Sunday, March 20, 2011

ट्रकमा ट्याक्सी ठोक्किंदा एकको मृत्यु तीन घाइते

रामेश्वर कार्की 

धादिङ चैत ६

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाविस ९ स्थित हुग्दीखोलामा विपरित दिशाबाट आएको ट्रक र ट्या_िक्स एक आपसमा ठक्कर खाँदा आइतबार साँझ एक जनाको उपचारको क्रममा गजुरी अस्पतालमा मृत्यु भएको छ भने अन्य तीन जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा गोरखा बर्लाङका ५५ वर्षिय रामजी रेग्मी रहेको प्रहरीले जनाएको छ । सोहि स्थानका अन्दाजी ४५ वर्षिय भिम खनाल गम्भिर घाइते छन् भने अन्यको पहिचान हुन सकेको छैन । घाइते सबैको गजुरी अस्पताल गजुरीमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

काठमाण्डौबाट नारायणगढ तर्फ जुदै गरेको ना २ ख २८८६ नम्बरको ट्रकसंग चितवनबाट काठमाण्डौ जाँदै गरेको बा १ ज ४६०४ नम्बरको ट्या_िक्स ठोक्किएर दुर्घटना भएको हो । ट्या_िक्समा सवार चार जना मध्य तीन जना घाइते र एक जनाको मृत्यु भएको प्रहरीले जनायो । ट्रक र ट्रकचालक प्रहरी चौकी जोगिमाराको नियन्त्रणमा रहेको छ ।



No comments: