Tuesday, February 3, 2009

माओवादी मोटाउने नाममा सुन्निएको मात्र हो त्रिपाठी

रामेश्वर कार्की
धादिङ २० माघ
नेकपा एमाले धादिङका नेता एवं महाधिवेशन प्रतिनिधी भुमी त्रिपाठीले एकिकृत नेकपा माओवादी मोटाएको होईन मोटाउने नाममा सुन्निएको मात्र बताएका छन् । धादिङ जिल्लाको तसर्पु गाविसमा सोमबार युथफोस्र गाउँकमिटी गठन गर्ने कार्यक्रममा त्रिपाठीले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै नेता त्रिपाठीले द्वन्दलाई रुपान्तरण गर्नका निमित्त एमालेले चुनावका वेला आफुहरुमाथी जतिसुकै आक्रमण र ज्यादती गरे पनि सहेर त्यसको सामना गरेको बताउँदै अवका दिनमा त्यस खालको गतिविधि माओवादीको वाईसिएलले जारी राखे युथ फोस्रले ठेगान लगाउने बताएका छन् । एमालेले निर्वाचनका वेला चुनाव प्रचार समेत गर्न नसकेको तसर्पु गाविसमा राजु थापामगरको संयोजकत्वमा दुई सय आठ सदसिय युथफोस्र कमिटी गठन गरेको छ । कमिटीमा आवद्ध अधिकांश वाईसिएल र नेपाली काँग्रेसबाट पार्टी परित्याग गरेर आएका कार्यक्रममा जानकारी गराईएयो । युथफोस्र प्रवेश गरि कमिटीमा आवद्ध युवाहरुलाई टिका र युथफोस्रको फेटा लगाएर प्ररायु संघका केन्द्रिय सदस्य शिवराज कंडेलले स्वागत गरेका थिए ।

No comments: