नेपाली सेनाले लोकतान्त्रिक परिवर्तन र गणतन्त्रलाई आत्मसात गरी खेलेको सकारात्मक भूमिकाको म प्रशंसा गर्दछु। शान्ति प्रक्रियाको प्रत्येक चरणमा नेपाली सेनाको संवेदनशीलताप्रति सरकार सचेत रहनेछ। सेना समायोजन विशेष समिति मातहत रहेका माओवादी सेनाका लडाकुका संवेदनशीलतालाई आत्मसात गर्दै रेखदेख, पुनर्स्थापना र समायोजन मार्फ् उनीहरूको भविष्यलाई सुनिश्चित गर्ने दायित्व सरकारले गम्भीरतापूवक बहन गर्नेछ।
हिंसा र प्रतिहिंसाले सिर्जना गरेका घाउहरू पुर्दै समाजमा नयाँ स्तरको एकता र मेलमिलाप निर्माण गरिनेछ। विस्थापित र द्वन्द्वको पीडा भोगिरहनुभएका आदरणीय जनसमुदायहरू ∕ ढुक्क हुनुहोस्, राज्यले तपाईंहरूलाई न्याय दिनेछ।
राजनीतिक उद्देश्यका निम्ति हिंसाको प्रयोग र अपराधको राजनीतिकरण हाम्रा सामु गम्भीर चुनौती बनेको छ। मध्यतर्राई र पूर्वी पहाडी भेकमा देखिएका हिंसात्मक गतिविधिले त्यहाँकै जनजीवन कष्टप्रद वनेको छ। जसको हितका लागि हिंसाको सहारा लिइएको दावी गरिएको छ, उनीहरू नै पीडित रहेको तथ्यलाई मनन गर्न म सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछु। जनताको शान्तिपूर्ण आन्दोलनबाट बिराट राजनीतिक परिवर्तन गर्न सफल निकट अतीतको स्मरण गराउँदै म सबै पक्षलाई अनुरोध गर्न चाहन्छु- आफ्ना माग पर्ूर्तिका लागि हिंसाको सहारा लिनु बिल्कुलै उचित छैन। वार्ताबाटै समस्याको समाधान खोज्न सकिन्छ। सरकार यसका लागि हदैसम्म लचिलो भएर प्रस्तुत हुनेछ। तर, नागरिक सुरक्षाका प्रश्नमा सरकारले कुनै अनुचित सम्झौता गर्ने छैन।
विगतमा राज्यले विभिन्न समूहहरुसँग गरेका सहमति र समझदारीहरुलाई दलहरुबीच समन्वय गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ।
आदरणीय जनसमुदाय,
इतिहासले हामीलाई विभेदकारी र केन्द्रीकृत राज्यसंरचना दिएको छ। हामी यसलाई रूपान्तरण गर्न लागेका छौँ। त्यसैले सबै खाले वर्गीय, जातीय, लैङ्िगक, क्षेत्रीय र सांस्कृतिक विभेदको अन्त्य र सामाजिक न्यायले युक्त, समावेशी, सङ्घीय र लोकतान्त्रिक नेपालको निर्माण यतिबेला हाम्रो मुख्य कार्यसूची बनेको छ। राज्यको अग्रगामी पर्ुनर्संरचनाको अर्थ समाजको विविधतालाई राज्यमा प्रतिबिम्बित गर्नु हो, नेपालको नयाँ र लोकतान्त्रिक परिभाषा निर्माण गर्नु हो। तर, आफ्नो पहिचान स्थापना गर्न खोज्दा अरूको पहिचानलाई नामेट या अवमूल्यन गर्नु उचित हुँदैन। त्यसैले मेरो विनम्र आग्रह छ- समग्र राष्ट्रको हितलाई ध्यानमा राखेर पहिचान, पहुँच र प्रतिनिधित्वको विषयलाई नयाँ नेपाल निर्माणको आधारका रूपमा स्थापित गरौँ। हाम्रो सामाजिक-सांस्कृतिक विविधतालाई सम्मान र संरक्षण गर्दै राष्ट्रिय एकतालाई अझ बलियो पारौँ र उन्नत नेपालको निर्माण गरौँ।
नेपाली जनताको महानता, सौर्य र त्यागका लागि 'धन्यवाद' भनेर मात्र पुग्दैन भन्ने मैले राम्रोसँग बुझेको छु। गणतन्त्र र शान्ति प्रक्रियाको लाभांश जनताको घरआँगनसम्म पुग्न सकेन भने यसप्रति जनताको अपनत्व स्थापित हुन सक्दैन र जनताले आफ्नो ठान्न नसकेको राजनीतिक प्रणाली वा प्रक्रिया दर्ीघजीवी हुनसक्दैन भन्ने तथ्यप्रति पनि म सजग छु। राजनीतिक परिवर्तनपछिको समयमा देखिएको अराजकता, असुरक्षा, वढ्दो दण्डहीनता, छाडा र अनियन्त्रित वजारका कारणले आम नेपाली जनताले निकै ठूलो कष्टको सामना गर्नु परिरहेको तथ्यप्रति मेरो गम्भीर ध्यान गएको छ। त्यसैले म आश्वस्त पार्न चाहन्छु- सरकारले जनतालाई अनुभूत हुने गरी राहत र सुधारका तात्कालिक कार्यक्रम अगाडि बढाउनेछ। हामीसँग सामाजिक आर्थिक रूपान्तरणका कार्यक्रमहरू छन्, जसलाई कार्यान्वयन गर्न सरकार गम्भीरतापूवक लाग्नेछ। श्रमजीवी,, सीमान्तीकृत र विपन्न वर्गको हित र सामाजिक सुरक्षाका लागि सरकारले प्रभावकारी अभियान सञ्चालन गर्नेछ।
युवाहरू बेरोजगारीबाट आक्रान्त छन्। सुकुम्वासीहरू घरवारविहीन हुनुको पीडामा छन्। मुक्त घोषणा गरिए पनि कमैयाहरूको पुनःस्थापना हुन सकेको छैन। दलितहरूमाथि अहिले पनि अमानवीय व्यवहार कायमै छ। महिला हिंसामा कमी आएको छैन। बाढी-पहिरो पीडितहरुले उचित राहत पाउन सकेका छैनन्। शारीरिक रुपमा अपाङ्ग नागरिकहरुका पनि उस्तै समस्या छन्। यीलगायतका ज्वलन्त सामाजिक समस्याहरूप्रति म पूर्ण रूपमा संवेदनशील र सचेत छु। यी समस्या समाधान गर्नेतर्फमैले पर्याप्त ध्यान केन्द्रित गर्नेछु।
लोकतन्त्रमा राजनीति भनेको प्रतिष्पर्धा र पहलकदमीवाट नेतृत्व लिने कुरा हो। यो विवाद, सम्वाद र सहमतिका आधारमा सहकार्यको दिशामा अघि वढ्ने प्रक्रिया पनि हो। यही प्रक्रियाबाट नै राजनीतिक दलहरूका बीचमा उच्चस्तरको समझदारी निर्माण गर्न सकिन्छ। सहकार्य र एकताबाट मात्रै चुनौतीका पहाडहरूलाई छिचोल्दै गन्तव्यमा पुग्न सकिन्छ। यही मान्यतामा उभिएर मेरो दलले विगतदेखि नै आफूलाई राष्ट्रिय सहमतिका पक्षमा र कुनै पनि रूपको धु्रवीकरणका विपक्षमा उभ्याउँदै आएको हो। आज त्यस मान्यताको सहीपना झन् टड्कारो गरी पुष्टि भएको छ। त्यसैले राष्ट्रिय सहमति नयाँ सरकारको पहिलो प्राथमिकता हुनेछ। यसको कार्यसम्पादनको मुख्य आधार पनि यही हुनेछ। म एकीकृत नेकपा (माओवादी) लगायतका दलहरूलाई परिस्थितिजन्य परिघटनाका रूपमा देखा परेका असमझदारी र तिक्तताबाट माथि उठेर राष्ट्रिय सहमतिका आधार निर्माण गर्न नयाँ अग्रसरताका साथ अघि बढ्न हार्दिक अपिल गर्दछु। यसका लागि सरकार आफ्नो तर्फाट आवश्यक सबै प्रक्रिया र कामहरू अघि बढाउन तत्पर रहने कुरामा विश्वास दिलाउँछु।
लोकतन्त्र, कसैका लागि 'प्रयोग' वा 'उपयोग' गरेर कुनै पनि प्रकारको अधिनायकवादी शासन शैलीमा फड्को मार्ने खुड्किलो होइन। लोकको चाहना र इच्छा अनुसार राजनीतिक दल र नेताहरूले आफूलाई रूपान्तरण गर्दै र देशको नेतृत्व गर्न योग्य सावित गर्दै लैजाने अवसर एवम् विधि हो- लोकतन्त्र। एक बन्दुकका विरुद्ध अर्को बन्दुकको प्रयोग, हिंसाका विरुद्ध प्रतिहिंसा, सैनिक बर्दीमा होस् वा सादा पोशाकमा थोपरिने कुनै पनि प्रकारको अधिनायकवाद लोकतन्त्र वा नागरिक सर्वोच्चता हुन सक्दैन। न त कार्यकारीको स्वेच्छाचारिता नै नागरिक सर्वोच्चता हुनसक्छ। लोकतन्त्र त विधिद्वारा निर्देशित तथा 'नियन्त्रण र सन्तुलनमा' आधारित प्रणाली हो। यसको आफूलाई पायक पर्ने व्याख्या हुन सक्दैन। सामाजिक रूपान्तरण शान्तिपूर्ण ढङ्गले सम्भव छ भन्ने मान्यताको प्रतिनिधिका हैसियतले म यो विश्वास दिलाउन चाहन्छु- नयाँ सरकारको स्थापनाको आधार नागरिक सर्वोच्चता नै हो। यो सरकार नागरिक सर्वोच्चताको प्रतीक हो, जसको निर्माण जनताद्वारा निर्वाचित व्यवस्थापिका-संसद्बाट भएको छ। नागरिक सर्वोच्चताप्रति यो सरकारको प्रतिबद्धता अटल रहनेछ।
नेपाल राष्ट्र कहिल्यै पराधीन रहेन। तर, नेपालको सत्ताकेन्द्रमा द्वन्द्व चर्केका बेला वा आन्तरिक राजनीतिक शक्तिहरू विभाजित भएको बेला हाम्रो स्वतन्त्र अस्मिता, निर्णय क्षमता र अधिकारलाई कुण्ठित पार्न खोजिएको इतिहास छ। पूर्खाहरूले हामीलाई सिकाएका छन्- 'आफ्नो थैलीको मुख बलियो गरी बाँध, अरूलाई दोष नदेऊ।' यही शिक्षालाई आत्मसात गर्दै हामी एकजुट भएर आफ्नो देशको सुरक्षा, स्वार्थ र स्वाभिमानको रक्षा गर्न सक्छौं। राष्ट्रवाद र विदेशी हस्तक्षेपको विषयलाई पनि आफ्नो निहित स्वार्थमा आधारित वनाएर व्याख्या गर्नु हुँदैन, अनि यसलाई हामीले राजनीतिक दाउपेचको विषय बनाउनै हुँदैन। नेपालको राष्ट्रिय हित, र्सार्वभौमसत्ता, स्वतन्त्र अस्मिता, भौगोलिक अखण्डता, र स्वाभिमानमा ठेस लाग्ने कुनै पनि काम वर्तमान सरकारले गर्नेछैन। राष्ट्रिय हितको संरक्षण र सर्म्बर्द्धन मेरो पहिलो दायित्व हुनेछ। राष्ट्रिय हितका प्रत्येक विषयमा एकताबद्ध हुन सबै राजनीतिक दललाई म हार्दिक अनुरोध गर्दछु।
नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति र समृद्धिका लागि मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायको निरन्तर साथ र ऐक्यवद्धताबाट हामी लाभान्वित हुँदै आएका छौं। म नेपाली जनताको तर्फाट उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। हामी छिमेकी मुलुकहरू र अन्तर्राष्ट्रिय समुदायसँग मित्रवत्, हार्दिक र सम्मानपूर्ण सम्बन्धलाई अझ विकसित गर्न चाहन्छौँ।
अहिले तपाईंहरूका सामु गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्रीका रूपमा खडा भएको म माधवकुमार नेपाल, तपाईहरू जस्तै एक नेपाली नागरिक हुँ। मेरो पनि अरूको जस्तै सफलतामा खुशी साटासाट गर्ने र दुःखका बेला आँशु बहाई आफूलाई हल्का बनाउने मन छ। आम नेपाली नेताजस्तै मेरो भागमा पनि कहिले विजयश्री र कहिले पराजय परेको छ। जुनसुकै अवस्थामा पनि राष्ट्र र जनताले आवश्यक ठानेको समयमा मेरो सामर्थ्यको अधिकतम लगानी गर्दै आएको तथ्य यहाँहरूलाई अवगतै छ। म न विषवृक्ष हुँ, न त कल्पवृक्ष नै। तर, म त्यस्तो एउटा वृक्ष बन्न चाहन्छु, जसले नेपाली जनतालाई सकेसम्म मीठो फल दिन प्रयत्न गर्नेछ, नसके बाटो हिँड्ने बटुवालाई छहारीसम्म अवश्य दिनेछ। मेरा निम्ति राजनीति कहिल्यै पनि छलकपट, षडयन्त्र या दाउपेचको बिषय रहेन। राजनीतिमा दोहोरो मापदण्डलाई मैले सधैँ घृणा गरेको छु। राजनीतिलाई जहिले पनि राष्ट्र र जनताको सर्वोत्तम हित गर्ने एउटा महत्वपूर्ण माध्यमका रूपमा मैले लिँदै आएको छु। एउटा खुल्ला किताबको पाना जस्तै तपाईँहरूका सामु उभिएको यो माधवकुमार नेपाल प्रधानमन्त्रीका रूपमा आफ्नो क्षमताको पल्लै छेउसम्म हाम्रो प्यारो राष्ट्र नेपाल, हामी जनता र हाम्रो उज्ज्वल भविष्य र साझा समृद्धिका लागि समर्पित हुनेछ।
दिदीबहिनी तथा दाजुभाइहरू
म पुनः जोड दिएर भन्न चाहन्छु- शान्ति प्रक्रिया अहिले पनि अधुरै छ। त्यसमा अनेकौँ प्रकारका जटिलता देखा परेका छन्। हामीले संयुक्त रूपमा यहाँसम्म ल्याइपुर्‍याएको शान्ति प्रक्रियालाई मिलेरै टुङ्गोमा पुर्‍याउनर्ुपर्छ। बाह्रवुदे सहमतिदेखि हामीले आरम्भ गरेको सहमति,, सहकार्य र एकताको यात्रालाई विश्राम लगाउने समय यो होइन। म एकीकृत नेकपा (माओवादी) का मित्रहरूलाई टाढा होइन, सँगै बसेर एक-अर्काका कुरा सुन्न र बुझ्न आह्वान गर्दछु। सँगै बसेर कुरा गर्ने हो भने कटुतालाई पनि हार्दिकतामा परिणत गर्न सकिन्छ। हिजो मेरो दल राष्ट्रपति निर्वाचनका सर्न्दर्भमा पाएको धोकाका वावजुद राष्ट्र र जनताप्रतिको दायित्ववोधलाई आत्मसात गर्दै एकीकृत नेकपा (माओवादी) को नेतृत्वमा सरकार गठन गर्न सहयोगी बनेको हो र सरकारमा सहभागी पनि भएको हो। अहिले परिस्थितिजन्य कारणले एकीकृत नेकपा (माओवादी) का अध्यक्षले प्रधानमन्त्रीवाट राजीनामा दिनुपरे पनि सहमति र सहकार्यको यात्रालाई विराम लगाउनुपर्ने अवस्था होइन। तर्सथ, म नेपालको शान्ति प्रक्रिया अघि वढाउन एकीकृत नेकपा (माओवादी) लाई वर्तमान सरकारमा सामेल भएर सहयोग गर्न आग्रह गर्दछु।
अन्त्यमा, सपना नदेख्ने कुनै पनि राष्ट्र, संस्था वा नेताले प्रगति गर्न सक्दैन। मेरो पनि एउटा सपना छ- लोकतान्त्रिक, शान्त, समतामूलक र समृद्ध नेपाल बनाउने। यो सपना तपाई हामी सबैको साझा सपना हो। यो सपना पूरा गर्न पार गर्नुपर्ने लामो यात्राबारे म सचेत छु। मेरो आग्रह छ- आउनुहोस्, लोकतान्त्रिक, शान्त, समतामूलक र समृद्ध नेपाल निर्माणको यो साझा सपना हामी सबै मिलेरै साकार पारौँ।
धन्यवाद।
माधवकुमार नेपाल
प्रधानमन्त्री
१२ जेठ, २०६६

Tuesday, May 19, 2009

सुजितलाई फुली कहिले थप्ने

रामेश्वर कार्की
देशमा जन निर्वाचित सरकार आएपछि सुखको अनुभूती गर्न सकिन्छकी भन्ने आशा आज भन्दा एक वर्ष पहिले नेपाली जनताले गरेका थिए । सबैको संकल्प एउटै थियो अव देशमा हत्या िहंशाको राजनिति सकियो । विधिको पालना हुन्छ । सबै नागरिकले स्वतन्त्रता पूर्वक काम गर्न पाउने छन् । सवैको विचारको सम्मान हुनेछ । न्याय शान्ति र स्वतन्त्रता नेपाली जनगणको नैसर्गिक अधिकार भित्र सुनिश्चित हुनेछ । राष्ट्र उन्नती तर्फ बढ्नेछ । विकास जिल्ला जिल्लामा गाउँ गाउँमा टोल टोलमा घर घरमा र व्यŒाुी व्यिŒाुमा हुनेछ भन्ने सबैले मन भित्र कथेका थिए ।
जनताले अझ यो सँकल्प गरेका थिए साँचै दुई सय वर्षे निरङ्कुस सामन्ति राजतन्त्र समाप्त भयो । जनताको छोरो रास्ट्रको प्रमूख व्यिŒाु वन्यो । लामो समयसम्म प्रजातान्त्रिक शक्तिहरु राजतन्त्रका पक्षपाती र सामन्ती प्रथाका अनुन्यायीले नेत्रित्व गरेको सरकार समेत यस वर्ष लामो समय आश त्रास धामास र बकवासको मन्त्र जपेर गाउँबाट सहर छिरेको कम्युनिष्टको बर्चस्व कायम रह्यो । अझ कम्युनिष्ट आन्दोलनका माध्यमबाट विश्व प्रशिद्ध बन्न पुगेका कमरेड माओको नामबाट जन्माईएको माओबादी देशको प्रमुख शिŒाु बनेपछि साँच्चैनै चमत्कार होला भन्ने सबैले आशा गरेका थिए । कमरेड माओले भनेको छन् । अर्काको नविराउनु कु-कर्म नगर्नु जनता महान हुन तिनलाई नचिढाउनु संधै प्रगतिशिल विचार लिनु कुरा भन्दा काम गरेर देखाउनु भनेका थिए । विश्वमा कम्युनिष्ट आन्दोलन सुरु गर्ने धेरै देशहरु छन् । तर कम्युनिष्ट सŒाा टिक्ने राष्ट्रहरु औँलामा गन्न सकिने छन् । त्यसै भित्र रहेको कम्युनिष्टको राज्यसŒाा सफल भएको देश चीन हो भन्ने सबैले बुझेका छन् । चीनमा कम्युनिष्टको नेत्रित्व गरेका कमरेड माओको दुर दृष्टी र स्पष्ट विचारका कारण साँच्चिकै चमत्कार त्यहाँ भएको छ । एक वर्ष अघि चुनाव हुने नै भो भन्ने पक्का भएपछि नेपाली जनमा पनि यस्तै सोच थियो । प्रगतिशिलहरुको मोर्चा बाम शिŒाुले राज्यमा नेत्रित्व गर् यो भने हाम्रो देश पनि त्यस्तै बन्छ भनेर त्यसैको प्रभावले पनि चीनमा माओ सफल भए झैँ नेपालमा माओवादी सफल हुनेछ हाम्रो नेपाल र हामी नेपाली झनै सफल हुने छौँ भन्ने ठानेका थियौँ ।जब माओवादी राज्यको प्रमूख राजनितिक शिŒाु राज्यको नेत्रित्वकर्ता बन्यो तब थाहा पाइयो यिनिहरुके असलि रुप । हामि मानवजातिले के पनि बुझ्न सकेका रहेन छौँ भने नयाँ लुगा लगाउंदैमा मानिस भलाद्मी हून्छन् शिष्ट हुन्छन् र इमान्दार हुन्छन् भन्ने । हो नयाँ राम्रो सपक्क मिलेको टाइसुट लगाएको तर दुई सँग लगाए पछि सडकमै सत्ने मानिस भेटाका छौँ । अनि सर्पको काँचुली देख्ने िवŒाीकै हामि झस्कीन्छौँ सर्प होकि भनेर । वाँगो िट¨ाे रुखको जरलीत आतिने हामि सर्पको काँचुलीत सर्प हो भन्ठान्छौँ । त्यस्तै भयो हाम्रो नेपालमा माओको नाममा जन्मिएको माओवादी सर्पको काँचुली भन्दा के फरक भयो त देश झन दर्दनाक अवस्थामा फर्किएपछि । कानुनि राज्यलाई सरकारको नेत्रित्वकर्ताले नै उपहास गराएपछि ।जनातले चाहेका छन् विधिको शासन शासक सिकाउँछन् तिघ्रा बलिया भए सम्म तोड गल घन खुँडा खुकुरी तरवार भाला बन्दुक जेछ त्यसैले तोड केहि समय देशमा खैला बैला मच्चिए पनि त्यसको धामि हामि नै हौँ भन्ने शासकले सिकाएका छन् । प्रसंग गम्भिर छ । राज्यले जननिर्वानचित सरकार पाएको छ । संविधान निर्माण गर्न सबै होमिएका छन् । विधिको शासन होस विचारको स्वतन्त्रता होस् नागरीकको जिउ धनको सूरक्षा होस् अपराधिले संजाएँ पायोस यो सबैको चाहना हो । तर विडम्बना त्यस्तो रहेन यहाँ । विधिको निर्माण गर्ने घडिमा विधी मिचिएको शान्ति खोजिएको समयमा अशान्ति फैलिएको छ । जब समाजमा अपराध बढ्छ त्यहाँ नियन्त्रण र सजएँ छैन । बरु संरक्षण र पुरस्कारको व्यवस्था हुन्छ । देशमा जननिर्वाचित सरकार बन्न लाग्दा र बनिसके पछि हत्या हिँसा र उद्दण्डता बढेको छ भय र त्रास चरम उत्कर्षमा पुगेको छ । हत्यारा गुण्डा र डाँकाहरुले राजनीतिक संरक्षण पाएका छन् । चाहे त्यो एमालेको यूथ फोस्र होस वा माओवादीका वाईसीएल होस् जसले दुई चार जनाको इहलिला समाप्त गर्न सक्यो त्यसले राजनीतिक कार्यकर्ता नेता बन्ने अवसर पाउँछन् । यो भनाईको आशय सबैमा छर्ल¨ छ । देशमा संविधान सभाको निर्वाचन हुने भन्ने हल्लाले गर्मागर्मी बढिरहेको बेला लॊकतन्त्रका पक्षधर कलमजीवि पत्रकार बिरेन्दं्र शाहको हत्या भयो । त्यस घटनाले देश तातीरहँदा महिनौ दिन सम्म आन्दोलन भइ रहँदा माओवादी नेत्रित्वले स्वीकार गर्न चाहेन त्यो हाम्रो पार्टिका कार्यकर्ताबाट हत्या भएको हो । गल्ति भयो भनेर । अन्तत ः नागरिकको दबाब र संघर्ष पष्चात प्रष्ट भयो विरेन्द्र शाहको हत्या माओवादीकै एक जिम्मेवार नेता बाट भएको हो भन्ने । त्यतिभएपछि विभिन्न बहानामा वाजि गरेर हत्याराको संरक्षण पार्टीले नै गर् यो । सर्बजनिक समारोहमा पक्राउ गर्ने देखी सजाएँ दिने सम्म सबै फलक्कन भए कमरेड प्रचण्डले । तर हाल सम्म पक्राउ परेका छैनन् । विरेन्द्रको हत्यारा भुमिगत रुपमै पहिलेको भन्दा दुई स्टेप माथि नाम परिवर्तन गरेर इाचार्ज बनेर बसेको हुनसक्छ । घटना निरन्तर छ । निर्वाचनका बेला अमुल्य योगदान पुर् याएका आफ्नै घरमा राखेर पालन पोषण गरी माओवादी नेता कार्यकर्ताको संरक्षण गर्ने अर्को महान व्यक्तीत्व रामहरि क्षेष्ठको हत्या भयो । घरबाट समातेर लैजादा सम्म केहि पत्तो नभएको रामहरिको एक हप्ता पछि घर परिवारले खोजि अगाडी बढाए पछि रहस्य खुल्यो ।क्रमश रामहरि व्यपत्ता छन् कुटपिटका कारण घाईते भई शिविर भित्र उपचारत छन् जिउँदै छन् भन्दा भन्दै त्रिशुलीको किनारमा भेटिए पछि थाहा भयो रामहरिको हत्या भएछ । माओवादी जनमुक्ति सेनाको क्याम्प भित्र शिविरका कमान्डर कालीवहादुर खामको नेत्रित्वमा जनसेनाको कमान्डरबाट । रामहरिको शव फेला नपरुन्जेल सम्म माओवादीले त्यो पनि स्वीकार गर्न चाहेको थिएन । पछि नागरिकको संघर्ष र दवावका कारण स्वीकार भयो । रामहरिको हत्या प्रकरणका प्रमुख दोषी कालीवहादुर खाम हुन भन्ने किटानी परेपछि उनी फरार भए भागे भन्ने खबर छरपष्ट पारीयो माओवादी भित्रबाट । आखिर उनि त्यहि क्याम्प भित्रै दलवल सहित गाडी सुविधालिएर बसेका रहेछन् । नेपाली सेनाको नेत्रित्व सम्हालेका रक्षामन्त्री रामबहादुर थापालाई भेटघाट गर्ने क्रममा फेला पर्दा समेत होईन भनेर जनतामा भ्रमको खेतिगर्ने काम गरियो । सबैलाई थाहै छ घटना मत्थर भएको अवसर पारेर रामहरिको संसार हेर्ने चाहना समाप्त पार्न सफल भएको उपलक्ष्यमा माओवादीले अर्को फुलिथपिदियो कालीवहादुर खामलाई केन्द्रिय सदस्य बनाएर । ठुलै सम्मान र पुरस्सकार दियो हत्या अभियोग लागेकालाई चोख्याउन समेत सफल भयो । पछि धादिङमा सार्वजनिक सम्पति कब्जा गर्ने र समुदायले समुदायकै हुनु पर्छ भन्ने लडाईँको छानविन पहिलै भएपनि त्यसको असर पछि सम्म भएपछि हत्या िहंसाको खेल सुरुभयो । एमाले कार्यकर्ता राजेन्द्र रिमाल वाईसिएलले हानेको खुकुरीको उन्नाईस चोट खाएर पनि संसार हेर्न सफल भए । त्यसको भोलि पल्ट एमाले युथ फोस्रले प्रतिशोधमा माओवादीका कृष्ण भण्डारीलाई त्रिसुलिमा जाकेर उनको सबै चाहना समाप्त पारिदिए । त्यसको भोलिपल्टै घरबाट गोरख घुम्न निस्किएका काठमाण्डौका दुई युवक निर्मल पन्त र पुस्कर ड¨ाेललाई मलेखुको एक होटेलमा खान खादै गर्दा काठमाण्डौको पुरानो रिसिईविले अपहरण गरी चरम यातना िदंदै मारेर दरियाल खोला किनारमा लगेर गाडीएको अवस्थामा फेला पर् यो । धादिङ घटानको अनुसन्धान गर्न राज्यबाट र दुई दल बीच उच्च स्तरीय आयोग समेत बने तर आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छैन । हत्या विरोधमा देश व्यापी रुपमै आन्दोलन हुंदा समेत स्वीकार गर्ने र अपराधी पक्राउ गर्ने काम राज्यले गर्न सकेन । आज भोली हत्यनरनहरु समाजमा सम्मानित नागरिक भएर राजनीतिक संगठन विस्तारको जिम्मेवारि सहितको खुले आम सडकमा हिडिरहेका छन् । घटना श्रृङखलाबद्ध छ । नुवाकोटमा सामान्य निहुँमा काम गरेर आफ्नो परिवार पाल्दै आएका यादव देवकोटालाई सदाको लागि अपा¨ भएर बाँच्न बाध्य माओबादीका कार्यकर्ताबाट गरियो । किटानी जाहेरी दिएको छ । पक्राउ पर्दैनन् । भेटेको छैन भन्ने जवाफ गृह प्रशाशनबाट आउँछ पिडित पक्षका अगाडि सार्वजनिक कार्यक्रममा संगै बसेर गफ गर्दै एउटै माइन्यूटमा हस्ताक्षर गरेरिहंडेका छन् । जनता त्यही मानेमा चकित भएका छन् । समाजमा हत्या िहंसा जसले गर्न सक्यो ऊ समाजको प्रतिष्ठित मानिस बन्न सकेकोमा । सुजित विक निकै चर्चामा आएर मानवअधिकार आयोगलाई बुझाउन ल्याउँदा ल्याउँदै भागे भनेर लाजमर्दो भाषण प्रंचण्डले गरेका छन् । यो सुन्दा कडो हाँसो लाग्दो कुरा छ । भियुक्त पक्राउ गर्ने कार्वाहि गर्ने काम त प्रशासनले गर्ने गरेको थाहा थियो । माओवादी सरकारमा जाने वित्तिकै मानवअधिकार आयोग पनि प्रहरी प्रशाशन भए छ की के हो होईन भने अभियुक्त समाउने र त्यसको जिम्मा लिने जस्तो लाजमर्दो कुरा बाहिर चर्चामा आईरहँदा केहि पनि नवोल्नुको नियत के हो प्रष्ट हुनुपर् यो । हत्या चोर फटाहालाई समाजमा सम्मानित र मर्यादित बनाउने घृणित खेल माओवादीले खेलिरहेको छ । रामहरिको हत्यारा खाम केन्द्रिय नेता बनाईए झैं बुटवलमा प्रचण्ड थैवका हत्या अभियोगमा किटानी जाहेरी परेका सुजित बिक जिल्ला ईाचार्जबाट केन्द्रमा आउन एउटा परिक्षा पास गरिसकेका छन् । सरकार छाडेर सदन र सडक आन्दोलन गर्ने भनेर सरकारको नेत्रित्व सम्हाल्दै सदन अवरुद्ध गर्दै गरेको माओवादीलाई अवसर यहि हो हत्या र डकैतिको आरोपमा उजुरी परेर खोजी भैरहेका आफ्ना कार्यकर्तालाई फुली थपिदिने । त्यस मध्यमा पहिलो नम्बरमा रहेका सर्वाधिक चर्चित सुजित विकलाई गोल्ड मेडल दिन नेत्रित्वले सोचेकै होला । विरेन्द्रको हत्यारा र रामहरिको हत्याराले पाएझैं पुष्कर निर्मलको हत्यारा र प्रचण्डको हत्याराले पनि त त्यहि अनुरुपकै मेहनत र चर्चा कमाएका छन नी । उनीहरुको चाही अधिकार हैनर

Saturday, April 4, 2009

तेह्र वर्ष सम्म विद्यालय निरिक्षण भएन

रामेश्वर कार्की
धादिङ २० चैत
उत्तरी धादिङको लापा गाविसमा साचालित एक निमावि दरबन्दी अभावमा समस्यामा गुजि्ररहेको छ । जिल्ला सदरमुकाम धादिङबेसीबाट तीन दिनको पैदलदुरी हिँडेपछि पुगिने लापा-७ रिचेतमा रहेको तिम्ला निमावि निजीस्रोतमा छ जना शिक्षक पालेर बाल बालिका पढाउन बाध्य छ । यो विद्यालयको चाहना होईन तर यस्तै गर् यो सम्बन्धित निकायले । हिमालि वस्ति लापाको रिचेतमा रहेको सो निमावि स्थापनामा दुई र केहि समय पछि दुई हजार चालिस तिर तीन वटा सरकारी दरबन्दी भएको थियो । शिक्षक दरबन्दीको लागि आवश्यक विद्यार्थी संख्या हुँदा हुँदै पनि उनानपचास सलामा एक दरबन्दी जिल्ला शिक्षा कार्यालयका एक पिएनले छड्के जाँच गरेको भन्दै काटाईदिए पछि अपुरो रहेको शिक्षक दरबन्दी आज सम्म उस्तै छ । हाल कक्षा सात साचालन गरेको सो विद्यालयमा दुई सय विद्यार्थी संख्या छ । अहिले पनि विद्यालयको शिक्षक दरबन्दीको हालत भने उहि नै छ । विकटका विद्यालयमा जिल्लाका कर्मचारीले निक्षिण समेत नगर्ने र विद्यालयलाई आवश्यक दरबन्दी समेत नदिएको गुनासो अठ्ठाइस वर्ष देखि सोहि विद्यालयमा अध्यापन गराउँदै आएका प्रधानाध्यापक श्यामबहादुर पाण्डेले दुखेसो पोखे । जिल््लामा दरबन्दीको कुरा गर्न जाँदा दुर्गमकालाई वेवास्ता गर्ने गरेको र राजनीतिक दलको सिफारिस खोज्ने गरेको आरोप प्रधानाध्यापक पाण्डेको छ । सरकारी मान्यताको कुरा गर्ने हो भने सो विद्यालयलाई पाँच जना शिक्षक दरबन्दी दिनु पर्ने हो तर राहत कोटो शिक्षक वितरण गर्नेवेलामा समेत वेवास्ता गरिए पछि सो विद्यालय विद्यार्थी संग फि उठाउने र गाविसको सहयोगमा साचालित छ । दुर्गमको सो वस्तिमा चार घण्टा देखि पैदल हिँडेर निमावि पढ्न विद्यार्थी नेवेर कपुर गाउँलगाएकता स्थानबाट अउने गरेको जानकारी दिँदै निजी स्रोतमा शिक्षक पाल्नु पर्दा समस्या भोग्नुपरेको स्थानीय शिक्षक बमबहादुर तामाङले बताए । दुर्गममा रहेको सो विद्यालमा निरिक्षणको लागि समेत शिक्षा कार्यालयबाट कर्मचारी पुग्दैनन् । दुइहजार उनानपचास सालमा जिल्ला शिक्षाका मुखिया जितेन्द्र खनालले छड्के निरिक्षण गरेपछि एकै चोटि बैसठ्ठी फागुनमा स्रोत व्यक्ति केशव पौडेलले निरिक्षण गरेका छन । दुर्गममा रहेको यो विद्यालय त एक प्रतिनिधी पात्र मात्र हो । यस्ता दुर दराजका विद्यालयहरु अनगिन्ति छन् सरकारी सेवाबाट बिाचत रहेका । सरकार र शिक्षा मन्त्रालय वर्षै पिच्छे शिक्षा विकासमा खरबौंको बजेट विनियोजन गर्छ । देशमा शिक्षित जन शक्ति उत्पादन गर्ने नाममा गोष्ठि सेमिनार र अनेकौं सभा गरेर समय र रकम खर्चिरहेको हुन्छ । दुर्गमका यस्ता विद्यालय भने एउटा कुनामा बसेर हेरिरहनु शिवाय अरुकेहि गर्न सक्दैन भन्दै विद्यालय व्यस्थिापन समितिका अध्यक्ष दिनेश तामाङ सरकारप्रति आक्रोश पोख्छन् । सरकारले अन्य सुविधा दिन नसकेपनि विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मात्र उपलब्ध गराईदिए पनि ठुलै राहत मिल्ने आशा स्थानीय अभिभावको छ ।

जिविस र उद्योगिबाीच अन्तरकि्रया

राजमार्ग क्षेत्रमा साचालित उद्योग र सरकारी निकायबीच आपसी सहयोग बिस्तारको लागि धादिङको महादेवबेसीमा अन्तरकि्रया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला विकास समितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा उद्योग वाणिज्य संघ धादिङ राजनीतिक दलका प्रतिनिधी र राजमार्ग क्षेत्रमा साचालित क्रसर ग्याँस र सेन्डवास उद्योगका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । अन्तरकि्रयामा सहभागी उद्योगी व्यवसायिहरुले उद्योग साचालन गर्दा आइपर्ने समस्या समाधानका लागि सरकार र उद्योगवाणिज्यले सहयोग गर्नुपर्ने माग गरेका थिए । देशमा भईरहेको लोडसेडिङको मार र राजनीतिक दल तथा तिनका युवा संगठनलाई चन्दा दिनु पर्दा उद्योग साचालन गर्न अप्ठेरो परेको गुनासो उद्योगिका तर्फबाट शिवप्रसाद रेग्मीले गर्नुभयो । उद्योगलाई परेको समस्याको लागि जिविस र उद्योग वाणिज्यले छलफलका लागि सहयोग गर्ने र उद्योगिले उद्योग साचालन गरेबापत जिविसलाई कर तिर्नु पर्ने विचार स्थानीय विकास अधिकारी रमेशकुमार अधिकारीले व्यक्त गर्नुभयो । साथै राजमार्ग क्षेत्रमा साचालित अधिकांश क्रसर उद्योगहरुले उद्योग वाणिज्यको सदस्यता नलिएकाले उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष धु्रवबहादुर थापाले संगठित भएर अगाडि बढ्न सुझाव दिनुभयो ।

दुर्गममा पानी पनर्दा भोकमरी को समस्या

रामेश्वर कार्की
धादिङ २२ चैत
लामो समय सम्म पानी नपरे पछि उत्तरी धादिङका विकट गाउँहरुमा खाद्य संकट हुने भएको छ । जिल्ला सदरमुकाम धादिङबेसीबाट तीन दिनको पैदल यात्रा पछि पुगिने तिप्लिङ लापा सेर्तुङ झार्लाङ री लगाएतका हिमाली भेगका गाविसहरुमा यो वर्ष सात महिनादेखि पानी नपर्दा खाद्यान्नको समस्या उत्पन्न हुन पुगेको लापा कपुरगाउँका रामबहादुर तामाङले जानकारी दिए । हिमाली भेगका यि गाविसहरुमा धान तथा नगदेबालीको उत्पादन नहुने हुँदा गहँु जौ मकै कोदो आलु फापर जस्ता खाद्यान्न फल्ने गर्छ । यस वर्ष यि गाविसहरुमा सात महिना सम्म खडेरी परेपछि लगाएको खाद्यान्न गहुँ जौ बारीमै सुकेका छन् । पानी नपरेका कारण कोदो समेत कम फलेपछि जसो तसो छ महिना खेति बालीबाटै धान्दै आएका उनीहरुमा तीन महिनालाई समेत खाद्यान्न नपुग्ने भएको तामाङले बताए । लामो खडेरीका कारण गहँु जौ सुकेपछि सुक्खा बारीमा रोपेको मकै समेत दुई महिना वित्न लाग्दा पनि उमि्रएको छैन । हिमाली भेगका यि गाविसहरुमा अन्य खाद्यान्न बालीहरु हुँदैन । छ महिनाको लागि खेतिपाती र छ महिना भारी बोकेर र जडिबुटी संकलन गरेर जीविका धान्दै आएका उनीहरु यस वर्ष समस्यामा परेका छन् । पानी र हिउँ नपरेकै कारण हिमाली भेगमा यो वर्ष जडिबुटी कम उमि्रएको लापा रिचेतका टेकबहादुर गुरुङले जानकारी दिए । यस क्षेत्रमा पाईने लोकता चिराईतो पाँचऔंले जटामसी निरमसी यासा्रगुम्बा जस्ता जडिबुटी समेत भेटिन छाडेको गुरुङले बताए । जिल्ला सदरमुकाम धादिङबेसीबाट तीन दिनको पैदल दुरीमा पुगिने सो बस्तिमा तत्काल खाद्यान्न पुर् याउन समेत कठिनाई पर्छ । धादिङबेसीबाट दुई सय पचास रुपैयाँ मोटरभाडा तिरेर पुगिने किन्ताङफेदी बाट खच्चरले सामान ढुवानी गर्छ । किन्ताङबाट लापा तिप्लिङमा पुर् याएको ढुवानी भाडा मात्र प्रति किलो २२ रुपैपा तिर्नु पर्ने लापाका दिनेश तामाङले बताए । दुर्गमका वस्तिहरुमा खाद्यान्न आपुर्ति गर्नका लागि खाद्यडिपोको माग गर्दै आएका तामाङ यो वर्ष बेलैमा विचार नपर् याए हिमाली भेगका मानिस भोक भोकै मर्न सक्छन् भन्छन् । तामाङ र गुरुङको मात्र बसोबास रहेको यस क्षेत्रमा जडिबुटी र भेडा पालन मुख्य व्यवसायहो । यस भेगका मानिसहरुले सरकारी तवरबाटै जडिबुटि संकलन तथा प्रशोधन केन्द्र र कृषि तथा खाद्य डिपो सहयोग गर्न माग गरेका छन् ।

Sunday, March 29, 2009

एमाले सरकारमा विष पिएर बस्न बाध्य पाण्डे


रामेश्वर का्र्की
धादिङ १६ चैत

स्थानीय विकास मन्त्री रामचन्द्र झाले माओवादीको व्यवहारका कारण एमाले सरकारबाट हट्न सक्ने बताएका छन् । सरकारमा संगै बसेर बारम्बार आफ्ना कार्यकर्ताको हत्या गर्ने संग मिलेर बस्न नसकिने बताउँदै मन्त्री झाले बुटवलमा मारिएका युथफोस्र कार्यकर्ता प्रचण्ड थैवको हत्यारालाई कार्वाहि नभए सम्म क्याविनेट बैठक वहिस्कार गर्ने पार्टीको निर्णयअनुसार आफुहरु चल्ने बताए । मन्त्री झाले आईतवार धादिङको थाक्रे गाविस वडा नम्बर चार खनायोखर्कमा स्थानीय उपभोक्ताको मात्र लगानीमा निर्माण गरिएको सातकिला लुईकेलडाँडा सडक उद्घाटनका क्रममा यस्तो कुरा बताएका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै पुर्व स्थानीय विकास मन्त्री एवं एमाले केन्द्रिय सदस्य राजेन्द्रप्रसाद पाण्डेले एमाले यतिवेला विष पिएर पनि सरकारमा बस्न बाध्य भएको बताएका छन् । सरकारको नेत्रित्व गरेको प्रधानमन्त्रीको पार्टीले उपप्रधानमन्त्रीको पार्टीका कार्यकर्ताको श्रृङ्खला बद्ध हत्या भईरहँदा पनि शान्ति प्रकि्रया निष्कर्षमा पुर् याउनका निम्ति सरकारमा बस्नुपरेको नेता पाण्डेले बताए । नेता पाण्डेले उनीहरुले जे गर्छन् त्यो गर्न हामीलाई सुहाउँदैन भन्दै सहेर बस्दा संधै पेलिएको उनको तर्क थियो ।

कार्यक्रममा सहभागी राप्रपाका केन्द्रिय सदस्य ठाकुरप्रसाद शर्माले अहिले देशमा सरकारले जनतालाई सुरक्षा दिन नसकेको बताउँदै सरकारमा सहभागी पार्टीकै कार्यकर्ता त सुरक्षित छैनन् भने हामी कसरी सुरक्षित रहन सक्छौं उनले भने ।

सरकारी तथा गैर सरकारी संस्थाको विना सहयोगमा स्थानीय उपभोक्ताको मात्र साँढे छ लाखको लगानीमा निर्माण सम्पन्न साँढे चार किलोमिटर सडकमा मन्त्रीको गाडी अगाडी लगाएर उद्घाटन गरिएको थियो । सडक निर्माणका क्रममा उपभोक्ता संग साँढे तीन लाख रुपैया उठेपनि बाँकी तीनलाख उपभोक्ता समितिले ऋण बाकेर सडक निर्माण गरिएको कार्यक्रममा जानकारी गराईयो ।

Saturday, March 28, 2009

हत्याको विरोधमा बन्द

रामेश्वर कार्की
धादिङ १५ चैत
नेकपा एमाले धादिङले युथफोस्र कार्यकर्ता प्रचण्डमान थैवको बुटवलमा गरिएको हत्याको विरोधमा जिल्ला व्यापी आन्दोलन घोषणा गरेको छ । एमालेले हत्यारालाई पक्राउगरि कार्वाहि गर्नुपर्ने र शहिद घोषणा गरि आवश्यक क्षतिपुर्ति दिनुपर्ने माग गरेको छ । हत्याको विरोधमा बिहान आठ देखि दश बजे सम्म युथफोस्र कार्यकर्ताले पृथ्वी राजमार्गको बैरेनीमा राजमार्ग बन्द गराएका छन् । यसैगरि घोषित कार्यक्रम अनुसार दिउँसो बाह्र देखि दुई बजेसम्म मलेखुमा राजमार्ग बन्द दिउँसो दुईबजेदेखि धादिङबेसीमा विरोध र् याली सहित विरोध सभा र तीन बजे देखि पाँच बजेसम्म राजमार्गको नौबिसे खण्ड बन्द गरिने एमाले धादिङले जनाएको छ ।

पुस्तकालयमा पुस्तक अभाव

रामेश्वर कार्की

धादिङ १४ चैत


जिल्ला शिक्षा कार्यालयको सहयोगमा स्थापित धादिङको अति दुर्गम बस्ति लापा गाविसको वडा नम्बर एकमा लापा कुकु सामुदायिक अध्ययन केन्द्रमा पुस्तकको अभाव रहेको छ । यसै वर्ष स्थापना गरिएको सो अध्ययन केन्द्रमा परिचर र भवन व्यवस्थापनका निमित्त शिक्षा कार्यालयले पचास हजार रुपियाँ सहयोग गरेपनि पुस्तक भने छैन । अध्ययन केन्द्रका पुस्तक नभएपछि सोहिक स्थानमा कि्रयाशिल नमस्ते युवा क्लव र युएमएनको सहयोगमा दुई सय पचहत्तरवटा विभिन्न पुस्तक किनिएको पुस्तकालय व्यवस्थापन समितिका दिनेश तामाङले बताए । जिल्ला सदरमुकाम धादिङबेसीबाट तीन दिनको पैदल दुरीमा रहेको सो अध्ययन केन्द्र लापा गाविसको वडा नम्बर १३६र ७ को बीचमा पर्छ । शिक्षा कार्यालयले परिचर तथा भवन व्यवस्थापनको लागि भनेर पचास हजार रुपियाँ नगद सहयोग गरेपनि पुस्तक उपलब्ध नगराएको पुस्तकालय व्यवस्थापन समितिले जानकारी दियो । नजिकै पुस्तकालय तथा पत्र पत्रिका पसल नभएकाले गाउँका युवाहरुले पुस्तक पढ्ने रहर गर्दा पनि पुस्तक नभएपछि समस्या भएको अध्ययन केन्द्रका संस्थापक अध्यक्ष रामबहादुर तामाङले बताए ।

Tuesday, March 24, 2009

वर्षे पानी संकलन र थोपा िसंचाइ प्रणाली सम्बन्धी कार्यशाला

रामेश्वर कार्की
धादिङ
नेपालका िसंचाइ नहुने जमिनमा वर्षे पानी संकलन गरि थोपा िसंचाइ प्रणाली कसरी लागु गर्न सकिन्छ भन्ने विषयमा छलफल कार्यशाला धादिङको सदरमुकाम धादिङबेसीमा सुरु भएको छ । इज्राइली राजदुतावासको सहयोगमा साचालित सो कार्यशालाको उद्घाटन गर्दै राजदुत दान स्ताभले कृषि उत्पादनको लागि प्रविधीलाई सहि उपयोग गरे उत्पादन राम्रो लिन सकिने बताउनु भयो । प्रविधि र मेहनतका कारण इज्राइलले मरुभुमीमा समेत थोपा िसंचाइ गरेर राम्रो उत्पादन लिएको जानकारी िदंदै यसका निमित्त नेपाल उपयुक्त भएको कुरा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य गंगालाल तुलाधरले नेपाल नदी नालामा धनी भएता पनि सबै भुमीमा िसंचाइ गर्न नसकेकाले पछाडी परेको कुरा उल्लेख गर्दै नेपालका लागि थोपा िसंचाइ प्रविधि राम्रो हुने बताउनु भयो । गोष्ठिमा न्यायिक संसारका निर्देशक मिखा प्रमुख जिल्ला अधिकारी उद्दवबहादुर थापा लगाएत राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । इज्राइलि संस्था न्यायिक संसार सामाजिक रुपान्तरण नेपाल र सिर्डस धादिङले संयुक्त रुपमा आयोजना गरेको सो कार्यशाला चार दिन सम्म चल्नेछ । विभिन्न जिल्लाका बाईस वटा गैर सरकारी संस्थाका प्रतिनिधीहरुको सहभगिता रहेको सो कार्यशालामा इज्राइली सहजकर्ता जोन र दुवीले सहजीकरण गर्नेछन् ।

Friday, March 20, 2009

अनेशि संगठनमा अधिकारी

रामेश्वर कार्की
धादिङ ।
अखिल नेपाल शिक्षक संगठन धादिङको जिल्ला अधिवेशनले शंकर अधिकारीको नेत्रित्वमा ८७ सदसिय नयाँ कार्य समिति गठन गरेको छ । फागुन ७ र ८ गते धादिङबेसीमा संगठनका केन्द्रिय उपाध्यक्ष लालबहादुर बिसीको प्रमुख आतिथ्यमा अधिवेशनले पाँच उपाध्यक्षमा अर्जुन नगरकोटी खिलबहादुर धमला दुर्लभ तामाङ रामेश्वर िसंखडा धनमायाँ तामाङ सचिवमा रमेश कठायत सह सचिव नारायणलाल श्रेष्ठ र कोषाध्यक्ष टीका ढकाल लगाएत ८७ सदसिय नयाँ कर्यसमिति चयन गरेको छ ।

दाता सम्मानित


Friday, February 6, 2009

शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो

रामेश्वर कार्की
धादिङ २४ माघ
वर्ड मिनिङ सोध्दा भन्न नसकेका कारण शिक्षकलॆ कुटेर एक विद्यार्थीको हात भाँचिएको छ । अन्य पाँच जना घाईते भएका छन् । जिल्लाको मैदी गाविस-२ स्थित सहिद जगतप्रकाशजंग प्राविका शिक्षक अशोक सेढाईले कक्षा चारमा पढ्ने विद्यार्थीलाई वर्ड मिनिङ सोध्दा उत्तर दिन नसकेपछि कारवाही गर्ने क्रममा आठ वर्षिय अस्मिता भट्टको दायाँ हात भाँचिएको छ भने अन्य पाँच विद्यार्थी घाईते भएको अस्मिताका बाबु गिरिराज भट्टले जानकारी दिए । निजीश्रोतमा रहेका शिक्षक अशोक सेढाईले गत माघ २० गते कुटपिट गरे पनि उपचारका क्रममा धादिङबेसी आएपछि मात्र सो घटना संचारकमीलाई जानकारी गराईएको हो । कक्षा ३ मा अध्ययनरत ८ वर्षीया अस्मिता भट्टको हात कुटाइबाट भाँचिएको हो । औँला र हर्थुङ्गो फूटेकोले जिल्ला अस्पताल धादिङमा शुक्रबार उपचार गरिएको पीडितका पिता गीरिराज भट्टले जानकारी दिए । उनिसंगै कुटपिटमा परेका अस्विन भट्ट अप्सरा भट्ट सरला भट्ट सिजन भट्ट र सिसिर अधिकारी पनि घाइते भएका छन् । उनिहरु भने उपचारका लागि अस्पताल गएका छैनन् । विद्यालयमा वर्डमिनिङ शब्दको अर्थ सोध्दा नजानेको भन्दै शिक्षक सेढाइँले कुटपिट गरेको अस्मिताले बताइृन् । शिक्षाकको पिटाइबाट घाइते भएका अन्य बालबालिकाहरु विद्यालय अझैसम्म नगएको पीडितहरुले बताएकाछन् ।

सूचना केन्द्रको स्थापना

रामेश्वर कार्की
धादिङ २४ माघ
सूचना आदान प्रदानमा प्रभावकारीता ल्याउन नेपाल पत्रकार महासंघ धादिङले एक सूचना केन्द्रको स्थापना गरेको छ ।जिल्ला विकास समिति धादिङ र प्रेस काउ_िन्सल नेपालको सहयोगमा स्थापित सो सूचना केन्द्रको शुक्रवार काउ_िन्सलका अध्यक्ष नारायण शर्माले उद्घाटन गरे । जिविसले भौतिक पुर्वाधारका लागि एक लाख र प्रेस काउ_िन्सलले सूचना केन्द स्थापना गर्न एक लाख पचास हजार रुपैयाँ सहयोग गरेको महासंघका जिल्ला सभापति सीताराम प्रसाद बर्माले जानकारी दिए । पत्रकारहरुका लागि सूचना केन्द्रको स्थापना भएपछि सूचना आदान प्रदान गर्नमा सहयोग पुग्ने बताईएको छ । केन्द्रमा दुई वटा कम्प्युटर पि्रन्टर फ्याक्स लगायतका सूचना संप्रेशण गर्ने मासाग्री जडान गरिएको छ । सूचनालाई चाँडो पठाउन र व्यवस्थित गर्न छिट्टैनै ईन्टरनेटको समेत जडान गरिने अध्यक्ष बर्माले बताए .

अन्तरजातीय विवाह गर्ने घर निकालिए

रामेश्वर कार्की
धादिङ २४ माघ
अन्तरजातिय विवाह गरेकै कारण धादिङको महादेवस्थान र फूलखर्क गाविसका दुई जोडी घर निकालिएका छन् । गाउँमा बस्न नदिएका कारण विवाहित जोडि न्याय माग्न बिहिबार जिल्ला सदरमुकाम धादिङबेसी आइपुगेका छन् । महादेवस्थान गाविस - ५ घिर्लिङकी शान्ति बिक र मकवानपुर जिल्ला कालीटार गाविस -१ का राजाराम कार्की बीच तीन महिना अघि अन्ँतरजातीय विवाह भएको थियो . विवाह गरेका कारण घर निकालिएपछि गाउँमा बस्न नपाएर बिहिबार प्रमुख जिल्ला अधिकारीलाई न्याय दिलाइदिन माग गरेका छन् । उनिहरुले मानवअधिकारकर्मी र संचारकर्मीलाई भेटी आफूहरुलाई न्याय दिलाउन र गाउँ निकाला गर्नेहरुलाई कारबाही गर्न माग गरेका छन् । उनीहरुले विद्यालयमा समेत पढ्न नपाएपछि सदरमुकाम धादिङबेसी आएको बताए । यसै गरि फूलखर्क गाविस - २ का अर्जुन विश्वकर्माले सोही गाविस - ३ का रिता भट्टराईसंग अन्तरजातिय विवाह गरेका कारण गाउँ निकाला गरिएपछि मजदुरी गर्दै सदरमुकाममा बस्न बाध्य भएका छन् । प्रधानमन्त्रिले दलितमाथीको भेदभाव हटाउने घोषण गरे लगत्तै दलित भएकै कारण गाउँ निकालिजएपछि पीडितहरु न्याय खोज्न सदरमुकाम आएका हुन् ।

Tuesday, February 3, 2009

प्रमुख अतिथि विवादले गाउँ परिषद स्थगित

रामेश्वर कार्की
धादिङ २१ माघ
प्रमुख अतिथी विवादका कारण धादिङको बैरेनी गाविसको गाउँ परिषद सोमबार स्थगित भएको छ । राजनीतिक सहमति बेगर सभाषद शालिकराम जमरकट्टेललाई प्रमुख अतिथिको रुपमा पत्राचार गरेपछि विवाद भएको परिषदमा सहभागीले बताएका छन् । गत माघ ९ गते दलका नेता ल्याउने विषयमा विवाद भएपछि स्थगित भएपछि १२ गते बसेको सर्वदलिय बैठकले स्थानीय विकास अधिकारीलाई प्रमुख अतिथिको निमन्त्रणा दिने सहमति सहित माईन्युटमा निर्णय गरिएको गाविसका पुर्व अध्यक्ष कृष्णहरी श्रेष्ठले जानकारी दिए । सहमति बेगर गाविस सचिवलाई दवाव दिएर पत्राचार गरेकाले परिषद बहिष्कार गरिएको नेपाली काँगे्रस समर्थित एक सहभागीले बताए । माओवादी बाहेकका दलहरु नेपाली काँगे्रस एमाले राप्रपा लगाएतका राजनीतिक दलले राजनीतिक सहमति बेगर दलका केन्द्रिय नेता ल्याएर परिष नगर्ने भनिएपछि जब सो निर्णय लागु हुन्छ तब मात्र परिषद हुन्छ भन्दै परिषदमा सहभागिता नजनाए पछि परिषद स्थगित भएको पूर्व अध्यक्ष श्रेष्ठले बताए ।

माओवादी मोटाउने नाममा सुन्निएको मात्र हो त्रिपाठी

रामेश्वर कार्की
धादिङ २० माघ
नेकपा एमाले धादिङका नेता एवं महाधिवेशन प्रतिनिधी भुमी त्रिपाठीले एकिकृत नेकपा माओवादी मोटाएको होईन मोटाउने नाममा सुन्निएको मात्र बताएका छन् । धादिङ जिल्लाको तसर्पु गाविसमा सोमबार युथफोस्र गाउँकमिटी गठन गर्ने कार्यक्रममा त्रिपाठीले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै नेता त्रिपाठीले द्वन्दलाई रुपान्तरण गर्नका निमित्त एमालेले चुनावका वेला आफुहरुमाथी जतिसुकै आक्रमण र ज्यादती गरे पनि सहेर त्यसको सामना गरेको बताउँदै अवका दिनमा त्यस खालको गतिविधि माओवादीको वाईसिएलले जारी राखे युथ फोस्रले ठेगान लगाउने बताएका छन् । एमालेले निर्वाचनका वेला चुनाव प्रचार समेत गर्न नसकेको तसर्पु गाविसमा राजु थापामगरको संयोजकत्वमा दुई सय आठ सदसिय युथफोस्र कमिटी गठन गरेको छ । कमिटीमा आवद्ध अधिकांश वाईसिएल र नेपाली काँग्रेसबाट पार्टी परित्याग गरेर आएका कार्यक्रममा जानकारी गराईएयो । युथफोस्र प्रवेश गरि कमिटीमा आवद्ध युवाहरुलाई टिका र युथफोस्रको फेटा लगाएर प्ररायु संघका केन्द्रिय सदस्य शिवराज कंडेलले स्वागत गरेका थिए ।

धादिङमा चिकेन फेस्टिबल

रामेश्वर कार्की
धादिङ
देशभरीनै फैलिएको बर्डफ्लुको हल्लाले कुखुराको व्यवसायमा गिरावट आएपछि धादिङका कुखुरा पालक विसानहरु मर्कामा परेका छन् । दुई साता अघिसम्म जिउंदो कुखुरा प्रतिकिलो एक सय तीस रहेकोमा वर्डफ्लुको हल्लासंगै आज भोली असी रुपैयाँ प्रतिकिलोमा झरेको छ । देशका अन्य भागमा वर्डफ्लु फेला परेका हल्लाले धादिङमा समेत प्रभाव पारेपछि धादिङमा यो रोग नभएको प्रष्ट पार्न आज विभिन्न विज्ञहरुको समेत उपस्थितिमा चिकेन फेस्टिवल कार्यक्रम सम्पन्न गरिएको छ । कुखुराको मासु र अण्डाका विभिन्न परिकार बनाएर विज्ञ तथा सर्वसाधारणलाई निशुल्क रुपमा खुवाएर गरिएको सो कार्यक्रममा बाह्रसय पचास किलो ब्रोइलर कुखुराको मासु र तीन हजारवटा अण्डाको परिकार तयार गरिएको थियो । फेष्टिबलमा तयार गरिएको परिकार खाँदै पोल्ट्रि विशेषज्ञ डाक्टर कर्णबहादुर बोहोराले झापामा देखिएका बर्डफ्लु फैलन नभ्याउदै सकिने बताउदै मासुखान नडराउन सल्लाह दिए । डाक्टर वोहोराले पंक्षिबाट पंक्षिमा सर्ने रोग भएकाले मानिसमा त्यसको संक्रमण नरहने जानकारी गराउँदै सामान्य रोगलाई ठूलो रुपले नबुझिदिन आग्रह गरे । लामो समयदेखी धादिङका कुखुरा व्यवसायीले काठमाडौ मार्केटलाई थेगेको कुरा उल्लेख गर्दे एमाले केन्द्रिीय नेता राजेन्द्र पाण्डेले धादिङमा वर्डफ्लु नभएको सन्देश सबै सामु पुर् याउन सवैपक्ष लाग्नु पर्ने वताए । दुईसाता अघि एकसय तीस रुपयाँ प्रति किलोग्राममा बिक्री हुँदै आएको कुखुराको मासु हाल असी रुपैयाँमा झरेको छ । धादिङमा करिव पाँचसय परिवारले यो व्यवसाय गर्दै आएका छन् । राष्ट्रिय कुखुरा पालन किसान संघ धादिङको आयोजनमा सम्पन्न कार्यक्रममा जिल्लाबाट हरेक महिना दुई लाख कुखुरा अर्थात चारलाख किलोग्राम मासु उत्पादन हुँदै आएको जानकारी कुखुरा व्यवसायि शिवहरि आचार्यले जानकारी दिए कार्यक्रमलाई रोचक बनाउन प्रगतिशील गायक बद्री पंगेनी र गायिका शिला आलेले गित संगितका माध्यमबाट हल्लाका पछाडि नलागि कुखुराको मासु खान आग्रह गरेका थिए ।

Wednesday, January 28, 2009

सुशासन कक्षाले गाउँमा परिवर्तन ल्यायो

रामेश्वर कार्की
धादिङ १५ माघ
पढ्नेउमेरमा विद्यालय जान नपाएपछि घरधन्दा र दाउराघाँसमा सिमित धादिङ कल्लेरी २ कल्लेरीटारका महिलाहरु हिजोआज दैनिक साँझको खाना खाएपछि किताबकापी च्यापेर गाउँको पाएक पर्ने स्थानमा भेला हुन्छन् । दिनभरिको थकान र विभिन्न तनावलाई एकातिर पन्छाएर केहि जान्ने उतसुकता बोकेका यि नव साक्षरहरु संधैभरि भेलाभएर कखरा मात्र सिक्दैनन् । सामुदायिक वनका उपभोक्ता तथा विभिन्न महिला समुहमा आवद्ध उनीहरु पारदर्शिता सुशासन अधिकार र बचत तथा व्यवसथापानका कुराहरु सिक्ने जान्ने र छलफल गर्ने गरिएको कक्षाकी सहभागी नारायणि तिम_िल्सनाले बताई्रन् ।समाजमा समुहमा परिवारमा तथा अन्य जनसरोकारका क्षेत्रमा पारदर्शिता भएको छकि छैन सबैको अधिकार स्थापित भयोकी भएन भन्ने सवालमा अनुभव बाँफाँड गर्ने र पिडितलाई सहयोग गर्ने जस्ता अत्यन्तै सामाजिक र व्यवहारिक ज्ञान सिक्ने गर्छन् । धादिङको कल्लेरी मात्र होईन बैरेनी गजुरी जिवनपुर जोगिमारा लगाएतका तेईस गाविसमा सत्ताईस वटा कक्षा यु एस ए आइ डीको सगुन कार्यक्रम अन्तर्गत रिम्स नेपालले साचालन गरेको रिम्सका कार्यकारी निर्देशक ऋषि बस्ताकोटीले जानकारी दिए । नवसाक्षर महिलाहरुलाई पढाउन कुनै बनिबनाउ पाठ्क्रम नभई वन समुह महिला समुहका सफलताका कथाहरु स्थनीय स्तरमै तयार गरिएको निर्देशक बस्ताकोटी बताउँछन् ॥ दिनभरि कामका बोझले थकित बनेका कल्लेरी स्थित बाराही वनका उपभोक्ता समेत रहेकी अस्मिता तिवारी जन्नै र बुझ्नै पर्नेकुराहरु सिकाइने हँदा जाँगर लाग्ने बताउँछिन् । समुहमा बसेर मासिक बचत ऋण परिचालन सामाजिक काममा सहभागि हुन प्रेरित गरेको अनुभव सुनाउँदै आफैमा कसरी पारदर्शि हुने भन्ने ज्ञान समेत जान्न पाएको सहभागिहरु बताउँछन् ।अधिकारका कुरा थाहानपाउँदा मेलापातमा हेपिएको सामाजिक काममा पछाडी परेको अनुभव सुनाउँदै रिम्स नेपालले साचालनमा सहयोग गरेको सुशासन सम्बन्धी कक्षाबाट आफ्नो जीवन परिवर्तन गर्न सिकेको तिवारीको भनाई छ । उनी थप्छिन् पहिले एउटै काममा जाँदा पुरुषलाई सय महिलालाई साठी रुपैयाँ दिने गरिएकोमा हामीले समानमामको समान ज्याला निर्धाणर गर्न पहल गरेका छौं । गाविसको बजेट बाँडफाँडमा हामीलाई सहभागि गराउँदैनथे त्यो पनि यस वर्षबाट लागु गरायौं िसंचाई सडक बनाउने काममा पनि सहभागी गराउन थालेका छन् पुरुषहरुले । सुशासनका कक्षाबाट जीवन व्यवहारमा धेरै परिवर्तन ल्याएको सहभागीको भनाई छ ।

सामुदायिक बनमा सेनालॆ कब्जा जमायो

सीताराम अधिकारी
धादिङ १० माघ
धादिङ जिल्ला बैरेनी गाविस-८ मा रहेको बालकुमारी सामुदायिक वन सेनाले कब्जा गरेको छ । समुदायले संरक्षण गर्दै आएको बनमा सेनाले अतिक्रमण गरेपछि स्थानीय उपभोक्ताहरु मर्कामा परेका छन् । समुदायको जिम्मामा रहेकेा सामुदायिक वन नेपाली सेनाले अतिक्रमण गरेपछि पटक पटक माग गर्दा पनि नछाडेको स्थानीय उपभोक्ताले संचार कर्मी र मानवअधिकारकर्मी जानकारी दिए । उपभोक्ताहरुले आफ्नो अधिकार खासिएकाले अधिकार स्थापित गराउन सबै पक्ष संग माग गरेका छन् । बैरेनी गाविस-८ मा रहेकेा २७ दशमलब ७५ हेक्टर क्षेत्रफलमा फैलिएको बालकुमारी सामुदायिक वन २०५५ सालदेखि अधिग्रहण गरी सैनिक तालिम इलाकाका रुपमा श्री नम्वर ६ बाहिनी अड्डा बैरेनीले उपभोग गरिरहेकेा वन उपभोक्ता समुहले जनाएको छ । स्थानीय एकसय ७५ घरधुरीका उपभोक्ताले सदियौदेखि संरक्षण गरी भोग चलन गर्दै आएको सामुदायिक वन ०६३ सालमा जिल्ला वन कार्यालय धादिङले समुदायलाई हस्तान्तरण गरी जिम्मा लगाएको समुहका अध्यक्ष चन्द्रप्रसाद खतिवडाले बताए । तर ०५५ कार्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी सरकारले वन अधिग्रहणको अधिकार आंफुहरुलाई दिएको श्री नम्वर ६ बाहिनी अड्डा बैरेनीले दावि गरेको छ । यस सम्बन्धमा उपभोक्तालाई थाहा नभएको जनाएको छ । समुदायलाई हस्तान्तरण गर्नुभन्दा पहिलेनै वन अधिग्रहण गरी सैनिक तालिम इलाका साचालनको अनुमति सरकारले सेनालाई दिएको भन्ँदै बाहिनी अड्डाले वन छाड्न इन्कार गरेपछि स्थानीयबासीले बन छाडिदिन अनुरोध गर्दै आएका छन् । सेनाले सामुदायिक वनमा चलन भोग गर्न नदिएको भन्दै उपभोक्ता समुहले जिल्लामा कृयाशिल राजनैतिक दल जिल्ला प्रशासन कार्यालय जिल्ला वन कार्यालय सामुदायिक वन उपभोक्ता महासंघ लगायतका निकायलाई लिखित पत्र पठाई बन क्षेत्र उपभोग अधिकार दिलाईदिन सामुहिक आग्रह गरेका छन् । यस सम्बन्धमा धादिङका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले उपभोक्ता समुहको पत्र प्राप्त भएकाले त्यस बारेमा सम्बन्धित पक्षसँग परामर्श गरी समस्या समाधानको लागि पहल गरिने बताए । स्थानीयवासीको घांस दाउरा र अन्य कामका लागि प्रयोग हुने गरेको सामुदायिक वनमा सेनाले तालिम केन्द्र संचालन गरेपछि स्थानीयवासी वन क्षेत्रमा प्रवेश गर्न नपाएका मात्रै होइन गांउमा लैजान लागिएको सडक खन्नवाट समेत विाचत भएका छन् । सेनाले वन क्षेत्र नछाडे संघर्षमा उत्रने उपभोक्ताले चेतावनी दिएका छन् ।

Saturday, January 24, 2009

एघार सय एकासीले स्वास्थ्य परिक्षण गराए

रामेश्वर कार्की
धादिङ १२ माघ
आर्थिक अभावमा विभिन्न रोगबाट पिडित बेनेका मानिसहरुको निशुल्क उपचार गर्ने उद्देश्यले धादिङको बैरेनीमा आयोजित एक दिने शिुल्क स्वास्थ्य शिविर एघार सय एकासी जना विरामीले उपचार गराएका छन् । शनिवार साँझ सम्म चलेको सो शिविर सपोट इन नेपालको आर्थिक सहयोग र वीपि मेमोरियल तथा शहिद मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा नेपाल विद्यार्थी संघ बागेश्वरी उच्च मावि बैरेनीको आयोजनामा साचालन गरिएको हो । एक दिनको लागि मात्र साचालन गरिएको सो शिविरमा बैरेनी आसपासका कल्लेरी कुम्पुर भुमेस्थान पिडा किरााचोक लगाएत नुवाकोटबाट समेत आएका एक हजार एक सय एकासी जना विरामीले निशुल्क स्वस्थ्य परिक्षण तथा औषधी लिएका नेवि संघ धादिङका अध्यक्ष रविसुदन थापाले जानकारी दिए । शिविरमा स्त्री तथा प्रसुति रोग छाला तथा यौन रोग हाडजोर्नी तथा नशा रोग पेट सम्बन्धि रोग र आखाको उपचार तथा औषधी वितरण गरिएको थियो । उपचारमा डा राजाराम कार्की डा युवानिधी बसौला डा राजेन्द्र श्रेष्ठ डा शिवजंग कुँवर सहभागी थिए ।

Friday, January 23, 2009

लोडसेडिङको मारमा बहिरा विद्यार्थी

रामेश्वर कार्की
धादिङ १० माघ ।
लोडसेडिङको मारमा उद्योग धन्दा कल कारखाना र विद्युतिय उपकरण साचालनमा परेको गम्भिर समस्या संगै विशेष कक्षामा पढ्ने बहिरा विद्यार्थीमा पनि गम्भिर असर पुर् याएको छ । ईसारा र सांकेतिक भाषाको भरमा चलेको उनीहरुको दैनिकीमा लोडसेडिङका कारण गरलाग्दो असर पुगेको सत्यवती उच्च मावि आदमटारका प्रधानाध्यापक लक्ष्मण शर्माले बताए । ०६१ साल देखि बहिरा विशेष कक्षा साचालन गर्दै आएको सो उच्च माध्यमिक विद्यालयमा जिल्लाको नौबिसे थाक्रे जिवनपुर बेनीघाट बैरेनी मैदी र नुवाकोट समेत गरि १० जना बहिरा विद्यर्थी पढ्दै आएका छन् । आवासीय रुपमा साचालन गरिएको विशेष कक्षाका विद्यर्थीमा बत्तिको उज्यालोको सहायताले हातको ईसारामा पढ्ने कुरा बुझ्ने उनीहरुमा साँझ पर्नासाथ पढाई बन्द गर्नु पर्ने बाध्यता रहेको छ । उज्यालो छउन्जेल पढ्छन् उज्यालैमा खाना खान्छन् साँझ पर्नेवित्तिकै सुत्ने गरेको प्रअ शर्मा बताउँछन् । अँध्यारो हुने बित्तिकै आँखा नेखेपछि हातको ईसारा बुझ्दैनन् कान पनि सुन्दैनन् बत्ति नभएकाले समस्या भएको हो । वोल्न र सुन्न नसक्ने भएकै कारण रातको समयमा हिँड्दा ठोक्किने शौचालय जान नसक्ने जस्ता गम्भिर समस्या उत्पन्न भएको पिडित विद्यार्थीहरु बताउँछन् । अनियमित रुपमा हुने गरेको लोडसेडिङका कारण यो समस्या व्यहोर्नु परेको बहिरा बालबालिमकाका शिक्षक कृष्णप्रसाद लुईटेलको भनाई छ । कहिले आउँछ र कहिले जान्छ भन्ने समेत पत्तो नहुँदा थप मर्का परेको लुईटेलले दुखेसो गरे । बिजुलीको जत्तिको उज्यालो टुकी र मैन बत्तीले नदिने हुँदा थप समस्या उब्जिएको छ । मैन बत्ति र मट्टितेलको लागि थप बजेट नभएकाले सिमित उज्यालोमा बस्न बाध्य भएका छन् । साँझ परेपछि पढ्न लेख्न बन्द गरि सुत्ने गरिएकॊ बहिरा शिक्षक लुईटेलले बताए । यस्तै बहिरा विशेष कक्षा साचालन गर्दै आएको ससाहको देउराली माविमा पनि उस्तै समस्या रहेको शिक्षक विष्णु अधिकारीले बत्ाए । सो माविमा ०६३ देखि विशेष कक्षामा विद्यर्थी पढ्दै आएका छन् । लोडसेडिङकै कारण जिल्लाका सम्पुर्ण विद्यालयहरुमा कम्प्युटर कक्षा समेत प्रभावित भएको बताईएको छ ।

Thursday, January 22, 2009

गाउँभरी हात्तीपाईलेका रोगी

रामेश्वर कार्की
धादिङ
धादिङ जिल्ला सल्यानटार गाविसका अधिकांश मानिस हात्तिपाईले रोगबाट पिडित बनेका छन् । बहुसंख्यक आदीबासी जनजाति दरै र कुमालको बसोबास रहेको सो गाउँमा दुईसय पचास भन्दा बढीमा हात्तिपाईलेको प्रभाव हुनसक्ने स्थानीयबासी बताउँछन् । जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तर तर्फ चालिस किलोमिटर टाढा रहेको समथर वस्तिका मानिसहरु धेरै वर्ष अधिदेखी हात्तिपाईलेबाट पिडित बनेका हुन् । खुट्टा सुन्निएर मानिसलाई कुरुप बनाउने हात्तिपाईलेका कारण सल्यानटार गाविसको वडा नम्बर दुई तीन र चार मुख्य रुपमा प्रभावित भएको छ भने गाविसको सबै भुभागमा यसले प्रभाव जमाएको छ । सल्यानटारको अलावा जिल्लाको केवलपुर गाविसको पण्डितपौवामा घरै पिच्छे खुट्टा सुन्निएका मानिस फेला पर्छन् । रोगले पिडित बनेकाहरु वाईसुल बिगि्रएको भनेर धामी झाँकि्रको भरमा रोग पालेर बस्न बाध्य छन् । हात्तिपाईलेको प्रभाव जिवनपुर गोगनपानी र बेनीघाट समेत प्रभावित रहेको बताईएको छ । चेतनाको अभावका कारण गाउँका मानिसले हात्तिपाईले भन्ने गरेपनि पिडित स्वएम्लाई के रोग लागेको हो भन्ने जानकारी रहेनछ । रोग लाग्नुको कारण समेत थाहा नभएका यस क्षेत्रका मानिस रोग लुकाएर बस्छन् तर उपचार गराउँदैनन् । गाउँभरि हात्तिपाईलेको प्रकोप रहेपनि सरकारी स्तरबाट रोग नियन्त्रण गर्न र सचेतना अभियानका काम गरिएको छैन । उपचार नपाई रोग पालेर बसेका उनीहरु वर्षको तीनपटक सुन्निएर आफै निको हुन्छ अघिपछि नदुख्ने नेभएकाले उपचार नगराएको बताउँछन् । लामखुट्टेको टोकाईबाट लाग्ने हात्तिपाईले रोग नियत्रण गर्न सरकारले गत वर्ष औषधि वितरण गर्न सुरु गरेको छ । यस ठाउँमा घरवरिपरि पानी जम्ने खाल्डाखुल्डि र सुँगुरको खोर घरै नजिक बनाइएकाले लामखुट्टेको नियन्त्रण नभएर विकास भईरहेको छ । गाउँभरि हात्तिपाईले लागेका विरामीको जानकारी दिँदै एक महिला स्वयम् सेविका चेतनाका कारण घर वरिपरि सफा नगर्ने र औषधि समेत खान नमान्ने बताउछिन् । लामखुट्टेका टोकाईबाट लाग्ने यो रोग नियन्त्रण गर्न सरकारी स्तरबाट औषधि वितरण कार्यक्रम सुरु गरेपनि भावि पुस्तामा यो रोग लाग्न बाट बचाउन सरसफाई र जनचेतनाका कार्यक्रम एकैसाथ लागु गर्न जरुरी रहेको छ ॥

दुई वर्ष भित्रमा सबै साक्षर

रामेश्वर कार्की
धादिङ ।
अक्षर चिनौं साक्षर बनौं भन्ने मुल नाराका साथ आगामी दुई वर्ष भित्र प्रौढ निक्षरता उन्मुलन गर्ने उद्देश्यले धादिङमा राष्ट्रिय साक्षरता अभियान सुरु गरिएको छ । जिल्लाको नौबिसे गाविस वडा नम्बर पाँच टायलघरमा साचालित केन्द्रको उद्घाटन गर्दै शिक्षा विभागका मध्यमााचल क्षेत्रिय निर्देशक ज्ञानी यादवले आगामी दुईवर्ष भित्रमा सरकारले निरक्षरता उन्मुलन गर्ने नीति अघि सारेर यो कार्यक्रम सुरु गरिएको बताउँदै सरकारको लक्ष्य प्राप्तिमा आफु विश्वस्त रहेको बताए । जिल्लाको पचास वटै गाविसमा रहेका चार सय पचास वडाहरुमा माघ एक गतेबाट एकै साथ कक्षा सुरु गरिएको छ । कार्यक्रमको नारा नै अक्षर चिनौं साक्षर बनौं रहेकाले यो अभियानमा जिल्लाका सबै निरक्षर प्रौढ व्यक्तिहरु सहभागी हुने जिल्ला शिक्षा अधिकारी राज्यलक्ष्मी नकर्मीले बताईन् । माघ एक गतेबाट सुरुहुने साक्षरता कक्षामा प्रत्येक गाविसको वडा स्तरमा कार्यक्रम साचालनका लागि हरेक वडामा सहयोगी कार्यकर्ता र गाविसमा एक जना निरिक्षक समेत नियुक्ती गरि सकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । साक्षरता अभियान अनतर्गत पहिलो चरणको कार्यक्रम वडा गत रुपमा माघ देखि सुरु भई बैशाखमा सम्पन्न गरि बैशाखबाट आवश्यकता र माग अनुसारको कक्षा साचालन गर्न तथ्यांक समेत संकलन गरिने जिल्ला शिक्षा अधिकारी नकर्मीले जानकारी दिईन् । उद्घाटन कार्यक्रममा विद्यालय निरिक्षक स्रोत व्यक्ति गाविस सचिव लगाएतका व्यक्तिहरु सहभागी थिए । उद्घाटनकै अवसरमा टायलघर केन्द्रमा पढ्ने तीस जना सहभागिलाई किताव कापी वितरण गरिएको थियो ।

Wednesday, January 7, 2009

रेडियो धादिङको एक वर्ष पुरा

रामेश्वर कार्की
धादिङ २२ पुस
ग्रमिण साचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो धादिङले औपचारिक प्रशारण थालेको एक वर्ष पुरा भएको छ । आफ्नो प्रशारणको वर्षदिन पुगेको उपलक्ष्यमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित धादिङबेसीमा प्रथम वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सव कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले रेडियो स्थापना गर्न भन्दा साचालन झन चुनौति रहेको बताए । रेडियो साचालनको एक वर्षे अनुभव सुनाउंदै अध्यक्ष पाण्डेले सहकारीको माध्यमबाट साचालित यस्ता रेडियोलाई विभिन्न अप्ठ्यारो संगै आर्थिक संकटले गाँजेको बताए । सोहि अवसरमा सभाषद कल्पना धमलाले रेडियोको एक वर्षे कार्यकालको प्रशंसा गर्दै लोडसेडीङको मारमा परेका ग्रामिण क्षेत्रका रेडियोको सन्दर्भमा आफुले सदनमा कुरा उठाउने बताईन् । स्थानीय रेडियोले स्थानीय गतिविधिलाई प्राथमिकता दिएको चर्चा गर्दै साचार माध्यमलाई कुनैपनि वहानामा आक्रमण गर्नेकाम मुर्खता भएको अर्का सभाषद सावित्रा भुषालले बताईन् ।कार्यक्रममा उज्यालो नेटवर्कका प्रमुख गोपाल गुरागाई एन्टेना फाउण्डेशन नेपालका अध्यक्ष मधु आचार्य लगाएतले रेडियोलाई शभकामना दिएका थिए । खाल्टेको बाहुन बाजाले सु सज्जित कार्यक्रममा बाजामा रमाउँदै अतिथि तथा उपस्थित सबै नाचेका थिए ।

Tuesday, January 6, 2009

घरघरमा शौचालय अभियान

रामेश्वर कार्की
धादिङ २२ पुस
एक घर एक शौचालयको नारा सहित उत्तरी धादिङको सल्यानटार गाविस वडा नम्बर दुई ख्वाँगाउँमा शौचालय निर्माण कार्य सुरु गरिएको छ । आदिवासी जनजाती दरै समुदायको मात्र बसोबास रहेको सो वस्तिमा जिल्ला विकास समितिको आर्थिक सहयोग र प्रयास नेपालको समुदाय परिचालन अभियानबाट शौचालय विहिन सो गाउँका सबै घरमा पक्कि शौचालय निमार्ण गर्न लागिएको हो । जिल्ला विकास समितिको स्थानीय विकास कोष अन्तर्गत एक लाख बाउन्न हजार रुपैयाबाट प्यान सिमेन्ट रड र जस्ता खरिद गरिए पनि बाँकी काम उपभोक्ता स्वएम्ले श्रमदान गरेर निर्माण कार्य तिव्र बनाईकोसामाजिक परिचालक राधिका सापकोटाले बताईन् । गाउँभरि नै शौचालय नभएकाले सल्यानटारमा साचालित गाउँ विकास कार्यक्रममा शौचालय निर्माण गर्न आवश्यक देखेर एक सठ्ठी घरधुरीमा एकै पटक निर्माण कार्य थालिएको सापकोटाले बताईन् । शिक्षा स्वस्थ्य र सरसफाईका नारा रेडियो टेलिभिजन र अन्य माध्यबाट निकै अघिदेखि प्रचार प्रसार भईरहे पनि धादिङ सल्यानटारका दरै कुमाल समुदायमा भने यो नाराले पुर्णता पाएको छैन । बैसठ्ठी घरधुरी रहेको सल्यानटार गाविस वडा नम्बर दुईको दरै वस्तिमा यस अघि एक घरको मात्र शौचालय भएपनि अबका दिनमा सबै घरमा शौचालयको निर्माण कार्य थालिएको छ । शिक्षा र सरसफाईमा निकै पछाडि रहेका दरै समुदायमा शौचालय नहुँदा घर वरिपरि र सुँगुरको खोरमा शौच गर्ने चलन रहेको थियो । तर समयको परिवर्तन संगै जनसंख्या बृद्धि र लाजका कारण आजभोली घरबाट टाढाको जंगलमा जाने गरिएको स्थानीयबासीले बताए । अझै पनि झरी पर्दा र वालवालिकाले सुँगुरको खोरमै दिशा गर्ने गरेको गरेको स्थानीयबासीको भनाई छ । किन पहिले शौचालय नबनाएको भन्ने जिज्ञासामा यस अघि चलनै नभएको स्थानीयबासी बताउँछन् ॥ चेतनाको अभावमा पि_िल्सएको सो वस्तिमा आज भोली सरसफाई र स्वस्थ्य शिक्षा सम्बन्धि छलफल हुन थालेका छन् । समुहमा आवद्ध महिला तथा पुरुषको छुट्टा छुट्टै समुह मासिक बचत कोष खडा गरि बचत गर्न थालेका छन् । गाउँमा हुने भेला र समुहको बैठकमा जाँदा शौचालय नहुँदाको सामाजिक असर र फोहोरका कारण लाग्ने रोगहरु बारे जानकारी पाएपछि शौचालय चाहिने रहेछ भनेर बनाउन सुरु गरिएको शौचालय निर्माण गर्दै गरेकी एक महिलाले बताईन् । नयाँ पत्रिका संग कुराकानी गर्दै उनले समुहमा जाँदा धेरै कुरा सिकेकाले अवका दिनमा आफ्ना बालबालिकालाई फोहरका कारण रोग नलाग्ने र घर वरिपरि सफा सुघर हुने बताईन् । सोहि अभियानमा शौचालय निर्माण सुरु गरेका पन्ध्र घरपरिवारले गोवर ग्याँस सहित जडान गरेर निर्माण सुरु गरेका छन् । चेतनाका कारण पछाडि परेका समुदायलाई जिल्ला विकास समितिको सहयोग र प्रयास नेपालको सचेतना अभियान ठुलै उपलब्धि हुने आशा गरिएको निमित्त स्थानीय विकास अकिारी रमेश अधिकारीले बताए ।

ट्राफिक नियमको पाठ्यक्रम विद्यालयमा

सीताराम अधिकारी
राजमार्ग क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक जनचेतना जगाउने उद्देश्यले स्थानीय तहमा सडक सुरक्षा सम्बन्धी पाठ्क्रम निर्माण गरि आगामी शैक्षिक सत्रदेखि लागु गरिने भएको छ । धादिङको राजमार्ग क्षेत्रका विद्यालयहरुमा ऐच्क्षिक विषयमा बीस पुर्णाङ्कको पाठ्यक्रम निर्माण गरि लगुगर्ने सहमति भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख दुर्गाप्रसाद श्रेष्ठले बताए । यु एम् एन् धादिङको सहयोगमा कोसोक नेपालद्वारा आयोजित सडक सुरक्षा र शिक्षा सम्बन्धी अन्तरकि्रया कार्यक्रममा सहभागि जिल्ला शिक्षा प्रहरी र विद्यालयका प्रतिनिधीहरुबीच राजमार्ग क्षेत्रका विद्यालयमा सडक सुरक्षा सम्बन्धी विषयको पाठ्यक्रम निमार्ण गरि लागु गर्ने सहमति भएको हो । विद्यालयको कोस्रमा भएको सामाजिक अध्यायन विषयवस्तु मध्ये २० प्रतिशत पाठ्यभारको पढाई साचालन र प्रयोगात्मक कामका लागि ट्राफिक जनचेतना दिलाउन समेत विद्यालयका शिक्षक व्यवस्थापन समितिका पदाधिकारीहरु सहमत भएका हुन् । स्थानीय तहमा पाठ्यक्रम निमार्ण गर्न जिल्ला शिक्षा अधिकारी राज्यलक्ष्मी नकर्मीको संयोजकत्वमा ५ सदसिय पाठ्यक्रम विकास समिति र विद्यालय निरिक्षक माधव शर्माको संयोजकत्वमा ५ सदसिय प्राविधिक समिति समेत गठन गरिएको छ । दुवै समितिमा कोसोक नेपाल युएमएनले प्रतिनिधित्व गर्नेछन् । यो समितिले चैत्र महिनाभित्र स्थानीय तहमा पाठ्यक्रम निमार्णका कार्यहरु विद्यालयहरमा गएर गर्ने जिल्ला शिक्षा अधिकारी राज्यलक्ष्मी नकर्मी जानकारी दिईन् ।