Friday, March 18, 2011

वित्तिय सेवा लिन साना किसानलाई झण्झट

सीताराम अधिकारी
धादिङ । चैत ४ गते
साना किसानहरुलाई वित्तिय सेवा लिन कठिन पर्ने गरेको जिल्लामा आयोजित एक अन्तरकि्रया कार्यक्रममा सहभागिहरुले गुनासो गरेका छन् । साना किसानहरुले बैँकहरुबाट सेवा लिन जाँदा समस्या पर्ने गरेकोले बैँकको सेवा साना किसानहरुले लिन नसकेको किसानहरुले बताएका छन् ।
बैँक वा वित्तिय संस्थाहरुमा पटक पटक धाउनुपर्ने निवेदन तथा कागजपत्र अंग्रेजीमा हुने महंगो व्यजदर किसानले गर्ने कामको लागि ऋण नै नदिने गाउँसम्म बचत संकलन गर्न नजाने लगानी गरेको कामबाट आम्दानी गर्न नै सुरु नगरि किस्ता तिर्नुपर्ने धितो किम्ती हुनुपर्ने र गाइबस्तुको धितो स्वीकार नगर्ने हुँदा साना किसानहरुलाई झाझट हुने गरेको गुनासो गरेका हुन् ।
साना किसानहरुको बजारमा पहुँच कार्यक्रम र उद्योग वाणिज्य संघको आयोजनामा सदरमुकाममा वित्तिय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुसंग गरिएको अन्तरकि्रयामा सहभागि वित्तिय संस्थाका प्रतिनिधिहरुले राष्ट्रबैकको निति माथिल्लो निकायको आदेशले भएको झण्झट सुधार्न नसक्ने भएपनि मानविय गल्तीले भएका गल्तीहरु सुधार्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

No comments: