Thursday, April 7, 2011

वृद्धको विभत्स हत्या

रामेश्वर कार्की 
धादिङ चैत २४
जग्गा विवादको सामान्य निहुँमा धादिङको पिडा गाविस ४ च्याङली स्थित ७७ वर्षिय एक वृद्धको बुधबार राती विभत्स हत्या गरिएको छ । खानाखाएर घरमा एक्लै सुतिरहेका चित्रबहादुर पण्डितलाई राती साँढे आठ बजे छिमेकीको घरमा बोलाएर कुटपिट गरी हत्या गरिएको हो । मृतकको टाउको आँखामा चोट देखिन्छ भने जिउभरी निलडाम रहेको छ । वृद्धको हत्या गर्ने मुख्य अभियुक्त छिमेकी जितबहादुर गुरुङ सहित तीन जनालाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने अन्य दुइ जना मृतक संग पहिलेदेखिकै जग्गा सम्बन्धि विवाद रहेका कुलबहादुर तामाङ र उनकी श्रीमति मोतियामा तामाङ रहेका छन् ।
पण्डितसंग कुनै विवाद नरहेका गुरुङलाई तामाङ दम्पितिले दिउँसै देखि र_िक्स खुवाएर हत्या गर्न उक्साएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । तामाङ दम्पितिकै घरमा राती बोलाएर बृद्धको हत्या गरिएको हो । तामाङको घर भएको जग्गा पण्डितको लालपुर्जा भित्र परेकाले पहिले देखि उनीहरुको बीचमा विवाद हुँदै आएको स्थानीयले बताए । घटना भएको साँझ मृतककी जेठिछोरीले खाना खुवाएर नजिकै रहेका आफ्नो घरमा गएकी थिइन् । उनी फर्कनेबेलामा कुलबहादुर पानी थाप्ने निहुँमा पण्डितको घरको करेसामा भेटिएको मृतकका ज्वाई अधिकारीले बताए । तामाङले घरमा गुरुङले बोलाउन पठाएको भन्दै वृद्धलाई बोलाएपछि तामाङकोमा पुगेका पण्डितलाई गुरुङले एक्कासी आक्रण गरेको स्वीकार गरेका छन् । गुरुङले मुड्कि र लाताले हानेर मारेको प्रहरी समक्ष स्वीकार गरेका छन् । चार वटी छोरी मात्र भएका पण्डित श्रीमतिसंगै वस्दै आएका थिए । श्रीमति पनि अल्सरको विरामी भएर दुइ हप्ता देखि काठमाण्डौमा उपचार गराउँदै आएकी छिन् । वृद्ध एक्लै भएका कारण योजनावद्ध घटना भएको मृतकका ज्वाई सानुकान्छा अधिकारी बताउँछन् । हत्या पछि पिँढिमा शव राखेर विहान मात्र गाउँलेलाई खबर गरेका थिए ।
विहान गाउँले जम्मा हुँदा गुरुङले हत्या गरेको स्वीकार गरेका थिए । नेपाली काँग्रेसका कृयाशिल सदस्य समेत रहेका पण्डितको प्राथमिक स्वास्थ्य चौकी गजुरीमा पोष्टमार्टम पश्चात नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले पार्टीको झण्डा ओढाएर अन्तिम श्रदािाजली अर्पण गरेका छन् । अभियुक्त तीनै जनालाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

No comments: