Sunday, March 29, 2009

एमाले सरकारमा विष पिएर बस्न बाध्य पाण्डे


रामेश्वर का्र्की
धादिङ १६ चैत

स्थानीय विकास मन्त्री रामचन्द्र झाले माओवादीको व्यवहारका कारण एमाले सरकारबाट हट्न सक्ने बताएका छन् । सरकारमा संगै बसेर बारम्बार आफ्ना कार्यकर्ताको हत्या गर्ने संग मिलेर बस्न नसकिने बताउँदै मन्त्री झाले बुटवलमा मारिएका युथफोस्र कार्यकर्ता प्रचण्ड थैवको हत्यारालाई कार्वाहि नभए सम्म क्याविनेट बैठक वहिस्कार गर्ने पार्टीको निर्णयअनुसार आफुहरु चल्ने बताए । मन्त्री झाले आईतवार धादिङको थाक्रे गाविस वडा नम्बर चार खनायोखर्कमा स्थानीय उपभोक्ताको मात्र लगानीमा निर्माण गरिएको सातकिला लुईकेलडाँडा सडक उद्घाटनका क्रममा यस्तो कुरा बताएका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै पुर्व स्थानीय विकास मन्त्री एवं एमाले केन्द्रिय सदस्य राजेन्द्रप्रसाद पाण्डेले एमाले यतिवेला विष पिएर पनि सरकारमा बस्न बाध्य भएको बताएका छन् । सरकारको नेत्रित्व गरेको प्रधानमन्त्रीको पार्टीले उपप्रधानमन्त्रीको पार्टीका कार्यकर्ताको श्रृङ्खला बद्ध हत्या भईरहँदा पनि शान्ति प्रकि्रया निष्कर्षमा पुर् याउनका निम्ति सरकारमा बस्नुपरेको नेता पाण्डेले बताए । नेता पाण्डेले उनीहरुले जे गर्छन् त्यो गर्न हामीलाई सुहाउँदैन भन्दै सहेर बस्दा संधै पेलिएको उनको तर्क थियो ।

कार्यक्रममा सहभागी राप्रपाका केन्द्रिय सदस्य ठाकुरप्रसाद शर्माले अहिले देशमा सरकारले जनतालाई सुरक्षा दिन नसकेको बताउँदै सरकारमा सहभागी पार्टीकै कार्यकर्ता त सुरक्षित छैनन् भने हामी कसरी सुरक्षित रहन सक्छौं उनले भने ।

सरकारी तथा गैर सरकारी संस्थाको विना सहयोगमा स्थानीय उपभोक्ताको मात्र साँढे छ लाखको लगानीमा निर्माण सम्पन्न साँढे चार किलोमिटर सडकमा मन्त्रीको गाडी अगाडी लगाएर उद्घाटन गरिएको थियो । सडक निर्माणका क्रममा उपभोक्ता संग साँढे तीन लाख रुपैया उठेपनि बाँकी तीनलाख उपभोक्ता समितिले ऋण बाकेर सडक निर्माण गरिएको कार्यक्रममा जानकारी गराईयो ।

No comments: