Friday, February 6, 2009

शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो

रामेश्वर कार्की
धादिङ २४ माघ
वर्ड मिनिङ सोध्दा भन्न नसकेका कारण शिक्षकलॆ कुटेर एक विद्यार्थीको हात भाँचिएको छ । अन्य पाँच जना घाईते भएका छन् । जिल्लाको मैदी गाविस-२ स्थित सहिद जगतप्रकाशजंग प्राविका शिक्षक अशोक सेढाईले कक्षा चारमा पढ्ने विद्यार्थीलाई वर्ड मिनिङ सोध्दा उत्तर दिन नसकेपछि कारवाही गर्ने क्रममा आठ वर्षिय अस्मिता भट्टको दायाँ हात भाँचिएको छ भने अन्य पाँच विद्यार्थी घाईते भएको अस्मिताका बाबु गिरिराज भट्टले जानकारी दिए । निजीश्रोतमा रहेका शिक्षक अशोक सेढाईले गत माघ २० गते कुटपिट गरे पनि उपचारका क्रममा धादिङबेसी आएपछि मात्र सो घटना संचारकमीलाई जानकारी गराईएको हो । कक्षा ३ मा अध्ययनरत ८ वर्षीया अस्मिता भट्टको हात कुटाइबाट भाँचिएको हो । औँला र हर्थुङ्गो फूटेकोले जिल्ला अस्पताल धादिङमा शुक्रबार उपचार गरिएको पीडितका पिता गीरिराज भट्टले जानकारी दिए । उनिसंगै कुटपिटमा परेका अस्विन भट्ट अप्सरा भट्ट सरला भट्ट सिजन भट्ट र सिसिर अधिकारी पनि घाइते भएका छन् । उनिहरु भने उपचारका लागि अस्पताल गएका छैनन् । विद्यालयमा वर्डमिनिङ शब्दको अर्थ सोध्दा नजानेको भन्दै शिक्षक सेढाइँले कुटपिट गरेको अस्मिताले बताइृन् । शिक्षाकको पिटाइबाट घाइते भएका अन्य बालबालिकाहरु विद्यालय अझैसम्म नगएको पीडितहरुले बताएकाछन् ।

No comments: