Tuesday, February 3, 2009

प्रमुख अतिथि विवादले गाउँ परिषद स्थगित

रामेश्वर कार्की
धादिङ २१ माघ
प्रमुख अतिथी विवादका कारण धादिङको बैरेनी गाविसको गाउँ परिषद सोमबार स्थगित भएको छ । राजनीतिक सहमति बेगर सभाषद शालिकराम जमरकट्टेललाई प्रमुख अतिथिको रुपमा पत्राचार गरेपछि विवाद भएको परिषदमा सहभागीले बताएका छन् । गत माघ ९ गते दलका नेता ल्याउने विषयमा विवाद भएपछि स्थगित भएपछि १२ गते बसेको सर्वदलिय बैठकले स्थानीय विकास अधिकारीलाई प्रमुख अतिथिको निमन्त्रणा दिने सहमति सहित माईन्युटमा निर्णय गरिएको गाविसका पुर्व अध्यक्ष कृष्णहरी श्रेष्ठले जानकारी दिए । सहमति बेगर गाविस सचिवलाई दवाव दिएर पत्राचार गरेकाले परिषद बहिष्कार गरिएको नेपाली काँगे्रस समर्थित एक सहभागीले बताए । माओवादी बाहेकका दलहरु नेपाली काँगे्रस एमाले राप्रपा लगाएतका राजनीतिक दलले राजनीतिक सहमति बेगर दलका केन्द्रिय नेता ल्याएर परिष नगर्ने भनिएपछि जब सो निर्णय लागु हुन्छ तब मात्र परिषद हुन्छ भन्दै परिषदमा सहभागिता नजनाए पछि परिषद स्थगित भएको पूर्व अध्यक्ष श्रेष्ठले बताए ।

1 comment:

सुरज थापा said...

त्यो शालिकराम भन्ने मान्छे वास्तवमा नै ठीकछैन त्यो हत्यारा हो तेसैले तेस्लाई आउन नदेर राम्रो काम गरेछन है ।