Thursday, January 22, 2009

गाउँभरी हात्तीपाईलेका रोगी

रामेश्वर कार्की
धादिङ
धादिङ जिल्ला सल्यानटार गाविसका अधिकांश मानिस हात्तिपाईले रोगबाट पिडित बनेका छन् । बहुसंख्यक आदीबासी जनजाति दरै र कुमालको बसोबास रहेको सो गाउँमा दुईसय पचास भन्दा बढीमा हात्तिपाईलेको प्रभाव हुनसक्ने स्थानीयबासी बताउँछन् । जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तर तर्फ चालिस किलोमिटर टाढा रहेको समथर वस्तिका मानिसहरु धेरै वर्ष अधिदेखी हात्तिपाईलेबाट पिडित बनेका हुन् । खुट्टा सुन्निएर मानिसलाई कुरुप बनाउने हात्तिपाईलेका कारण सल्यानटार गाविसको वडा नम्बर दुई तीन र चार मुख्य रुपमा प्रभावित भएको छ भने गाविसको सबै भुभागमा यसले प्रभाव जमाएको छ । सल्यानटारको अलावा जिल्लाको केवलपुर गाविसको पण्डितपौवामा घरै पिच्छे खुट्टा सुन्निएका मानिस फेला पर्छन् । रोगले पिडित बनेकाहरु वाईसुल बिगि्रएको भनेर धामी झाँकि्रको भरमा रोग पालेर बस्न बाध्य छन् । हात्तिपाईलेको प्रभाव जिवनपुर गोगनपानी र बेनीघाट समेत प्रभावित रहेको बताईएको छ । चेतनाको अभावका कारण गाउँका मानिसले हात्तिपाईले भन्ने गरेपनि पिडित स्वएम्लाई के रोग लागेको हो भन्ने जानकारी रहेनछ । रोग लाग्नुको कारण समेत थाहा नभएका यस क्षेत्रका मानिस रोग लुकाएर बस्छन् तर उपचार गराउँदैनन् । गाउँभरि हात्तिपाईलेको प्रकोप रहेपनि सरकारी स्तरबाट रोग नियन्त्रण गर्न र सचेतना अभियानका काम गरिएको छैन । उपचार नपाई रोग पालेर बसेका उनीहरु वर्षको तीनपटक सुन्निएर आफै निको हुन्छ अघिपछि नदुख्ने नेभएकाले उपचार नगराएको बताउँछन् । लामखुट्टेको टोकाईबाट लाग्ने हात्तिपाईले रोग नियत्रण गर्न सरकारले गत वर्ष औषधि वितरण गर्न सुरु गरेको छ । यस ठाउँमा घरवरिपरि पानी जम्ने खाल्डाखुल्डि र सुँगुरको खोर घरै नजिक बनाइएकाले लामखुट्टेको नियन्त्रण नभएर विकास भईरहेको छ । गाउँभरि हात्तिपाईले लागेका विरामीको जानकारी दिँदै एक महिला स्वयम् सेविका चेतनाका कारण घर वरिपरि सफा नगर्ने र औषधि समेत खान नमान्ने बताउछिन् । लामखुट्टेका टोकाईबाट लाग्ने यो रोग नियन्त्रण गर्न सरकारी स्तरबाट औषधि वितरण कार्यक्रम सुरु गरेपनि भावि पुस्तामा यो रोग लाग्न बाट बचाउन सरसफाई र जनचेतनाका कार्यक्रम एकैसाथ लागु गर्न जरुरी रहेको छ ॥

No comments: