Wednesday, March 30, 2011

अवैध रुपमा साचालित वालुखानी बन्द उद्योग वाणिज्यका अध्यक्ष समेत अवैध काममा

 रामेश्वर कार्की 
धादिङ चैत १६  
उद्योग वाणिज्य संघका अध्यक्ष समेतको संलग्नतामा विना इजाजत साचालन गरिएका धादिङका दुई वटा बालुवाखानी साचालनमा जिल्ल्ाा विकास समितिले रोक लगाएको छ । पुरानो खानी साचालन अनुमति पत्र नविकरण नगरी खानी साचालन गरिएको भन्दै प्रमुख जिल्ला अधिकारी स्थानीयविकास अधिकारी प्रहरी नायव उपरिक्षक घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुखहरुको टोलीले स्थलगत निरिक्षण गरि खानी साचालन भइरहेकै स्थानमा पुगेर रोक लगाइएको हो । रोक लगाईएका खानीहरुमा विना इजाजत साचालन गरिएको पिडा गाविस २ धारापानीको बालुवा खानी र अनुमति पत्र नविकरण नगरी साचालन गरिएको बैरेनी ७ स्थित टंक भण्डारीको नाममा स्थानीय धु्रव अधिकारीको जग्गाको खानी साचालन गर्न रोक लगाईएको छ ।  
पिडाको बालुवा खानी साचालक मध्यका रेशम लामिछानेले रोक लगाइएको र दर्ता गर्न आउनु भन्ने व्यहोराको चिट्ठि बुझ्न नमानी प्रजिअ नेत्रित्वको संयन्त्रलाई अटेरी गर्दा प्रहरी नायव उपरिक्षक बसन्त कुँवरले कुटपिट समेत गरेका थिए । सो बालुवा खानी साचालकहरुमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष प्रभातकिरण सुवेदी प्रकाश अधिकारी इन्दुदास श्रेष्ठ लगायत रहेका छन् । स्थानीय व्यक्तिहरुको सवामित्वमा रहेको खेत मासेर करिव ४० रोपनी जग्गामा खानी साचालन गरिएको छ । खानीका कारण वातावरणमा समेत प्रतिकुल असर परेको छ । मुल सडक पृथ्वीराजमार्ग अतिक्रमण गरि विना इजाजत साखा सडक खोलिएको भन्दै व्यवस्थितगर्न सडक डिभिजन कार्यालय चितवनले समेत पत्र काटेको छ । खानी साचालन गर्ने अनुमति पत्र नलिइएका ति खानीहरुको वातारणीय प्रभाव मुल्यांकन आईइइ नगरिएको र राज्यलाई कर समेत नतिरी अवैध रुपमा साचालन गिरंदै आएकोले रोक लगाउनु परेको जिल्ला विकास समिति धादिङका स्थानीय विकास अधिकारी शंकर नेपालले जानकारी दिए । उद्योगी व्यवसायिहरुको छाता संगठनका जिल्ला अध्यक्ष समेत अवैध काममा लाग्दा अन्यलाई सजिलो भएको प्रमुख जिल्ला अधिकारी भरत पौडेलले बताए । बैरेनीमा साचालन गरिएको बालु खानी पनि एक जनाको नाममा रहेको अनुमति पत्रको भरमा साचालन गिरंदै आएको हो । सडक खानी विभागमा पहिल्यै कर्मचारि रहेका भण्डारीले स्थानीय प्रभावितहरुसंग सहमति नगरि किर्ते कागज बनाई अनुमति पत्र लिएर त्यसैको भरमा साचालन गर्दै आएका थिए ।  
अनुमति पत्र प्राप्त भण्डारीको नाममा जिल्लामा ठुला व्यापारी अन्तर्गत गनिने भुवन श्रेष्ठ र कृष्णहरि श्रेष्ठले समेत बालुवाको व्यापार गर्दै आएका छन् । एउटै अनुमति पत्रको भरमा झण्डै सात सय रोपनीको डाँडो सकिएको छ । पहिले राम्रो उब्जनी हुने जमिन वरपरबाट हेर्दा कुरुप देखिन्छ । बालुवा खानी साचालन गरिएका जग्गाका तीन दर्जनबढी व्यक्तिको जग्गा बालुवा निकालेर सकिएको छ । खानी साचालकले अनुमति पत्रवाहक भण्डारीलाई प्रति टि्रप तीस रुपैयाँ बुझाउँछन् । जग्गा धनिले तीन हजार र स्काभेटर प्रयोग गरे वापत अम्लेश्वर कम्पनीले एक हजार रुपैयाँ लिने गरेको स्थलगत निरिक्षण गर्न खानीमा पुगेका प्रजिअ नेत्रित्वको संयन्त्रलाई बताएइको थियो ।  
पहिले नविकरण गरि साचालन गर्दै आए पनि पछिल्लो समय ठुला व्यापारीकै आडमा विना नविकरणै रकम असुल्दै आएको पाईएको छ । भडारी संलग्नता भएको खानी नविकरण प्रकि्रया सुरु भए लगतै साचालन गर्न दिइए पनि पिडाको बाखुला खानी भने दर्ता गरेर मात्र साचालन गर्न भनिएको छ ।  
ठुला व्यापारी सम्मिलित बालुवा खानीहरु ध्ालुवा धुने उद्योगको नाममा साचालन गरिएको छ भने अधिकाँश बालुवा धुने सानाा उद्योग अन्तर्गतका फिरफिरेहरु विना इजाजत साचालन गरिएको जिल्ला घरेलु तथा साना उद्योग कार्यालयले जानकारी दिएका छ । अबैध रुपमा साचालन भएका बालुवा धुने फिरफिरेहरु गजुरीमा ४ पिडामा ६२ बैरेनीमा ४६ र कुम्पुर तथा जोगिमारामा १÷१ वटा गरि कुल १ सय १४ वटा रहेको छ । यि सबै उद्योगले राजस्व छली गरेको पाईएको छ । अवैध उद्योगहरु एक साता भित्र दर्ता प्रकि्रयामा नआए कारवाहिको थप प्रकि्रया सुरु गरिने जिल्ला घरेलु तथा साना उद्योग विकास समितिका शम्भुप्रसाद पौडेलले बताए ।  

No comments: