Tuesday, January 6, 2009

ट्राफिक नियमको पाठ्यक्रम विद्यालयमा

सीताराम अधिकारी
राजमार्ग क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक जनचेतना जगाउने उद्देश्यले स्थानीय तहमा सडक सुरक्षा सम्बन्धी पाठ्क्रम निर्माण गरि आगामी शैक्षिक सत्रदेखि लागु गरिने भएको छ । धादिङको राजमार्ग क्षेत्रका विद्यालयहरुमा ऐच्क्षिक विषयमा बीस पुर्णाङ्कको पाठ्यक्रम निर्माण गरि लगुगर्ने सहमति भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख दुर्गाप्रसाद श्रेष्ठले बताए । यु एम् एन् धादिङको सहयोगमा कोसोक नेपालद्वारा आयोजित सडक सुरक्षा र शिक्षा सम्बन्धी अन्तरकि्रया कार्यक्रममा सहभागि जिल्ला शिक्षा प्रहरी र विद्यालयका प्रतिनिधीहरुबीच राजमार्ग क्षेत्रका विद्यालयमा सडक सुरक्षा सम्बन्धी विषयको पाठ्यक्रम निमार्ण गरि लागु गर्ने सहमति भएको हो । विद्यालयको कोस्रमा भएको सामाजिक अध्यायन विषयवस्तु मध्ये २० प्रतिशत पाठ्यभारको पढाई साचालन र प्रयोगात्मक कामका लागि ट्राफिक जनचेतना दिलाउन समेत विद्यालयका शिक्षक व्यवस्थापन समितिका पदाधिकारीहरु सहमत भएका हुन् । स्थानीय तहमा पाठ्यक्रम निमार्ण गर्न जिल्ला शिक्षा अधिकारी राज्यलक्ष्मी नकर्मीको संयोजकत्वमा ५ सदसिय पाठ्यक्रम विकास समिति र विद्यालय निरिक्षक माधव शर्माको संयोजकत्वमा ५ सदसिय प्राविधिक समिति समेत गठन गरिएको छ । दुवै समितिमा कोसोक नेपाल युएमएनले प्रतिनिधित्व गर्नेछन् । यो समितिले चैत्र महिनाभित्र स्थानीय तहमा पाठ्यक्रम निमार्णका कार्यहरु विद्यालयहरमा गएर गर्ने जिल्ला शिक्षा अधिकारी राज्यलक्ष्मी नकर्मी जानकारी दिईन् ।

No comments: