Friday, January 23, 2009

लोडसेडिङको मारमा बहिरा विद्यार्थी

रामेश्वर कार्की
धादिङ १० माघ ।
लोडसेडिङको मारमा उद्योग धन्दा कल कारखाना र विद्युतिय उपकरण साचालनमा परेको गम्भिर समस्या संगै विशेष कक्षामा पढ्ने बहिरा विद्यार्थीमा पनि गम्भिर असर पुर् याएको छ । ईसारा र सांकेतिक भाषाको भरमा चलेको उनीहरुको दैनिकीमा लोडसेडिङका कारण गरलाग्दो असर पुगेको सत्यवती उच्च मावि आदमटारका प्रधानाध्यापक लक्ष्मण शर्माले बताए । ०६१ साल देखि बहिरा विशेष कक्षा साचालन गर्दै आएको सो उच्च माध्यमिक विद्यालयमा जिल्लाको नौबिसे थाक्रे जिवनपुर बेनीघाट बैरेनी मैदी र नुवाकोट समेत गरि १० जना बहिरा विद्यर्थी पढ्दै आएका छन् । आवासीय रुपमा साचालन गरिएको विशेष कक्षाका विद्यर्थीमा बत्तिको उज्यालोको सहायताले हातको ईसारामा पढ्ने कुरा बुझ्ने उनीहरुमा साँझ पर्नासाथ पढाई बन्द गर्नु पर्ने बाध्यता रहेको छ । उज्यालो छउन्जेल पढ्छन् उज्यालैमा खाना खान्छन् साँझ पर्नेवित्तिकै सुत्ने गरेको प्रअ शर्मा बताउँछन् । अँध्यारो हुने बित्तिकै आँखा नेखेपछि हातको ईसारा बुझ्दैनन् कान पनि सुन्दैनन् बत्ति नभएकाले समस्या भएको हो । वोल्न र सुन्न नसक्ने भएकै कारण रातको समयमा हिँड्दा ठोक्किने शौचालय जान नसक्ने जस्ता गम्भिर समस्या उत्पन्न भएको पिडित विद्यार्थीहरु बताउँछन् । अनियमित रुपमा हुने गरेको लोडसेडिङका कारण यो समस्या व्यहोर्नु परेको बहिरा बालबालिमकाका शिक्षक कृष्णप्रसाद लुईटेलको भनाई छ । कहिले आउँछ र कहिले जान्छ भन्ने समेत पत्तो नहुँदा थप मर्का परेको लुईटेलले दुखेसो गरे । बिजुलीको जत्तिको उज्यालो टुकी र मैन बत्तीले नदिने हुँदा थप समस्या उब्जिएको छ । मैन बत्ति र मट्टितेलको लागि थप बजेट नभएकाले सिमित उज्यालोमा बस्न बाध्य भएका छन् । साँझ परेपछि पढ्न लेख्न बन्द गरि सुत्ने गरिएकॊ बहिरा शिक्षक लुईटेलले बताए । यस्तै बहिरा विशेष कक्षा साचालन गर्दै आएको ससाहको देउराली माविमा पनि उस्तै समस्या रहेको शिक्षक विष्णु अधिकारीले बत्ाए । सो माविमा ०६३ देखि विशेष कक्षामा विद्यर्थी पढ्दै आएका छन् । लोडसेडिङकै कारण जिल्लाका सम्पुर्ण विद्यालयहरुमा कम्प्युटर कक्षा समेत प्रभावित भएको बताईएको छ ।

No comments: