Tuesday, March 24, 2009

वर्षे पानी संकलन र थोपा िसंचाइ प्रणाली सम्बन्धी कार्यशाला

रामेश्वर कार्की
धादिङ
नेपालका िसंचाइ नहुने जमिनमा वर्षे पानी संकलन गरि थोपा िसंचाइ प्रणाली कसरी लागु गर्न सकिन्छ भन्ने विषयमा छलफल कार्यशाला धादिङको सदरमुकाम धादिङबेसीमा सुरु भएको छ । इज्राइली राजदुतावासको सहयोगमा साचालित सो कार्यशालाको उद्घाटन गर्दै राजदुत दान स्ताभले कृषि उत्पादनको लागि प्रविधीलाई सहि उपयोग गरे उत्पादन राम्रो लिन सकिने बताउनु भयो । प्रविधि र मेहनतका कारण इज्राइलले मरुभुमीमा समेत थोपा िसंचाइ गरेर राम्रो उत्पादन लिएको जानकारी िदंदै यसका निमित्त नेपाल उपयुक्त भएको कुरा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य गंगालाल तुलाधरले नेपाल नदी नालामा धनी भएता पनि सबै भुमीमा िसंचाइ गर्न नसकेकाले पछाडी परेको कुरा उल्लेख गर्दै नेपालका लागि थोपा िसंचाइ प्रविधि राम्रो हुने बताउनु भयो । गोष्ठिमा न्यायिक संसारका निर्देशक मिखा प्रमुख जिल्ला अधिकारी उद्दवबहादुर थापा लगाएत राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । इज्राइलि संस्था न्यायिक संसार सामाजिक रुपान्तरण नेपाल र सिर्डस धादिङले संयुक्त रुपमा आयोजना गरेको सो कार्यशाला चार दिन सम्म चल्नेछ । विभिन्न जिल्लाका बाईस वटा गैर सरकारी संस्थाका प्रतिनिधीहरुको सहभगिता रहेको सो कार्यशालामा इज्राइली सहजकर्ता जोन र दुवीले सहजीकरण गर्नेछन् ।

No comments: