Wednesday, January 7, 2009

रेडियो धादिङको एक वर्ष पुरा

रामेश्वर कार्की
धादिङ २२ पुस
ग्रमिण साचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो धादिङले औपचारिक प्रशारण थालेको एक वर्ष पुरा भएको छ । आफ्नो प्रशारणको वर्षदिन पुगेको उपलक्ष्यमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित धादिङबेसीमा प्रथम वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सव कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले रेडियो स्थापना गर्न भन्दा साचालन झन चुनौति रहेको बताए । रेडियो साचालनको एक वर्षे अनुभव सुनाउंदै अध्यक्ष पाण्डेले सहकारीको माध्यमबाट साचालित यस्ता रेडियोलाई विभिन्न अप्ठ्यारो संगै आर्थिक संकटले गाँजेको बताए । सोहि अवसरमा सभाषद कल्पना धमलाले रेडियोको एक वर्षे कार्यकालको प्रशंसा गर्दै लोडसेडीङको मारमा परेका ग्रामिण क्षेत्रका रेडियोको सन्दर्भमा आफुले सदनमा कुरा उठाउने बताईन् । स्थानीय रेडियोले स्थानीय गतिविधिलाई प्राथमिकता दिएको चर्चा गर्दै साचार माध्यमलाई कुनैपनि वहानामा आक्रमण गर्नेकाम मुर्खता भएको अर्का सभाषद सावित्रा भुषालले बताईन् ।कार्यक्रममा उज्यालो नेटवर्कका प्रमुख गोपाल गुरागाई एन्टेना फाउण्डेशन नेपालका अध्यक्ष मधु आचार्य लगाएतले रेडियोलाई शभकामना दिएका थिए । खाल्टेको बाहुन बाजाले सु सज्जित कार्यक्रममा बाजामा रमाउँदै अतिथि तथा उपस्थित सबै नाचेका थिए ।

1 comment:

Niraj sharma said...

la badhai chh aradio dhading lai yesai gari aagadi baddai janu mero subhakamana chha.

neeraj sharma