Tuesday, March 29, 2011

त्रिशुलीमा बेवारिसे शव भेटियो

रामेश्वर कार्की 
धादिङ चैत १५  
त्रिशुली नदीले बगाउँदै गरेको एक व्यक्तिको बेवारिसे शव मंगलबार दिउँसो धादिङको गजुरी गाविस १ कालिका नजिकै फेला परेको छ । सिन्धुपाल्चोक जिल्लाको पदमबास गाविस घर भएका ३६ वर्षिय श्याम गिरी नाम गरेका व्यक्तिको शव फेला परेको गजुरी प्रहरीले जनाएको छ । नदीमा घुमाउँदै गरेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । शव कुहिएर दुर्गन्धित भैसकेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । शवको प्रकृति हेर्दा एक साता अघिको भए पनि घर परिवारबाट खोजतलास गरेको जानकारी प्रहरीसंग छैन । गत विहिबार गजुरीबाटै त्रिशुली नदीमा पौडि खेल्दै गर्दा वेपत्त भएका किरण श्रेष्ठको शव पनि आइबतार सोहि स्थानमा फेला परेको थियो ।

No comments: