Saturday, March 28, 2009

पुस्तकालयमा पुस्तक अभाव

रामेश्वर कार्की

धादिङ १४ चैत


जिल्ला शिक्षा कार्यालयको सहयोगमा स्थापित धादिङको अति दुर्गम बस्ति लापा गाविसको वडा नम्बर एकमा लापा कुकु सामुदायिक अध्ययन केन्द्रमा पुस्तकको अभाव रहेको छ । यसै वर्ष स्थापना गरिएको सो अध्ययन केन्द्रमा परिचर र भवन व्यवस्थापनका निमित्त शिक्षा कार्यालयले पचास हजार रुपियाँ सहयोग गरेपनि पुस्तक भने छैन । अध्ययन केन्द्रका पुस्तक नभएपछि सोहिक स्थानमा कि्रयाशिल नमस्ते युवा क्लव र युएमएनको सहयोगमा दुई सय पचहत्तरवटा विभिन्न पुस्तक किनिएको पुस्तकालय व्यवस्थापन समितिका दिनेश तामाङले बताए । जिल्ला सदरमुकाम धादिङबेसीबाट तीन दिनको पैदल दुरीमा रहेको सो अध्ययन केन्द्र लापा गाविसको वडा नम्बर १३६र ७ को बीचमा पर्छ । शिक्षा कार्यालयले परिचर तथा भवन व्यवस्थापनको लागि भनेर पचास हजार रुपियाँ नगद सहयोग गरेपनि पुस्तक उपलब्ध नगराएको पुस्तकालय व्यवस्थापन समितिले जानकारी दियो । नजिकै पुस्तकालय तथा पत्र पत्रिका पसल नभएकाले गाउँका युवाहरुले पुस्तक पढ्ने रहर गर्दा पनि पुस्तक नभएपछि समस्या भएको अध्ययन केन्द्रका संस्थापक अध्यक्ष रामबहादुर तामाङले बताए ।

No comments: