Friday, March 18, 2011

मकैको बिउमा जिल्ला आत्म निर्भर बन्ने

सीताराम अधिकारी 
धादिङ । चैत ४ गते
मकैको विउको अभाव झेलिरहेका धादिङका किसानहरुले आफैँले मकैको बिउ उत्पादन गरि दुई वर्ष भित्र आत्म निर्भर हुने भएको छ ।
जिल्ला कृषि विकास कार्यालय धादिङले बिज बृद्धि कार्यक्रम अन्तरगत मकैको बिउ किसानहरुलाई वितरण गर्दै बिउबाट जिल्लालाई आत्मनिर्भर बनाइने अभियान थालिएको जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालयले नीलकण्ठ सुनौलाबजार गुम्दी त्रिपुरेश्वर मैदी बेनिघाट र बैरेनी गाविसमा यस वर्ष २ हजार ४ सय किलोग्राम मकैको बिउ वितरण गरेको जिल्ला कृषि विकास कार्यालय कृषि विकास अधिकृत चक्रपाण्ी पन्थीले जानाकारी दिनुभयो ।

No comments: