Monday, April 4, 2011

मोटरसाइकललाई ठक्कर दिएर बस पल्टिंदा नौ जना घाइते

मोटरसाइकललाई ठक्कर दिएर बस पल्टिंदा नौ जना घाइते 

रामेश्वर कार्की 
धादिङ चैत २१ 
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बैरेनी बजारमा सोमबार दिउँसो यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिएर पल्टिंदा नौ जना घाइते भएका छन् । घाइते मध्य पाँच जनाको अवस्था गम्भिर रहेको छ । पोखराबाट काटमाण्डौ तर्फ जाँदै गरेको ना ४ ख ६५५ नम्बरको बसले विपरित दिशाबाट सडकमा गुडिरहेको वा ३६ प ७२४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको हो । घाइते मध्य मोटरसाइकलमा सवार बैरेनी ७ निवासी २९ वर्षिय राजकुमार श्रेष्ठ र हेटौंडाका विनोद तामाङ गम्भिर रहेको प्रहरी चौकी बैरेनीले जनाएको छ । घाइतेहरुको उद्धार गरी उपचारका निम्ति काठमाण्डौ पठाईएको छ । बस सडकमै पल्टिएर दुर्घटना भएको हो ।  

No comments: