Friday, February 6, 2009

शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो

रामेश्वर कार्की
धादिङ २४ माघ
वर्ड मिनिङ सोध्दा भन्न नसकेका कारण शिक्षकलॆ कुटेर एक विद्यार्थीको हात भाँचिएको छ । अन्य पाँच जना घाईते भएका छन् । जिल्लाको मैदी गाविस-२ स्थित सहिद जगतप्रकाशजंग प्राविका शिक्षक अशोक सेढाईले कक्षा चारमा पढ्ने विद्यार्थीलाई वर्ड मिनिङ सोध्दा उत्तर दिन नसकेपछि कारवाही गर्ने क्रममा आठ वर्षिय अस्मिता भट्टको दायाँ हात भाँचिएको छ भने अन्य पाँच विद्यार्थी घाईते भएको अस्मिताका बाबु गिरिराज भट्टले जानकारी दिए । निजीश्रोतमा रहेका शिक्षक अशोक सेढाईले गत माघ २० गते कुटपिट गरे पनि उपचारका क्रममा धादिङबेसी आएपछि मात्र सो घटना संचारकमीलाई जानकारी गराईएको हो । कक्षा ३ मा अध्ययनरत ८ वर्षीया अस्मिता भट्टको हात कुटाइबाट भाँचिएको हो । औँला र हर्थुङ्गो फूटेकोले जिल्ला अस्पताल धादिङमा शुक्रबार उपचार गरिएको पीडितका पिता गीरिराज भट्टले जानकारी दिए । उनिसंगै कुटपिटमा परेका अस्विन भट्ट अप्सरा भट्ट सरला भट्ट सिजन भट्ट र सिसिर अधिकारी पनि घाइते भएका छन् । उनिहरु भने उपचारका लागि अस्पताल गएका छैनन् । विद्यालयमा वर्डमिनिङ शब्दको अर्थ सोध्दा नजानेको भन्दै शिक्षक सेढाइँले कुटपिट गरेको अस्मिताले बताइृन् । शिक्षाकको पिटाइबाट घाइते भएका अन्य बालबालिकाहरु विद्यालय अझैसम्म नगएको पीडितहरुले बताएकाछन् ।

सूचना केन्द्रको स्थापना

रामेश्वर कार्की
धादिङ २४ माघ
सूचना आदान प्रदानमा प्रभावकारीता ल्याउन नेपाल पत्रकार महासंघ धादिङले एक सूचना केन्द्रको स्थापना गरेको छ ।जिल्ला विकास समिति धादिङ र प्रेस काउ_िन्सल नेपालको सहयोगमा स्थापित सो सूचना केन्द्रको शुक्रवार काउ_िन्सलका अध्यक्ष नारायण शर्माले उद्घाटन गरे । जिविसले भौतिक पुर्वाधारका लागि एक लाख र प्रेस काउ_िन्सलले सूचना केन्द स्थापना गर्न एक लाख पचास हजार रुपैयाँ सहयोग गरेको महासंघका जिल्ला सभापति सीताराम प्रसाद बर्माले जानकारी दिए । पत्रकारहरुका लागि सूचना केन्द्रको स्थापना भएपछि सूचना आदान प्रदान गर्नमा सहयोग पुग्ने बताईएको छ । केन्द्रमा दुई वटा कम्प्युटर पि्रन्टर फ्याक्स लगायतका सूचना संप्रेशण गर्ने मासाग्री जडान गरिएको छ । सूचनालाई चाँडो पठाउन र व्यवस्थित गर्न छिट्टैनै ईन्टरनेटको समेत जडान गरिने अध्यक्ष बर्माले बताए .

अन्तरजातीय विवाह गर्ने घर निकालिए

रामेश्वर कार्की
धादिङ २४ माघ
अन्तरजातिय विवाह गरेकै कारण धादिङको महादेवस्थान र फूलखर्क गाविसका दुई जोडी घर निकालिएका छन् । गाउँमा बस्न नदिएका कारण विवाहित जोडि न्याय माग्न बिहिबार जिल्ला सदरमुकाम धादिङबेसी आइपुगेका छन् । महादेवस्थान गाविस - ५ घिर्लिङकी शान्ति बिक र मकवानपुर जिल्ला कालीटार गाविस -१ का राजाराम कार्की बीच तीन महिना अघि अन्ँतरजातीय विवाह भएको थियो . विवाह गरेका कारण घर निकालिएपछि गाउँमा बस्न नपाएर बिहिबार प्रमुख जिल्ला अधिकारीलाई न्याय दिलाइदिन माग गरेका छन् । उनिहरुले मानवअधिकारकर्मी र संचारकर्मीलाई भेटी आफूहरुलाई न्याय दिलाउन र गाउँ निकाला गर्नेहरुलाई कारबाही गर्न माग गरेका छन् । उनीहरुले विद्यालयमा समेत पढ्न नपाएपछि सदरमुकाम धादिङबेसी आएको बताए । यसै गरि फूलखर्क गाविस - २ का अर्जुन विश्वकर्माले सोही गाविस - ३ का रिता भट्टराईसंग अन्तरजातिय विवाह गरेका कारण गाउँ निकाला गरिएपछि मजदुरी गर्दै सदरमुकाममा बस्न बाध्य भएका छन् । प्रधानमन्त्रिले दलितमाथीको भेदभाव हटाउने घोषण गरे लगत्तै दलित भएकै कारण गाउँ निकालिजएपछि पीडितहरु न्याय खोज्न सदरमुकाम आएका हुन् ।

Tuesday, February 3, 2009

प्रमुख अतिथि विवादले गाउँ परिषद स्थगित

रामेश्वर कार्की
धादिङ २१ माघ
प्रमुख अतिथी विवादका कारण धादिङको बैरेनी गाविसको गाउँ परिषद सोमबार स्थगित भएको छ । राजनीतिक सहमति बेगर सभाषद शालिकराम जमरकट्टेललाई प्रमुख अतिथिको रुपमा पत्राचार गरेपछि विवाद भएको परिषदमा सहभागीले बताएका छन् । गत माघ ९ गते दलका नेता ल्याउने विषयमा विवाद भएपछि स्थगित भएपछि १२ गते बसेको सर्वदलिय बैठकले स्थानीय विकास अधिकारीलाई प्रमुख अतिथिको निमन्त्रणा दिने सहमति सहित माईन्युटमा निर्णय गरिएको गाविसका पुर्व अध्यक्ष कृष्णहरी श्रेष्ठले जानकारी दिए । सहमति बेगर गाविस सचिवलाई दवाव दिएर पत्राचार गरेकाले परिषद बहिष्कार गरिएको नेपाली काँगे्रस समर्थित एक सहभागीले बताए । माओवादी बाहेकका दलहरु नेपाली काँगे्रस एमाले राप्रपा लगाएतका राजनीतिक दलले राजनीतिक सहमति बेगर दलका केन्द्रिय नेता ल्याएर परिष नगर्ने भनिएपछि जब सो निर्णय लागु हुन्छ तब मात्र परिषद हुन्छ भन्दै परिषदमा सहभागिता नजनाए पछि परिषद स्थगित भएको पूर्व अध्यक्ष श्रेष्ठले बताए ।

माओवादी मोटाउने नाममा सुन्निएको मात्र हो त्रिपाठी

रामेश्वर कार्की
धादिङ २० माघ
नेकपा एमाले धादिङका नेता एवं महाधिवेशन प्रतिनिधी भुमी त्रिपाठीले एकिकृत नेकपा माओवादी मोटाएको होईन मोटाउने नाममा सुन्निएको मात्र बताएका छन् । धादिङ जिल्लाको तसर्पु गाविसमा सोमबार युथफोस्र गाउँकमिटी गठन गर्ने कार्यक्रममा त्रिपाठीले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै नेता त्रिपाठीले द्वन्दलाई रुपान्तरण गर्नका निमित्त एमालेले चुनावका वेला आफुहरुमाथी जतिसुकै आक्रमण र ज्यादती गरे पनि सहेर त्यसको सामना गरेको बताउँदै अवका दिनमा त्यस खालको गतिविधि माओवादीको वाईसिएलले जारी राखे युथ फोस्रले ठेगान लगाउने बताएका छन् । एमालेले निर्वाचनका वेला चुनाव प्रचार समेत गर्न नसकेको तसर्पु गाविसमा राजु थापामगरको संयोजकत्वमा दुई सय आठ सदसिय युथफोस्र कमिटी गठन गरेको छ । कमिटीमा आवद्ध अधिकांश वाईसिएल र नेपाली काँग्रेसबाट पार्टी परित्याग गरेर आएका कार्यक्रममा जानकारी गराईएयो । युथफोस्र प्रवेश गरि कमिटीमा आवद्ध युवाहरुलाई टिका र युथफोस्रको फेटा लगाएर प्ररायु संघका केन्द्रिय सदस्य शिवराज कंडेलले स्वागत गरेका थिए ।

धादिङमा चिकेन फेस्टिबल

रामेश्वर कार्की
धादिङ
देशभरीनै फैलिएको बर्डफ्लुको हल्लाले कुखुराको व्यवसायमा गिरावट आएपछि धादिङका कुखुरा पालक विसानहरु मर्कामा परेका छन् । दुई साता अघिसम्म जिउंदो कुखुरा प्रतिकिलो एक सय तीस रहेकोमा वर्डफ्लुको हल्लासंगै आज भोली असी रुपैयाँ प्रतिकिलोमा झरेको छ । देशका अन्य भागमा वर्डफ्लु फेला परेका हल्लाले धादिङमा समेत प्रभाव पारेपछि धादिङमा यो रोग नभएको प्रष्ट पार्न आज विभिन्न विज्ञहरुको समेत उपस्थितिमा चिकेन फेस्टिवल कार्यक्रम सम्पन्न गरिएको छ । कुखुराको मासु र अण्डाका विभिन्न परिकार बनाएर विज्ञ तथा सर्वसाधारणलाई निशुल्क रुपमा खुवाएर गरिएको सो कार्यक्रममा बाह्रसय पचास किलो ब्रोइलर कुखुराको मासु र तीन हजारवटा अण्डाको परिकार तयार गरिएको थियो । फेष्टिबलमा तयार गरिएको परिकार खाँदै पोल्ट्रि विशेषज्ञ डाक्टर कर्णबहादुर बोहोराले झापामा देखिएका बर्डफ्लु फैलन नभ्याउदै सकिने बताउदै मासुखान नडराउन सल्लाह दिए । डाक्टर वोहोराले पंक्षिबाट पंक्षिमा सर्ने रोग भएकाले मानिसमा त्यसको संक्रमण नरहने जानकारी गराउँदै सामान्य रोगलाई ठूलो रुपले नबुझिदिन आग्रह गरे । लामो समयदेखी धादिङका कुखुरा व्यवसायीले काठमाडौ मार्केटलाई थेगेको कुरा उल्लेख गर्दे एमाले केन्द्रिीय नेता राजेन्द्र पाण्डेले धादिङमा वर्डफ्लु नभएको सन्देश सबै सामु पुर् याउन सवैपक्ष लाग्नु पर्ने वताए । दुईसाता अघि एकसय तीस रुपयाँ प्रति किलोग्राममा बिक्री हुँदै आएको कुखुराको मासु हाल असी रुपैयाँमा झरेको छ । धादिङमा करिव पाँचसय परिवारले यो व्यवसाय गर्दै आएका छन् । राष्ट्रिय कुखुरा पालन किसान संघ धादिङको आयोजनमा सम्पन्न कार्यक्रममा जिल्लाबाट हरेक महिना दुई लाख कुखुरा अर्थात चारलाख किलोग्राम मासु उत्पादन हुँदै आएको जानकारी कुखुरा व्यवसायि शिवहरि आचार्यले जानकारी दिए कार्यक्रमलाई रोचक बनाउन प्रगतिशील गायक बद्री पंगेनी र गायिका शिला आलेले गित संगितका माध्यमबाट हल्लाका पछाडि नलागि कुखुराको मासु खान आग्रह गरेका थिए ।