Tuesday, March 29, 2011

सडक अतिक्रमण गरी बनाईएका उद्योग एक साता पछि हटाइने

रामेश्वर कार्की 
गजुरी धादिङ चैत १५
सडक अतिक्रमण साचालन गरिएका क्रसर उद्योग तथा वालुवा फिरफिरे हटाउने अभियान सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरत पौडेलको नेत्रित्वमा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु सम्मिलित संयन्त्रले अवको एक साता भित्र सडक सिमानाबाट २५ मिटर क्षेत्रभित्र स्थापना गरिएका उद्योग तथा सामाग्री हटाउन स्थलगत निरिक्षण गर्दै पत्राचार गरिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलको नेत्रित्वमा स्थानीयविकास अधिकारी शंकर नेपाल प्रहरी नायव उपरिक्षक बसन्त कुँवर डिभिजन सडक कार्यालय भरतपुरका डिभिजन ईाजनियर अशोक तिवारी भुसंरक्षण कार्यालयका प्रमुख कृष्णप्रकाद घिमिरे जिल्ला प्राविधिक कार्यालयका डिभिजन ईाजनियर िसंचाचाई कार्यालय घरेलु तथा साना उद्योग कार्यालय जिल्ला वन लगायतको टोलीले एकसाताको म्याद दिएर पुर्जि थमाउँदै त्रिभुवन राजपथको झाप्रेखोलादेखि बेनिघाट तथा कालुपाण्डे मार्ग भ्रमण गरेको छ । सडक अतिक्रमण गरी स्थापना भएका क्रसर फर्निचर ग्यास उद्योग तथा बालुवा फिरफिरे पहिलो चरणमा हटाईने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उद्योगको कारवाही सकिएपछि होटल तथा टहरा र अन्तिममा सडक छेउका घरहरु हटाउन सुरु गरिने बताइएको छ । 
सडक मिचेर बनाइएका उद्योगका कारण सडक दुर्घटना बढेको तथा मर्मत संभारको लागि समेत समस्या भएको सडक डिभिजन कार्यालयका प्रमुख तिवारीले बताए । नौबिसे गाविसको खानीखोलादेखि बेनिघाट सम्मका दर्जनौं उद्योगहरु सडक सिमाना मिचेर बनाईएको स्थलगत निरिक्षणको क्रममा फेला परेको छ । उद्यमिले एक साता भित्र नहटाए वल प्रयोग गरि हटाउने डिभिजन ईाजनियर तिवारीले जानकारी दिए । सडक मिचेर उद्योग साचालन गरिएको र दुर्घटना बढ्दा समेत सडक कार्यालय तथा प्रशासने चासो नदिएको भन्ने आम नागरिकको गुनासो आइरहेकै बेला सरकारी कार्यालयका प्रमुखहरु सहितको टोलीले अनुगम गर्नु स्वागत योग्य काम भएको त्रिशुली बचाउ अभियान साझा साजालका सदस्य जगन्नाथ नेपालले बताए । बालुवा धुने फिरफिरेबाट निस्किएको फोहोर पानी सिधै त्रिशुली नदीमा मिसाउने र त्रिशुली किनारबाट स्काभेटर प्रयोग गरी बालुवा निकाल्दा त्रिशुली नदी प्रदुषित भएको आवाज उठिरहेको अवस्थामा जिल्ला विकास समितिले बीस वटा पोखरी निर्माण गरी त्रिशुली सफा बनाउन थाल्ने भएको छ । अभियानकै क्रममा बालुवा फिरफिरेहरुको पायक पर्ने स्थानमा जिल्ला विकास समितिले पोखरी निर्माण गरिदिने र बेलाबेलामा सफा गर्ने जिम्मा फिरफिरे साचालकलाई दिने स्थानीय विकास अधिकारी शंकर नेपालले जानकारी दिए । अनुगमनकै क्रममा नविकरण नगरी साचालन गरिएको बैरेनी ९ मा रहेको ठंकबहादुर भण्डारीको बालुवा खानी र विना इजाजत साचालन गरिएको पिडाको बालुवा खानी समेत रोक लगाइएको स्थानीय विकास अधिकारी नेपालले बताए । सडक अनुगमनकै क्रममा हेलमेट नलगाई मोटरसाइकल चलाउने र प्रेसरहर्न राखेका सवारी साधनलाई कारवाही गरिएको छ । 
राजमार्ग क्षेत्रका गाविसमा सर्वदलीय संयन्त्रसंग छलफल गरी सडक सुरक्षा तथा अतिक्रमण हटाउन सहयो माग गरिएको थियो । दलका प्रतिनिधी तथा उद्यमीहरले समेत विधिको पालना गर्ने र सहयोग गर्ने बचन दिएका छन् । केहि फिरफिरे उद्यमिहरुले अतिक्रमण गरी बनाएका उद्योगहर हटाउन सुरु गरेका छन् । उनीहरुले संयन्त्रलाई निरन्तरता दिन आग्रह गर्दै भेदभाव रहित ढंगले काम गरे पुढारुपमा सहयोग गर्ने बचन दिएका छन् ।

No comments: