Monday, March 21, 2011

चार लाखलाई हात्ती पाइलेको औषधी खुवाइने

सीताराम अधिकारी 
गजुरी धादिङ । ६ चैत  
हात्तीपाइले रोगको निवारण गर्नका लागि धादिङ जिल्लामा ४ लाख १५ हजारलाई हात्ती पाइले रोगको औषधी खुवाइने भएको छ ।  
जिल्ला स्वास्थ्य कार्यालय धादिङले आइतबार सदरमुकाम धादिङबेंसीमा आयोजित एक अन्तरकि्रया कार्यक्रममा सो जानकारी दिँदै सबै हात्ती पाइलेरोगबाट बच्नका लागि अनिवार्य रुपमा हात्तीपाइलेको औषधी खानुपर्ने जानकारी दिएको हो ।  
दुइवर्षभन्दा माथीका सबैले खानु पर्ने हात्ती पाइले रोगको औषधी अति सिकिस्त गर्भवती र ७ दिनसम्मको सुत्केरीले औषधी खान नहुने जानकारी सो अवसरमा दिइयो ।  
औषधी सेवनले केही व्यक्तिमा सामान्य असर देखिएपनि यसले कुनै नकारात्मक असर नगनॆ्र भएकोले सबैले अनिवार्य रुपमा हात्तीपाइले रोगको औषधी खानेपर्ने बताइएको छ । हात्तीपाइले रोग विरुद्धको यो अभियान संचालन गर्नका लागि १ हजार ७ सय ७८ स्वंसेवक परिचालन गरि गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

No comments: