Friday, March 18, 2011

पाँच महिला सम्मानित

सीताराम अधिकारी 
धादिङ । चैत ४ गते
महिला अधिकारको लागि योगदान गरेको भन्दै धादिङ एक्सपोजर मिडिया हाउस प्रा।लि।ले पाँच जना महिलालाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा पार्वति खाँण राइ तेजकुमारी तिवारी सीता अधिकारी कल्पना अधिकारी र उर्मिला थपलिया रहेका छन् । सम्मानित व्यक्तित्वाहरुलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
पार्वती खाँण राइले सहकारीको माध्यामबाट तेजकुमारी तिवारीले अपाङ्गता भएर सीता अधिकारीले संचारकर्मीको रुपमा कल्पना अधिकारी संघर्ष गरेर व्यवसायमा सफलता पाएको र उर्मिला थपलियाले साहित्याको माध्यामबाट देशलाई योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो ।

No comments: