Friday, February 6, 2009

अन्तरजातीय विवाह गर्ने घर निकालिए

रामेश्वर कार्की
धादिङ २४ माघ
अन्तरजातिय विवाह गरेकै कारण धादिङको महादेवस्थान र फूलखर्क गाविसका दुई जोडी घर निकालिएका छन् । गाउँमा बस्न नदिएका कारण विवाहित जोडि न्याय माग्न बिहिबार जिल्ला सदरमुकाम धादिङबेसी आइपुगेका छन् । महादेवस्थान गाविस - ५ घिर्लिङकी शान्ति बिक र मकवानपुर जिल्ला कालीटार गाविस -१ का राजाराम कार्की बीच तीन महिना अघि अन्ँतरजातीय विवाह भएको थियो . विवाह गरेका कारण घर निकालिएपछि गाउँमा बस्न नपाएर बिहिबार प्रमुख जिल्ला अधिकारीलाई न्याय दिलाइदिन माग गरेका छन् । उनिहरुले मानवअधिकारकर्मी र संचारकर्मीलाई भेटी आफूहरुलाई न्याय दिलाउन र गाउँ निकाला गर्नेहरुलाई कारबाही गर्न माग गरेका छन् । उनीहरुले विद्यालयमा समेत पढ्न नपाएपछि सदरमुकाम धादिङबेसी आएको बताए । यसै गरि फूलखर्क गाविस - २ का अर्जुन विश्वकर्माले सोही गाविस - ३ का रिता भट्टराईसंग अन्तरजातिय विवाह गरेका कारण गाउँ निकाला गरिएपछि मजदुरी गर्दै सदरमुकाममा बस्न बाध्य भएका छन् । प्रधानमन्त्रिले दलितमाथीको भेदभाव हटाउने घोषण गरे लगत्तै दलित भएकै कारण गाउँ निकालिजएपछि पीडितहरु न्याय खोज्न सदरमुकाम आएका हुन् ।

No comments: