Wednesday, July 29, 2009

धादिङमा हजार भन्दा बढी एचआईभी पोजेटिभ, एउटै गाविसमा पचास भन्दा बढी संक्रमित

रामेश्वर कार्की;धादिङ साउन १४
विश्वमा महामारीको रुपमा फैलंदै गरेको एचआईभी;एड्सले धादिङमा दरिलो अड्डा जमाएको छ । धादिङको राजमार्ग क्षेत्रमा हुने यौन व्यापार र कामकालागी भारत गएकाहरुबाट फैलिएको एचआईभी;एडस जिल्लाको पचास गाविसमा एक हजार भन्दा बढीको संख्यामा हुन सक्ने अनुमान गरिएको छ । एचआईभी;एडसको क्षेत्रमा कृयाशिल चन्द्रज्योती एकिकृत ग्रामीण विकास समाज धादिङले जिल्लाको २१ वटा गाविसमा गरेको सर्वेक्षण अनुसार १ सय ५० जना संक्रमित पहिचान गरिएको छ । यि मध्ये ८० जना संक्रमित एचआईभी संक्रमितहरुको संस्था सितल समाजको सम्पर्कमा रहेको चन्द्रज्योतीका कार्यक्रम संयोजक उत्तम पौडेलले जानकारी दिए । धादिङमा एचआईभी पोजेटिभहरुको संख्या दिन प्रति बढ्दै गएपनि यस प्रति ठोस कार्यक्रम अगाडी बढाईएको छैन । पर्याप्त जनचेतनाको अभाव र संक्रमण भएपछि समाजमा नखुल्नुले यसको संख्या दिन दिनै ज्यामिति हिसावमा बढदै गएको हो । महामारीकै गति िलंदै गरेको सो रोग धादिङको सल्यानकोट गाविसमा मात्र तीस जना भेटिएका छन् । सोही स्थानमा विना उपचार यस अघि नै तेह्र जनाको मृत्यु भईसकेको सितल समाजका अध्यक्ष समेत रहेका संक्रमित मनबहादुर नाम परिवर्तनले जानकारी दिए । उनका अनुसार जिल्लाको मार्पाक गाविसमा सत्र जना संक्रमित सम्पर्कमा छन भने उन्नाईस जनाको विना पहिचान मृत्यु भईसकेको छ । मार्पाकमा एकै परिवारका चार जनामा दुई नावालक सहित सबै एचआईभी संक्रमित छन् । निलकण्ठ गाविसमा पच्चिस जना त्रिपुरेश्वरमा पन्ध्र जना सल्यान्टारमा सात जना कुम्पुरमा पन्ध्र जना थाक्रेमा छ जना भुमेस्थानमा आठ जना नौबिसेमा पाँच जना चैनपुरमा बाह्र जना गुम्दीमा नौ जना संक्रमितहरु सितल समाजको सम्पर्कमा रहेमा छन् ।समाजमा अपहेलना हुने र ईज्जतको डरले यसको दोब्बर संख्यामा मानिसहरु अझै सम्पर्कमा आएका छैनन् । समाजले एचआईभी भने पछि छिछि दुरदुर गर्ने भएकाले आफुले चिनेका साथी पनि खुलेर हिँड्न नसकेको अध्यक्ष मनबहादुरले बताए । कामका सिलसिलामा भारत गएर फर्किएका पुरुषहरुले रोग सारेर आएपछि परिक्षण नगरी श्रीमतिको सम्पर्कमा जाने भएकाले अधिकांश श्रीमानले श्रीमतिलाई समेत आफ्नो रोग भिराएका छन् । समाजमा पहिचान नभएका संक्रमितका कारण गाउँमा अन्य मानिसमा समेत एचआईभी फैलन सक्ने चिन्ता धादिङबासीलाई छ । जिल्लाको उत्तरी र दुर्गम भेगका मानिसको आयआर्जनको माध्यम नभएपछि रोजगारीका निम्ति भारत जाने गर्छन् । भारतबाट फर्किएका अधिकांश पुरुषहरुमा एचआईभीको संक्रमण फेला परेपछि सरकारी निकायबाट यस प्रति ध्यानाकर्षण हुन जरुरी रहेको चान्द्रज्योतीका अध्यक्ष गोकर्ण रुपाखेती बताउँछन् । जिल्लाको राजमार्ग क्षेत्रमा देशका विभिन्न जिल्लाबाट मजदुरी गर्न बसेका मानिस र राजमागर्मा आवत जावत गर्ने यातायात कर्मीहरुमा एचआईभी एड्सको जोखिम बढी रहेको छ । राजमार्ग क्षेत्रमा खुल्ला रुपमा देखिने यौन कि्रयाकलापले पनि जोखिम बढी रहेको पुष्टि गरेको छ । राजमार्ग क्षेत्रमा प्रचार प्रसार र जनचेतनाको कामहरु भएपनि यसको खासै प्रभाव देखिएको छैन । एउटै गाविसमा बीस;पचास जना संक्रमित भेिटंदा समेत सरकारी निकाय यसको रोक थाममा सकि्रय देिखंदैन । संक्रमितमा आफुत फसियो फसियो अरुलाई पनि किन छाड्ने भन्ने भावना पलाउँदै जाँदा झन महामारीको रुप लिन सक्छ । यसको निमित्त बेलैमा ध्यान नदिए धादिङे मात्र नभएर राजमार्गमा आवत जावत गर्ने आम नेपालीलाई प्रभाव पार्ने भएकाले यस प्रति संवेदनशिल हुनु जरुरी रहेको छ । संक्रमितहरुको लागि परिक्षण जनचेताना लगाएत औषधी उपचार लगएतका कार्यहरु अगाडी नबढाउने हो भने आम मानिस एचआईभीबाट अछुतो नरहने चन्द्रज्योतीको ठम्मयाई छ ।

Tuesday, July 28, 2009

अस्पतालको बेडमा पढेर एसएलसी पास



उच्च शिक्षा पढ्ने धोको पुरा नहुने भो ब्लड क्यान्सर पिडितको


रामेश्वर कार्की,धादिङ १३ साउन
रोग संग पौंठेजोरी खेल्दै अस्पतालको बेडमा पढेर यो वर्षको प्रवेशिका परिक्षामा उत्तिर्ण भएका धादिङको पिडा स्थित चिसोखोलाका नवराज भण्डारी आर्थिक अभावका कारण उच्च शिक्षा अगाडी बढाउन नसकेकोमा चिन्तित छन् । आदर्श उच्च मा वि गजुरीबाट प्रवेशिका परिक्षामा सहभागी भएर उत्तिर्ण उनी ब्लड क्यान्सर ब्अगतभ भिगपझष्ब का विरामी हुन् ।
०६५ कात्तिक देखि रोग पत्ता लागेर नियमित उपचार गराउँदै आएका उनी विद्यालय जाने अवधिभर काठमाण्डौको बीर अस्पतालको मेल मेडिकल वार्ड स्पेशल नं। २ मा किताबको सिरानी हालेर भगवान संग चाँडो निको होस भनेर याचना गरिरहेका हुन्थे । आर्थिक अभावका कारण विभिन्न संघ संस्था र साथिहरुले दिएको दुई÷चार रुपियाँ सहयोग उनको लागि उपचार खर्च थियो ।


गजुरीबाट चार घण्टाको उकालो लागेपछि पुगिने चिसोखालाका उनी परिवारमा सात दाजुभाई मध्यका जेठा छोरा हुन् । १९ वर्ष टेकेका भण्डारी पढेर ठुलो भएपछि बा आमा सहित नौ जनालाई पालन पोषण र घर मुलीको नेत्रित्व दिने परिवारको आशा थियो । तर सोच्दै नसोचेको रोग ब्लड क्यान्सर ब्अगतभ भिगपझष्ब भएपछि परिवारको आशा निराशामा बदलियो नै । झन उनकै उपचारका लागि ठुलो रकम जुटाउनु पर्दा आर्थिक संकटले गाँज्न थाल्यो । नवराजका बावु नारायण भण्डारी भन्छन् दैवले पनि कमजोरलाई नै लखेट्दो रहेछ । आर्थिक अभवका कारण घर परिवार धान्न धौ धौ परेको बेला छोराको उपचार गर्न छ;सात लाख लाग्छ भनेर अस्पतालले भनेपिछ छाँगाबाट खसेझैं भएका नारायणले घरमा जो भएको अन्न पात र गर गहना बेचेर बीस हजार जति जुटाए । त्यत्तिकै मात्रामा ऋण खोजे छोराको उपचार गर्नको लागि । नवराजलाई ठुलै रोग लागेका कारण बाबुले जुटाएको पैसा एक हप्ताको लागि पनि मुस्किलले पुग्ने भो । गाउँका साथि भाईको सल्लाहमा गाविसमा आर्थिक सहयोगका लागि गएका नारायणलाई गाविसले सहयोगको नाममा एउटा सिफारीस लेखिदियो । जो जस संग सम्बन्ध राख्दछ । सहयोग गरिदिनु भनेर । छोरालाई अस्पतालको बेडमा सुताएर रकम जम्मा गर्न भौंतारिएका उनी जिल्ला विकास समिति जिल्ला प्रशाशन लगाएत सबै नेताका घर दैलो चाहारी सकेका छन् । विद्यालयमा संगै पढ्ने सहपाठीहरुले सडकमा सहयोग संकलन गरेर दिएको साठी हजार रुपियाँले केहि दिन चल्न पुग्यो । सबैको मायाँले उपचार खर्च जुटाउँदै पढेका उनी अस्पतालले जान हुँदैन भन्दा भन्दै पनि फागुनमा भएको टेष्ट परिक्षामा सहभागी भएर उत्तिर्ण भए । टेष्टमा राम्रंो नम्बर ल्याएर पास भएपछि पढ्नमा झन जोश बढेको उनी बताउँछन् । उनी भन्छन् मेरो पढ्ने चाहना असाध्यै छ । अस्पतालमा हुँदा पनि मलाई कुर्न सानो भाई बस्थ्यो । कता जान्थ्यो कता तर मेरो साथमा किताब थियो त्यसैलाई समय कटाउने र भविष्य अगाडी बढाउने उपाए ठानें । विद्यालय जान नसकेपछि म मा झन आत्मावल बढ्यो मैले पढेर केहि गर्नु पर्छ भन्ने । टेष्टमा राम्रो संग पास भएकाले मलाई सरहरुले पनि हौस्याउनु भएको थियो । उपचार संगै पढाइलाई निरन्तरता दिएका उनलाई एसएलसी पास भएपछि झन पिरले सताउन थालेको छ ।


बीर अस्पतालमा नियमित उपचार गराउँदै आएका उनलाई पहिला एउटा चिन्ता थियो । उपचार खर्च जुटाउने । अब पढाईलाई थप अगाडी बढाउन आर्थिक अभाव भएको छ । संगै उपचारको लागि समेत । स्वास्थ्य मन्त्रालयको पचास हजार आर्थिक सहयोग र साथिभाई र आफन्त अनि ऋण काढेर ल्याएको पैसा सकि सक्यो । तर रोग निको हुन सकेको छैन । हाल सम्म साँढे तीन लाख रुपियाँ सकिएको बताउँदै नवराज भन्छन् बाँचेर केहि गर्ने मन छ तर मेरो घरबाट एक रुपियाँ पनि निस्किंदैन अव । चिने जानेका जति सबैले दुई चार रुपियाँ दिए । एक वर्ष पुग्न लाग्यो राग देखा परेको । अझै उस्तै छ । रकम जुटाएर नियमित उपचार गराए निको हुने वीर अस्पतालका डाक्टर विशेष पौड्याल बताउँछन् । आर्थिक सहयोगका लागि अस्पतालले पनि सिफारिस गरि दिएको छ । ब्अगतभ भिगपझष्ब रगत क्यान्सर लागेकाले लामो समय सम्म उपचार गराउन पर्ने र उपचार खर्च महंगो हुने डा। पौड्याल बताउँछन् । रोगको उपचार गर्दै नवराज आफ्नो पढाई पनि अगाडी बढाएर केही गर्न चाहन्छन् । रकम अभावका कारण कुनै पनि सम्भव नभए पछि उनी निराश छन् । यो वर्षको परिक्षामा आदर्श उच्ा माविबाट सहभागी भएका मध्ये कम विद्यार्थी उत्तिर्ण भएपनि रोगले ग्रस्त उनि भने राम्ररी उत्तिर्ण हुन सफल भए । विद्यालयकै रिजल्ट १९ प्रतिशत हुँदा नवराज ५० प्रतिशत अंक ल्याएर प्रवेशिकामा पास भएका छन् । उच्च शिक्षा पढ्ने चाहना भए पनि आफ्नो अवस्था कमजोर भएकाले अहिले सम्म भर्ना नभएको उनी बताउँछन् ।
उनी भन्छन् जीवन र पढाईलाई सहयोग गर्ने कोही होलार उपचारको लागि सरकारले पहुँचवालालाई लाखौं रकम दिन सक्छ तर भन सुन गरिदिने आफन्त कोहि नभएका उनलाई पचास हजारमा टारिएको छ । आर्थिक अभावमा भयानक रोग संग जुधेर पढाई अघि बढाएका उनी तिक्ष्ण दिमाग भएको विद्यार्थी हुन् भन्छन् आदर्शका शिक्षक रुद्रप्रसाद दनै । पढाई अगाडी बढएर समाजमा केहि गरेर देखाउने चाहना हुंदा हुंदै पनि रकम अभावमा कुण्ठित हुने परेकाले भण्डारी दुःखीत छन् ।