Wednesday, July 29, 2009

धादिङमा हजार भन्दा बढी एचआईभी पोजेटिभ, एउटै गाविसमा पचास भन्दा बढी संक्रमित

रामेश्वर कार्की;धादिङ साउन १४
विश्वमा महामारीको रुपमा फैलंदै गरेको एचआईभी;एड्सले धादिङमा दरिलो अड्डा जमाएको छ । धादिङको राजमार्ग क्षेत्रमा हुने यौन व्यापार र कामकालागी भारत गएकाहरुबाट फैलिएको एचआईभी;एडस जिल्लाको पचास गाविसमा एक हजार भन्दा बढीको संख्यामा हुन सक्ने अनुमान गरिएको छ । एचआईभी;एडसको क्षेत्रमा कृयाशिल चन्द्रज्योती एकिकृत ग्रामीण विकास समाज धादिङले जिल्लाको २१ वटा गाविसमा गरेको सर्वेक्षण अनुसार १ सय ५० जना संक्रमित पहिचान गरिएको छ । यि मध्ये ८० जना संक्रमित एचआईभी संक्रमितहरुको संस्था सितल समाजको सम्पर्कमा रहेको चन्द्रज्योतीका कार्यक्रम संयोजक उत्तम पौडेलले जानकारी दिए । धादिङमा एचआईभी पोजेटिभहरुको संख्या दिन प्रति बढ्दै गएपनि यस प्रति ठोस कार्यक्रम अगाडी बढाईएको छैन । पर्याप्त जनचेतनाको अभाव र संक्रमण भएपछि समाजमा नखुल्नुले यसको संख्या दिन दिनै ज्यामिति हिसावमा बढदै गएको हो । महामारीकै गति िलंदै गरेको सो रोग धादिङको सल्यानकोट गाविसमा मात्र तीस जना भेटिएका छन् । सोही स्थानमा विना उपचार यस अघि नै तेह्र जनाको मृत्यु भईसकेको सितल समाजका अध्यक्ष समेत रहेका संक्रमित मनबहादुर नाम परिवर्तनले जानकारी दिए । उनका अनुसार जिल्लाको मार्पाक गाविसमा सत्र जना संक्रमित सम्पर्कमा छन भने उन्नाईस जनाको विना पहिचान मृत्यु भईसकेको छ । मार्पाकमा एकै परिवारका चार जनामा दुई नावालक सहित सबै एचआईभी संक्रमित छन् । निलकण्ठ गाविसमा पच्चिस जना त्रिपुरेश्वरमा पन्ध्र जना सल्यान्टारमा सात जना कुम्पुरमा पन्ध्र जना थाक्रेमा छ जना भुमेस्थानमा आठ जना नौबिसेमा पाँच जना चैनपुरमा बाह्र जना गुम्दीमा नौ जना संक्रमितहरु सितल समाजको सम्पर्कमा रहेमा छन् ।समाजमा अपहेलना हुने र ईज्जतको डरले यसको दोब्बर संख्यामा मानिसहरु अझै सम्पर्कमा आएका छैनन् । समाजले एचआईभी भने पछि छिछि दुरदुर गर्ने भएकाले आफुले चिनेका साथी पनि खुलेर हिँड्न नसकेको अध्यक्ष मनबहादुरले बताए । कामका सिलसिलामा भारत गएर फर्किएका पुरुषहरुले रोग सारेर आएपछि परिक्षण नगरी श्रीमतिको सम्पर्कमा जाने भएकाले अधिकांश श्रीमानले श्रीमतिलाई समेत आफ्नो रोग भिराएका छन् । समाजमा पहिचान नभएका संक्रमितका कारण गाउँमा अन्य मानिसमा समेत एचआईभी फैलन सक्ने चिन्ता धादिङबासीलाई छ । जिल्लाको उत्तरी र दुर्गम भेगका मानिसको आयआर्जनको माध्यम नभएपछि रोजगारीका निम्ति भारत जाने गर्छन् । भारतबाट फर्किएका अधिकांश पुरुषहरुमा एचआईभीको संक्रमण फेला परेपछि सरकारी निकायबाट यस प्रति ध्यानाकर्षण हुन जरुरी रहेको चान्द्रज्योतीका अध्यक्ष गोकर्ण रुपाखेती बताउँछन् । जिल्लाको राजमार्ग क्षेत्रमा देशका विभिन्न जिल्लाबाट मजदुरी गर्न बसेका मानिस र राजमागर्मा आवत जावत गर्ने यातायात कर्मीहरुमा एचआईभी एड्सको जोखिम बढी रहेको छ । राजमार्ग क्षेत्रमा खुल्ला रुपमा देखिने यौन कि्रयाकलापले पनि जोखिम बढी रहेको पुष्टि गरेको छ । राजमार्ग क्षेत्रमा प्रचार प्रसार र जनचेतनाको कामहरु भएपनि यसको खासै प्रभाव देखिएको छैन । एउटै गाविसमा बीस;पचास जना संक्रमित भेिटंदा समेत सरकारी निकाय यसको रोक थाममा सकि्रय देिखंदैन । संक्रमितमा आफुत फसियो फसियो अरुलाई पनि किन छाड्ने भन्ने भावना पलाउँदै जाँदा झन महामारीको रुप लिन सक्छ । यसको निमित्त बेलैमा ध्यान नदिए धादिङे मात्र नभएर राजमार्गमा आवत जावत गर्ने आम नेपालीलाई प्रभाव पार्ने भएकाले यस प्रति संवेदनशिल हुनु जरुरी रहेको छ । संक्रमितहरुको लागि परिक्षण जनचेताना लगाएत औषधी उपचार लगएतका कार्यहरु अगाडी नबढाउने हो भने आम मानिस एचआईभीबाट अछुतो नरहने चन्द्रज्योतीको ठम्मयाई छ ।

No comments: