Tuesday, January 6, 2009

घरघरमा शौचालय अभियान

रामेश्वर कार्की
धादिङ २२ पुस
एक घर एक शौचालयको नारा सहित उत्तरी धादिङको सल्यानटार गाविस वडा नम्बर दुई ख्वाँगाउँमा शौचालय निर्माण कार्य सुरु गरिएको छ । आदिवासी जनजाती दरै समुदायको मात्र बसोबास रहेको सो वस्तिमा जिल्ला विकास समितिको आर्थिक सहयोग र प्रयास नेपालको समुदाय परिचालन अभियानबाट शौचालय विहिन सो गाउँका सबै घरमा पक्कि शौचालय निमार्ण गर्न लागिएको हो । जिल्ला विकास समितिको स्थानीय विकास कोष अन्तर्गत एक लाख बाउन्न हजार रुपैयाबाट प्यान सिमेन्ट रड र जस्ता खरिद गरिए पनि बाँकी काम उपभोक्ता स्वएम्ले श्रमदान गरेर निर्माण कार्य तिव्र बनाईकोसामाजिक परिचालक राधिका सापकोटाले बताईन् । गाउँभरि नै शौचालय नभएकाले सल्यानटारमा साचालित गाउँ विकास कार्यक्रममा शौचालय निर्माण गर्न आवश्यक देखेर एक सठ्ठी घरधुरीमा एकै पटक निर्माण कार्य थालिएको सापकोटाले बताईन् । शिक्षा स्वस्थ्य र सरसफाईका नारा रेडियो टेलिभिजन र अन्य माध्यबाट निकै अघिदेखि प्रचार प्रसार भईरहे पनि धादिङ सल्यानटारका दरै कुमाल समुदायमा भने यो नाराले पुर्णता पाएको छैन । बैसठ्ठी घरधुरी रहेको सल्यानटार गाविस वडा नम्बर दुईको दरै वस्तिमा यस अघि एक घरको मात्र शौचालय भएपनि अबका दिनमा सबै घरमा शौचालयको निर्माण कार्य थालिएको छ । शिक्षा र सरसफाईमा निकै पछाडि रहेका दरै समुदायमा शौचालय नहुँदा घर वरिपरि र सुँगुरको खोरमा शौच गर्ने चलन रहेको थियो । तर समयको परिवर्तन संगै जनसंख्या बृद्धि र लाजका कारण आजभोली घरबाट टाढाको जंगलमा जाने गरिएको स्थानीयबासीले बताए । अझै पनि झरी पर्दा र वालवालिकाले सुँगुरको खोरमै दिशा गर्ने गरेको गरेको स्थानीयबासीको भनाई छ । किन पहिले शौचालय नबनाएको भन्ने जिज्ञासामा यस अघि चलनै नभएको स्थानीयबासी बताउँछन् ॥ चेतनाको अभावमा पि_िल्सएको सो वस्तिमा आज भोली सरसफाई र स्वस्थ्य शिक्षा सम्बन्धि छलफल हुन थालेका छन् । समुहमा आवद्ध महिला तथा पुरुषको छुट्टा छुट्टै समुह मासिक बचत कोष खडा गरि बचत गर्न थालेका छन् । गाउँमा हुने भेला र समुहको बैठकमा जाँदा शौचालय नहुँदाको सामाजिक असर र फोहोरका कारण लाग्ने रोगहरु बारे जानकारी पाएपछि शौचालय चाहिने रहेछ भनेर बनाउन सुरु गरिएको शौचालय निर्माण गर्दै गरेकी एक महिलाले बताईन् । नयाँ पत्रिका संग कुराकानी गर्दै उनले समुहमा जाँदा धेरै कुरा सिकेकाले अवका दिनमा आफ्ना बालबालिकालाई फोहरका कारण रोग नलाग्ने र घर वरिपरि सफा सुघर हुने बताईन् । सोहि अभियानमा शौचालय निर्माण सुरु गरेका पन्ध्र घरपरिवारले गोवर ग्याँस सहित जडान गरेर निर्माण सुरु गरेका छन् । चेतनाका कारण पछाडि परेका समुदायलाई जिल्ला विकास समितिको सहयोग र प्रयास नेपालको सचेतना अभियान ठुलै उपलब्धि हुने आशा गरिएको निमित्त स्थानीय विकास अकिारी रमेश अधिकारीले बताए ।

No comments: