Wednesday, January 28, 2009

सामुदायिक बनमा सेनालॆ कब्जा जमायो

सीताराम अधिकारी
धादिङ १० माघ
धादिङ जिल्ला बैरेनी गाविस-८ मा रहेको बालकुमारी सामुदायिक वन सेनाले कब्जा गरेको छ । समुदायले संरक्षण गर्दै आएको बनमा सेनाले अतिक्रमण गरेपछि स्थानीय उपभोक्ताहरु मर्कामा परेका छन् । समुदायको जिम्मामा रहेकेा सामुदायिक वन नेपाली सेनाले अतिक्रमण गरेपछि पटक पटक माग गर्दा पनि नछाडेको स्थानीय उपभोक्ताले संचार कर्मी र मानवअधिकारकर्मी जानकारी दिए । उपभोक्ताहरुले आफ्नो अधिकार खासिएकाले अधिकार स्थापित गराउन सबै पक्ष संग माग गरेका छन् । बैरेनी गाविस-८ मा रहेकेा २७ दशमलब ७५ हेक्टर क्षेत्रफलमा फैलिएको बालकुमारी सामुदायिक वन २०५५ सालदेखि अधिग्रहण गरी सैनिक तालिम इलाकाका रुपमा श्री नम्वर ६ बाहिनी अड्डा बैरेनीले उपभोग गरिरहेकेा वन उपभोक्ता समुहले जनाएको छ । स्थानीय एकसय ७५ घरधुरीका उपभोक्ताले सदियौदेखि संरक्षण गरी भोग चलन गर्दै आएको सामुदायिक वन ०६३ सालमा जिल्ला वन कार्यालय धादिङले समुदायलाई हस्तान्तरण गरी जिम्मा लगाएको समुहका अध्यक्ष चन्द्रप्रसाद खतिवडाले बताए । तर ०५५ कार्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी सरकारले वन अधिग्रहणको अधिकार आंफुहरुलाई दिएको श्री नम्वर ६ बाहिनी अड्डा बैरेनीले दावि गरेको छ । यस सम्बन्धमा उपभोक्तालाई थाहा नभएको जनाएको छ । समुदायलाई हस्तान्तरण गर्नुभन्दा पहिलेनै वन अधिग्रहण गरी सैनिक तालिम इलाका साचालनको अनुमति सरकारले सेनालाई दिएको भन्ँदै बाहिनी अड्डाले वन छाड्न इन्कार गरेपछि स्थानीयबासीले बन छाडिदिन अनुरोध गर्दै आएका छन् । सेनाले सामुदायिक वनमा चलन भोग गर्न नदिएको भन्दै उपभोक्ता समुहले जिल्लामा कृयाशिल राजनैतिक दल जिल्ला प्रशासन कार्यालय जिल्ला वन कार्यालय सामुदायिक वन उपभोक्ता महासंघ लगायतका निकायलाई लिखित पत्र पठाई बन क्षेत्र उपभोग अधिकार दिलाईदिन सामुहिक आग्रह गरेका छन् । यस सम्बन्धमा धादिङका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले उपभोक्ता समुहको पत्र प्राप्त भएकाले त्यस बारेमा सम्बन्धित पक्षसँग परामर्श गरी समस्या समाधानको लागि पहल गरिने बताए । स्थानीयवासीको घांस दाउरा र अन्य कामका लागि प्रयोग हुने गरेको सामुदायिक वनमा सेनाले तालिम केन्द्र संचालन गरेपछि स्थानीयवासी वन क्षेत्रमा प्रवेश गर्न नपाएका मात्रै होइन गांउमा लैजान लागिएको सडक खन्नवाट समेत विाचत भएका छन् । सेनाले वन क्षेत्र नछाडे संघर्षमा उत्रने उपभोक्ताले चेतावनी दिएका छन् ।

No comments: