Monday, March 21, 2011

जातीय विभेद उन्मुलनमा योगदान गर्ने पाँच सम्मानित

 सीताराम अधिकारी 
धादिङ । ७ चैत  
 जातिय विभेद उन्मुलनको लागि योगदान गर्ने धादिङका पाँच जना दलितअधिकारकर्मी तथा मानवअधिकारकर्मीलाई ४६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा सोमबार सदरमुकाम धादिङबेसी आयोजित एक समारोहमा सम्मान गरिएको छ । 
  ४६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मूल आयोजक समितिले अझै जातिय विभेद अन्त्यका लागि योगदान गर्न उत्प्रेरण जगाउन सम्मान गरिएको जनाएको छ । 
  दलित अधिकार तथा जातिय विभेद अन्त्यका लागि योगदान गरेबापत रामबहादुर बसेल कूलमान विक र गोपाल विक तथा दलित आन्दोलन सुरुवात गराउन योगदान गर्ने संचारकर्मी केशव अधिकारी र स्वर्गिय अधिवक्ता हरिप्रसाद सिलवाललाई मरणेपरान्त सम्मान गरिएको हो ।  
  सम्मानित व्यक्तित्वहरुलाई दलित सेवा संघका केन्द्रीय उपाध्यक्ष धनबहादुर नेपालीले सम्मान गर्दै आगामी दिनमा पनि निरन्तर लाग्न आग्रह गर्नुभयो ।  
सदरमुकाम धादिङबेसीको पुछारबजारबाट र्याली सुरु भएर सिरानबजार हुँदै रेडक्रसको सभाहलमा पुगेर अन्तरकि्रया तथा सम्मान कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमको अध्यक्षता दलित सेवा संघ धादिङका अध्यक्ष श्यमबहादुर मगरातीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments: