Tuesday, March 22, 2011

कांग्रेस सरकारमा आउंछ ः प्रवक्ता तुलाधर

रामेश्वर कार्की 
धादिङ चैत ८  
नेपाली काँग्रेस र मधेशवादी दलहरु निकट भविष्यमै सरकारमा सहभागी हुने सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरले बताएका छन् । 
काँग्रेसका नेताहरुले बाहिर जे बालेपनि औपचारिक तथा अनौपचारिक भेटघाटमा गम्भिरता पुर्वक छिटै सरकारमा सहभागी हुने आशय व्यक्तगरेका कारण सरकारले चाँडैनै सर्वदलिय स्वरुप ग्रहण गर्दै पुर्णता पाउने बताए । मंगलबार गृह जिल्ला धादिङको चैनपुर स्थित एक विद्यालयको कार्यक्रममा सहभागीहुन आएका मन्त्री तुलाधरले जिल्ला सदरमुकाम धादिङबेसीमा पत्रकारसंग संक्षिप्त कुरागर्दै शान्ति प्रकृया र संविधान निर्माणलाई तार्किक निष्कर्षमा पुर् याउन दलहरु एक ठाउँमा उभिनुपर्ने बताए । मन्त्री तुलाधरले काँग्रेस सरकारमा सहभागी भए सातंबुंदे सम्झौता लाई सच्चाउंदै बाह्र बुंदे वनाउन तयार रहेको बताउँदै भावनामा सहमति भएपछि मन्त्रालयका विषय गौण बन्ने बताएका छन् । 
सातबुदेमा उल्लेख भएको शान्ति संविधान राष्ट्रिय स्वाधिनता सामाजिक र आर्थिक रुपान्तरणको मुल मुद्दालाई आत्मसाथ गर्दै काग्रेस सरकारमा आए अर्को ती बुदे देखी बाह्र बंदेसम्म बनाउन सकिने बताएकाछन् । 
शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर् याउन र संविधान निर्माण कार्यलाई समयमै पुरा गर्न सवैदलको विचमा सहमती हुनु आवश्यक भएको मन्त्री तुलाधरको भनाई थियो ।  
नेताहरुले भित्रै देखि चाहना राख्ने हो भने संविधान निर्माण कार्य तत्काल पुरा गर्न सकिने भएपनि अहिले नेताहरुको मन बाझिएका कारण संविधान निर्माण प्रकृयामा ढिलाई हुन गएको पनि मन्त्री तुलाधरले वताए । बर्तमान सरकार जनताप्रति उत्तरदायी सरकार भएकाले नेपाली जनताको इच्छा चाहनालाई पुरा गराउन दृढतापुर्वक लागिपर्ने बचनबद्धता समेत व्यक्त गरे । मन्त्री तुलाधरले अनौपचारिक प्रसंगमा शुशिल कोइरालाले बाहिर जे बोले पनि भित्रिकुरा काँग्रेस सरकारमा आएरै छाड्ने बताए ।

No comments: