Thursday, January 22, 2009

दुई वर्ष भित्रमा सबै साक्षर

रामेश्वर कार्की
धादिङ ।
अक्षर चिनौं साक्षर बनौं भन्ने मुल नाराका साथ आगामी दुई वर्ष भित्र प्रौढ निक्षरता उन्मुलन गर्ने उद्देश्यले धादिङमा राष्ट्रिय साक्षरता अभियान सुरु गरिएको छ । जिल्लाको नौबिसे गाविस वडा नम्बर पाँच टायलघरमा साचालित केन्द्रको उद्घाटन गर्दै शिक्षा विभागका मध्यमााचल क्षेत्रिय निर्देशक ज्ञानी यादवले आगामी दुईवर्ष भित्रमा सरकारले निरक्षरता उन्मुलन गर्ने नीति अघि सारेर यो कार्यक्रम सुरु गरिएको बताउँदै सरकारको लक्ष्य प्राप्तिमा आफु विश्वस्त रहेको बताए । जिल्लाको पचास वटै गाविसमा रहेका चार सय पचास वडाहरुमा माघ एक गतेबाट एकै साथ कक्षा सुरु गरिएको छ । कार्यक्रमको नारा नै अक्षर चिनौं साक्षर बनौं रहेकाले यो अभियानमा जिल्लाका सबै निरक्षर प्रौढ व्यक्तिहरु सहभागी हुने जिल्ला शिक्षा अधिकारी राज्यलक्ष्मी नकर्मीले बताईन् । माघ एक गतेबाट सुरुहुने साक्षरता कक्षामा प्रत्येक गाविसको वडा स्तरमा कार्यक्रम साचालनका लागि हरेक वडामा सहयोगी कार्यकर्ता र गाविसमा एक जना निरिक्षक समेत नियुक्ती गरि सकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । साक्षरता अभियान अनतर्गत पहिलो चरणको कार्यक्रम वडा गत रुपमा माघ देखि सुरु भई बैशाखमा सम्पन्न गरि बैशाखबाट आवश्यकता र माग अनुसारको कक्षा साचालन गर्न तथ्यांक समेत संकलन गरिने जिल्ला शिक्षा अधिकारी नकर्मीले जानकारी दिईन् । उद्घाटन कार्यक्रममा विद्यालय निरिक्षक स्रोत व्यक्ति गाविस सचिव लगाएतका व्यक्तिहरु सहभागी थिए । उद्घाटनकै अवसरमा टायलघर केन्द्रमा पढ्ने तीस जना सहभागिलाई किताव कापी वितरण गरिएको थियो ।

No comments: