Wednesday, January 28, 2009

सुशासन कक्षाले गाउँमा परिवर्तन ल्यायो

रामेश्वर कार्की
धादिङ १५ माघ
पढ्नेउमेरमा विद्यालय जान नपाएपछि घरधन्दा र दाउराघाँसमा सिमित धादिङ कल्लेरी २ कल्लेरीटारका महिलाहरु हिजोआज दैनिक साँझको खाना खाएपछि किताबकापी च्यापेर गाउँको पाएक पर्ने स्थानमा भेला हुन्छन् । दिनभरिको थकान र विभिन्न तनावलाई एकातिर पन्छाएर केहि जान्ने उतसुकता बोकेका यि नव साक्षरहरु संधैभरि भेलाभएर कखरा मात्र सिक्दैनन् । सामुदायिक वनका उपभोक्ता तथा विभिन्न महिला समुहमा आवद्ध उनीहरु पारदर्शिता सुशासन अधिकार र बचत तथा व्यवसथापानका कुराहरु सिक्ने जान्ने र छलफल गर्ने गरिएको कक्षाकी सहभागी नारायणि तिम_िल्सनाले बताई्रन् ।समाजमा समुहमा परिवारमा तथा अन्य जनसरोकारका क्षेत्रमा पारदर्शिता भएको छकि छैन सबैको अधिकार स्थापित भयोकी भएन भन्ने सवालमा अनुभव बाँफाँड गर्ने र पिडितलाई सहयोग गर्ने जस्ता अत्यन्तै सामाजिक र व्यवहारिक ज्ञान सिक्ने गर्छन् । धादिङको कल्लेरी मात्र होईन बैरेनी गजुरी जिवनपुर जोगिमारा लगाएतका तेईस गाविसमा सत्ताईस वटा कक्षा यु एस ए आइ डीको सगुन कार्यक्रम अन्तर्गत रिम्स नेपालले साचालन गरेको रिम्सका कार्यकारी निर्देशक ऋषि बस्ताकोटीले जानकारी दिए । नवसाक्षर महिलाहरुलाई पढाउन कुनै बनिबनाउ पाठ्क्रम नभई वन समुह महिला समुहका सफलताका कथाहरु स्थनीय स्तरमै तयार गरिएको निर्देशक बस्ताकोटी बताउँछन् ॥ दिनभरि कामका बोझले थकित बनेका कल्लेरी स्थित बाराही वनका उपभोक्ता समेत रहेकी अस्मिता तिवारी जन्नै र बुझ्नै पर्नेकुराहरु सिकाइने हँदा जाँगर लाग्ने बताउँछिन् । समुहमा बसेर मासिक बचत ऋण परिचालन सामाजिक काममा सहभागि हुन प्रेरित गरेको अनुभव सुनाउँदै आफैमा कसरी पारदर्शि हुने भन्ने ज्ञान समेत जान्न पाएको सहभागिहरु बताउँछन् ।अधिकारका कुरा थाहानपाउँदा मेलापातमा हेपिएको सामाजिक काममा पछाडी परेको अनुभव सुनाउँदै रिम्स नेपालले साचालनमा सहयोग गरेको सुशासन सम्बन्धी कक्षाबाट आफ्नो जीवन परिवर्तन गर्न सिकेको तिवारीको भनाई छ । उनी थप्छिन् पहिले एउटै काममा जाँदा पुरुषलाई सय महिलालाई साठी रुपैयाँ दिने गरिएकोमा हामीले समानमामको समान ज्याला निर्धाणर गर्न पहल गरेका छौं । गाविसको बजेट बाँडफाँडमा हामीलाई सहभागि गराउँदैनथे त्यो पनि यस वर्षबाट लागु गरायौं िसंचाई सडक बनाउने काममा पनि सहभागी गराउन थालेका छन् पुरुषहरुले । सुशासनका कक्षाबाट जीवन व्यवहारमा धेरै परिवर्तन ल्याएको सहभागीको भनाई छ ।

सामुदायिक बनमा सेनालॆ कब्जा जमायो

सीताराम अधिकारी
धादिङ १० माघ
धादिङ जिल्ला बैरेनी गाविस-८ मा रहेको बालकुमारी सामुदायिक वन सेनाले कब्जा गरेको छ । समुदायले संरक्षण गर्दै आएको बनमा सेनाले अतिक्रमण गरेपछि स्थानीय उपभोक्ताहरु मर्कामा परेका छन् । समुदायको जिम्मामा रहेकेा सामुदायिक वन नेपाली सेनाले अतिक्रमण गरेपछि पटक पटक माग गर्दा पनि नछाडेको स्थानीय उपभोक्ताले संचार कर्मी र मानवअधिकारकर्मी जानकारी दिए । उपभोक्ताहरुले आफ्नो अधिकार खासिएकाले अधिकार स्थापित गराउन सबै पक्ष संग माग गरेका छन् । बैरेनी गाविस-८ मा रहेकेा २७ दशमलब ७५ हेक्टर क्षेत्रफलमा फैलिएको बालकुमारी सामुदायिक वन २०५५ सालदेखि अधिग्रहण गरी सैनिक तालिम इलाकाका रुपमा श्री नम्वर ६ बाहिनी अड्डा बैरेनीले उपभोग गरिरहेकेा वन उपभोक्ता समुहले जनाएको छ । स्थानीय एकसय ७५ घरधुरीका उपभोक्ताले सदियौदेखि संरक्षण गरी भोग चलन गर्दै आएको सामुदायिक वन ०६३ सालमा जिल्ला वन कार्यालय धादिङले समुदायलाई हस्तान्तरण गरी जिम्मा लगाएको समुहका अध्यक्ष चन्द्रप्रसाद खतिवडाले बताए । तर ०५५ कार्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी सरकारले वन अधिग्रहणको अधिकार आंफुहरुलाई दिएको श्री नम्वर ६ बाहिनी अड्डा बैरेनीले दावि गरेको छ । यस सम्बन्धमा उपभोक्तालाई थाहा नभएको जनाएको छ । समुदायलाई हस्तान्तरण गर्नुभन्दा पहिलेनै वन अधिग्रहण गरी सैनिक तालिम इलाका साचालनको अनुमति सरकारले सेनालाई दिएको भन्ँदै बाहिनी अड्डाले वन छाड्न इन्कार गरेपछि स्थानीयबासीले बन छाडिदिन अनुरोध गर्दै आएका छन् । सेनाले सामुदायिक वनमा चलन भोग गर्न नदिएको भन्दै उपभोक्ता समुहले जिल्लामा कृयाशिल राजनैतिक दल जिल्ला प्रशासन कार्यालय जिल्ला वन कार्यालय सामुदायिक वन उपभोक्ता महासंघ लगायतका निकायलाई लिखित पत्र पठाई बन क्षेत्र उपभोग अधिकार दिलाईदिन सामुहिक आग्रह गरेका छन् । यस सम्बन्धमा धादिङका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले उपभोक्ता समुहको पत्र प्राप्त भएकाले त्यस बारेमा सम्बन्धित पक्षसँग परामर्श गरी समस्या समाधानको लागि पहल गरिने बताए । स्थानीयवासीको घांस दाउरा र अन्य कामका लागि प्रयोग हुने गरेको सामुदायिक वनमा सेनाले तालिम केन्द्र संचालन गरेपछि स्थानीयवासी वन क्षेत्रमा प्रवेश गर्न नपाएका मात्रै होइन गांउमा लैजान लागिएको सडक खन्नवाट समेत विाचत भएका छन् । सेनाले वन क्षेत्र नछाडे संघर्षमा उत्रने उपभोक्ताले चेतावनी दिएका छन् ।

Saturday, January 24, 2009

एघार सय एकासीले स्वास्थ्य परिक्षण गराए

रामेश्वर कार्की
धादिङ १२ माघ
आर्थिक अभावमा विभिन्न रोगबाट पिडित बेनेका मानिसहरुको निशुल्क उपचार गर्ने उद्देश्यले धादिङको बैरेनीमा आयोजित एक दिने शिुल्क स्वास्थ्य शिविर एघार सय एकासी जना विरामीले उपचार गराएका छन् । शनिवार साँझ सम्म चलेको सो शिविर सपोट इन नेपालको आर्थिक सहयोग र वीपि मेमोरियल तथा शहिद मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा नेपाल विद्यार्थी संघ बागेश्वरी उच्च मावि बैरेनीको आयोजनामा साचालन गरिएको हो । एक दिनको लागि मात्र साचालन गरिएको सो शिविरमा बैरेनी आसपासका कल्लेरी कुम्पुर भुमेस्थान पिडा किरााचोक लगाएत नुवाकोटबाट समेत आएका एक हजार एक सय एकासी जना विरामीले निशुल्क स्वस्थ्य परिक्षण तथा औषधी लिएका नेवि संघ धादिङका अध्यक्ष रविसुदन थापाले जानकारी दिए । शिविरमा स्त्री तथा प्रसुति रोग छाला तथा यौन रोग हाडजोर्नी तथा नशा रोग पेट सम्बन्धि रोग र आखाको उपचार तथा औषधी वितरण गरिएको थियो । उपचारमा डा राजाराम कार्की डा युवानिधी बसौला डा राजेन्द्र श्रेष्ठ डा शिवजंग कुँवर सहभागी थिए ।

Friday, January 23, 2009

लोडसेडिङको मारमा बहिरा विद्यार्थी

रामेश्वर कार्की
धादिङ १० माघ ।
लोडसेडिङको मारमा उद्योग धन्दा कल कारखाना र विद्युतिय उपकरण साचालनमा परेको गम्भिर समस्या संगै विशेष कक्षामा पढ्ने बहिरा विद्यार्थीमा पनि गम्भिर असर पुर् याएको छ । ईसारा र सांकेतिक भाषाको भरमा चलेको उनीहरुको दैनिकीमा लोडसेडिङका कारण गरलाग्दो असर पुगेको सत्यवती उच्च मावि आदमटारका प्रधानाध्यापक लक्ष्मण शर्माले बताए । ०६१ साल देखि बहिरा विशेष कक्षा साचालन गर्दै आएको सो उच्च माध्यमिक विद्यालयमा जिल्लाको नौबिसे थाक्रे जिवनपुर बेनीघाट बैरेनी मैदी र नुवाकोट समेत गरि १० जना बहिरा विद्यर्थी पढ्दै आएका छन् । आवासीय रुपमा साचालन गरिएको विशेष कक्षाका विद्यर्थीमा बत्तिको उज्यालोको सहायताले हातको ईसारामा पढ्ने कुरा बुझ्ने उनीहरुमा साँझ पर्नासाथ पढाई बन्द गर्नु पर्ने बाध्यता रहेको छ । उज्यालो छउन्जेल पढ्छन् उज्यालैमा खाना खान्छन् साँझ पर्नेवित्तिकै सुत्ने गरेको प्रअ शर्मा बताउँछन् । अँध्यारो हुने बित्तिकै आँखा नेखेपछि हातको ईसारा बुझ्दैनन् कान पनि सुन्दैनन् बत्ति नभएकाले समस्या भएको हो । वोल्न र सुन्न नसक्ने भएकै कारण रातको समयमा हिँड्दा ठोक्किने शौचालय जान नसक्ने जस्ता गम्भिर समस्या उत्पन्न भएको पिडित विद्यार्थीहरु बताउँछन् । अनियमित रुपमा हुने गरेको लोडसेडिङका कारण यो समस्या व्यहोर्नु परेको बहिरा बालबालिमकाका शिक्षक कृष्णप्रसाद लुईटेलको भनाई छ । कहिले आउँछ र कहिले जान्छ भन्ने समेत पत्तो नहुँदा थप मर्का परेको लुईटेलले दुखेसो गरे । बिजुलीको जत्तिको उज्यालो टुकी र मैन बत्तीले नदिने हुँदा थप समस्या उब्जिएको छ । मैन बत्ति र मट्टितेलको लागि थप बजेट नभएकाले सिमित उज्यालोमा बस्न बाध्य भएका छन् । साँझ परेपछि पढ्न लेख्न बन्द गरि सुत्ने गरिएकॊ बहिरा शिक्षक लुईटेलले बताए । यस्तै बहिरा विशेष कक्षा साचालन गर्दै आएको ससाहको देउराली माविमा पनि उस्तै समस्या रहेको शिक्षक विष्णु अधिकारीले बत्ाए । सो माविमा ०६३ देखि विशेष कक्षामा विद्यर्थी पढ्दै आएका छन् । लोडसेडिङकै कारण जिल्लाका सम्पुर्ण विद्यालयहरुमा कम्प्युटर कक्षा समेत प्रभावित भएको बताईएको छ ।

Thursday, January 22, 2009

गाउँभरी हात्तीपाईलेका रोगी

रामेश्वर कार्की
धादिङ
धादिङ जिल्ला सल्यानटार गाविसका अधिकांश मानिस हात्तिपाईले रोगबाट पिडित बनेका छन् । बहुसंख्यक आदीबासी जनजाति दरै र कुमालको बसोबास रहेको सो गाउँमा दुईसय पचास भन्दा बढीमा हात्तिपाईलेको प्रभाव हुनसक्ने स्थानीयबासी बताउँछन् । जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तर तर्फ चालिस किलोमिटर टाढा रहेको समथर वस्तिका मानिसहरु धेरै वर्ष अधिदेखी हात्तिपाईलेबाट पिडित बनेका हुन् । खुट्टा सुन्निएर मानिसलाई कुरुप बनाउने हात्तिपाईलेका कारण सल्यानटार गाविसको वडा नम्बर दुई तीन र चार मुख्य रुपमा प्रभावित भएको छ भने गाविसको सबै भुभागमा यसले प्रभाव जमाएको छ । सल्यानटारको अलावा जिल्लाको केवलपुर गाविसको पण्डितपौवामा घरै पिच्छे खुट्टा सुन्निएका मानिस फेला पर्छन् । रोगले पिडित बनेकाहरु वाईसुल बिगि्रएको भनेर धामी झाँकि्रको भरमा रोग पालेर बस्न बाध्य छन् । हात्तिपाईलेको प्रभाव जिवनपुर गोगनपानी र बेनीघाट समेत प्रभावित रहेको बताईएको छ । चेतनाको अभावका कारण गाउँका मानिसले हात्तिपाईले भन्ने गरेपनि पिडित स्वएम्लाई के रोग लागेको हो भन्ने जानकारी रहेनछ । रोग लाग्नुको कारण समेत थाहा नभएका यस क्षेत्रका मानिस रोग लुकाएर बस्छन् तर उपचार गराउँदैनन् । गाउँभरि हात्तिपाईलेको प्रकोप रहेपनि सरकारी स्तरबाट रोग नियन्त्रण गर्न र सचेतना अभियानका काम गरिएको छैन । उपचार नपाई रोग पालेर बसेका उनीहरु वर्षको तीनपटक सुन्निएर आफै निको हुन्छ अघिपछि नदुख्ने नेभएकाले उपचार नगराएको बताउँछन् । लामखुट्टेको टोकाईबाट लाग्ने हात्तिपाईले रोग नियत्रण गर्न सरकारले गत वर्ष औषधि वितरण गर्न सुरु गरेको छ । यस ठाउँमा घरवरिपरि पानी जम्ने खाल्डाखुल्डि र सुँगुरको खोर घरै नजिक बनाइएकाले लामखुट्टेको नियन्त्रण नभएर विकास भईरहेको छ । गाउँभरि हात्तिपाईले लागेका विरामीको जानकारी दिँदै एक महिला स्वयम् सेविका चेतनाका कारण घर वरिपरि सफा नगर्ने र औषधि समेत खान नमान्ने बताउछिन् । लामखुट्टेका टोकाईबाट लाग्ने यो रोग नियन्त्रण गर्न सरकारी स्तरबाट औषधि वितरण कार्यक्रम सुरु गरेपनि भावि पुस्तामा यो रोग लाग्न बाट बचाउन सरसफाई र जनचेतनाका कार्यक्रम एकैसाथ लागु गर्न जरुरी रहेको छ ॥

दुई वर्ष भित्रमा सबै साक्षर

रामेश्वर कार्की
धादिङ ।
अक्षर चिनौं साक्षर बनौं भन्ने मुल नाराका साथ आगामी दुई वर्ष भित्र प्रौढ निक्षरता उन्मुलन गर्ने उद्देश्यले धादिङमा राष्ट्रिय साक्षरता अभियान सुरु गरिएको छ । जिल्लाको नौबिसे गाविस वडा नम्बर पाँच टायलघरमा साचालित केन्द्रको उद्घाटन गर्दै शिक्षा विभागका मध्यमााचल क्षेत्रिय निर्देशक ज्ञानी यादवले आगामी दुईवर्ष भित्रमा सरकारले निरक्षरता उन्मुलन गर्ने नीति अघि सारेर यो कार्यक्रम सुरु गरिएको बताउँदै सरकारको लक्ष्य प्राप्तिमा आफु विश्वस्त रहेको बताए । जिल्लाको पचास वटै गाविसमा रहेका चार सय पचास वडाहरुमा माघ एक गतेबाट एकै साथ कक्षा सुरु गरिएको छ । कार्यक्रमको नारा नै अक्षर चिनौं साक्षर बनौं रहेकाले यो अभियानमा जिल्लाका सबै निरक्षर प्रौढ व्यक्तिहरु सहभागी हुने जिल्ला शिक्षा अधिकारी राज्यलक्ष्मी नकर्मीले बताईन् । माघ एक गतेबाट सुरुहुने साक्षरता कक्षामा प्रत्येक गाविसको वडा स्तरमा कार्यक्रम साचालनका लागि हरेक वडामा सहयोगी कार्यकर्ता र गाविसमा एक जना निरिक्षक समेत नियुक्ती गरि सकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । साक्षरता अभियान अनतर्गत पहिलो चरणको कार्यक्रम वडा गत रुपमा माघ देखि सुरु भई बैशाखमा सम्पन्न गरि बैशाखबाट आवश्यकता र माग अनुसारको कक्षा साचालन गर्न तथ्यांक समेत संकलन गरिने जिल्ला शिक्षा अधिकारी नकर्मीले जानकारी दिईन् । उद्घाटन कार्यक्रममा विद्यालय निरिक्षक स्रोत व्यक्ति गाविस सचिव लगाएतका व्यक्तिहरु सहभागी थिए । उद्घाटनकै अवसरमा टायलघर केन्द्रमा पढ्ने तीस जना सहभागिलाई किताव कापी वितरण गरिएको थियो ।

Wednesday, January 7, 2009

रेडियो धादिङको एक वर्ष पुरा

रामेश्वर कार्की
धादिङ २२ पुस
ग्रमिण साचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो धादिङले औपचारिक प्रशारण थालेको एक वर्ष पुरा भएको छ । आफ्नो प्रशारणको वर्षदिन पुगेको उपलक्ष्यमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित धादिङबेसीमा प्रथम वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सव कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले रेडियो स्थापना गर्न भन्दा साचालन झन चुनौति रहेको बताए । रेडियो साचालनको एक वर्षे अनुभव सुनाउंदै अध्यक्ष पाण्डेले सहकारीको माध्यमबाट साचालित यस्ता रेडियोलाई विभिन्न अप्ठ्यारो संगै आर्थिक संकटले गाँजेको बताए । सोहि अवसरमा सभाषद कल्पना धमलाले रेडियोको एक वर्षे कार्यकालको प्रशंसा गर्दै लोडसेडीङको मारमा परेका ग्रामिण क्षेत्रका रेडियोको सन्दर्भमा आफुले सदनमा कुरा उठाउने बताईन् । स्थानीय रेडियोले स्थानीय गतिविधिलाई प्राथमिकता दिएको चर्चा गर्दै साचार माध्यमलाई कुनैपनि वहानामा आक्रमण गर्नेकाम मुर्खता भएको अर्का सभाषद सावित्रा भुषालले बताईन् ।कार्यक्रममा उज्यालो नेटवर्कका प्रमुख गोपाल गुरागाई एन्टेना फाउण्डेशन नेपालका अध्यक्ष मधु आचार्य लगाएतले रेडियोलाई शभकामना दिएका थिए । खाल्टेको बाहुन बाजाले सु सज्जित कार्यक्रममा बाजामा रमाउँदै अतिथि तथा उपस्थित सबै नाचेका थिए ।

Tuesday, January 6, 2009

घरघरमा शौचालय अभियान

रामेश्वर कार्की
धादिङ २२ पुस
एक घर एक शौचालयको नारा सहित उत्तरी धादिङको सल्यानटार गाविस वडा नम्बर दुई ख्वाँगाउँमा शौचालय निर्माण कार्य सुरु गरिएको छ । आदिवासी जनजाती दरै समुदायको मात्र बसोबास रहेको सो वस्तिमा जिल्ला विकास समितिको आर्थिक सहयोग र प्रयास नेपालको समुदाय परिचालन अभियानबाट शौचालय विहिन सो गाउँका सबै घरमा पक्कि शौचालय निमार्ण गर्न लागिएको हो । जिल्ला विकास समितिको स्थानीय विकास कोष अन्तर्गत एक लाख बाउन्न हजार रुपैयाबाट प्यान सिमेन्ट रड र जस्ता खरिद गरिए पनि बाँकी काम उपभोक्ता स्वएम्ले श्रमदान गरेर निर्माण कार्य तिव्र बनाईकोसामाजिक परिचालक राधिका सापकोटाले बताईन् । गाउँभरि नै शौचालय नभएकाले सल्यानटारमा साचालित गाउँ विकास कार्यक्रममा शौचालय निर्माण गर्न आवश्यक देखेर एक सठ्ठी घरधुरीमा एकै पटक निर्माण कार्य थालिएको सापकोटाले बताईन् । शिक्षा स्वस्थ्य र सरसफाईका नारा रेडियो टेलिभिजन र अन्य माध्यबाट निकै अघिदेखि प्रचार प्रसार भईरहे पनि धादिङ सल्यानटारका दरै कुमाल समुदायमा भने यो नाराले पुर्णता पाएको छैन । बैसठ्ठी घरधुरी रहेको सल्यानटार गाविस वडा नम्बर दुईको दरै वस्तिमा यस अघि एक घरको मात्र शौचालय भएपनि अबका दिनमा सबै घरमा शौचालयको निर्माण कार्य थालिएको छ । शिक्षा र सरसफाईमा निकै पछाडि रहेका दरै समुदायमा शौचालय नहुँदा घर वरिपरि र सुँगुरको खोरमा शौच गर्ने चलन रहेको थियो । तर समयको परिवर्तन संगै जनसंख्या बृद्धि र लाजका कारण आजभोली घरबाट टाढाको जंगलमा जाने गरिएको स्थानीयबासीले बताए । अझै पनि झरी पर्दा र वालवालिकाले सुँगुरको खोरमै दिशा गर्ने गरेको गरेको स्थानीयबासीको भनाई छ । किन पहिले शौचालय नबनाएको भन्ने जिज्ञासामा यस अघि चलनै नभएको स्थानीयबासी बताउँछन् ॥ चेतनाको अभावमा पि_िल्सएको सो वस्तिमा आज भोली सरसफाई र स्वस्थ्य शिक्षा सम्बन्धि छलफल हुन थालेका छन् । समुहमा आवद्ध महिला तथा पुरुषको छुट्टा छुट्टै समुह मासिक बचत कोष खडा गरि बचत गर्न थालेका छन् । गाउँमा हुने भेला र समुहको बैठकमा जाँदा शौचालय नहुँदाको सामाजिक असर र फोहोरका कारण लाग्ने रोगहरु बारे जानकारी पाएपछि शौचालय चाहिने रहेछ भनेर बनाउन सुरु गरिएको शौचालय निर्माण गर्दै गरेकी एक महिलाले बताईन् । नयाँ पत्रिका संग कुराकानी गर्दै उनले समुहमा जाँदा धेरै कुरा सिकेकाले अवका दिनमा आफ्ना बालबालिकालाई फोहरका कारण रोग नलाग्ने र घर वरिपरि सफा सुघर हुने बताईन् । सोहि अभियानमा शौचालय निर्माण सुरु गरेका पन्ध्र घरपरिवारले गोवर ग्याँस सहित जडान गरेर निर्माण सुरु गरेका छन् । चेतनाका कारण पछाडि परेका समुदायलाई जिल्ला विकास समितिको सहयोग र प्रयास नेपालको सचेतना अभियान ठुलै उपलब्धि हुने आशा गरिएको निमित्त स्थानीय विकास अकिारी रमेश अधिकारीले बताए ।

ट्राफिक नियमको पाठ्यक्रम विद्यालयमा

सीताराम अधिकारी
राजमार्ग क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक जनचेतना जगाउने उद्देश्यले स्थानीय तहमा सडक सुरक्षा सम्बन्धी पाठ्क्रम निर्माण गरि आगामी शैक्षिक सत्रदेखि लागु गरिने भएको छ । धादिङको राजमार्ग क्षेत्रका विद्यालयहरुमा ऐच्क्षिक विषयमा बीस पुर्णाङ्कको पाठ्यक्रम निर्माण गरि लगुगर्ने सहमति भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख दुर्गाप्रसाद श्रेष्ठले बताए । यु एम् एन् धादिङको सहयोगमा कोसोक नेपालद्वारा आयोजित सडक सुरक्षा र शिक्षा सम्बन्धी अन्तरकि्रया कार्यक्रममा सहभागि जिल्ला शिक्षा प्रहरी र विद्यालयका प्रतिनिधीहरुबीच राजमार्ग क्षेत्रका विद्यालयमा सडक सुरक्षा सम्बन्धी विषयको पाठ्यक्रम निमार्ण गरि लागु गर्ने सहमति भएको हो । विद्यालयको कोस्रमा भएको सामाजिक अध्यायन विषयवस्तु मध्ये २० प्रतिशत पाठ्यभारको पढाई साचालन र प्रयोगात्मक कामका लागि ट्राफिक जनचेतना दिलाउन समेत विद्यालयका शिक्षक व्यवस्थापन समितिका पदाधिकारीहरु सहमत भएका हुन् । स्थानीय तहमा पाठ्यक्रम निमार्ण गर्न जिल्ला शिक्षा अधिकारी राज्यलक्ष्मी नकर्मीको संयोजकत्वमा ५ सदसिय पाठ्यक्रम विकास समिति र विद्यालय निरिक्षक माधव शर्माको संयोजकत्वमा ५ सदसिय प्राविधिक समिति समेत गठन गरिएको छ । दुवै समितिमा कोसोक नेपाल युएमएनले प्रतिनिधित्व गर्नेछन् । यो समितिले चैत्र महिनाभित्र स्थानीय तहमा पाठ्यक्रम निमार्णका कार्यहरु विद्यालयहरमा गएर गर्ने जिल्ला शिक्षा अधिकारी राज्यलक्ष्मी नकर्मी जानकारी दिईन् ।