Saturday, April 4, 2009

तेह्र वर्ष सम्म विद्यालय निरिक्षण भएन

रामेश्वर कार्की
धादिङ २० चैत
उत्तरी धादिङको लापा गाविसमा साचालित एक निमावि दरबन्दी अभावमा समस्यामा गुजि्ररहेको छ । जिल्ला सदरमुकाम धादिङबेसीबाट तीन दिनको पैदलदुरी हिँडेपछि पुगिने लापा-७ रिचेतमा रहेको तिम्ला निमावि निजीस्रोतमा छ जना शिक्षक पालेर बाल बालिका पढाउन बाध्य छ । यो विद्यालयको चाहना होईन तर यस्तै गर् यो सम्बन्धित निकायले । हिमालि वस्ति लापाको रिचेतमा रहेको सो निमावि स्थापनामा दुई र केहि समय पछि दुई हजार चालिस तिर तीन वटा सरकारी दरबन्दी भएको थियो । शिक्षक दरबन्दीको लागि आवश्यक विद्यार्थी संख्या हुँदा हुँदै पनि उनानपचास सलामा एक दरबन्दी जिल्ला शिक्षा कार्यालयका एक पिएनले छड्के जाँच गरेको भन्दै काटाईदिए पछि अपुरो रहेको शिक्षक दरबन्दी आज सम्म उस्तै छ । हाल कक्षा सात साचालन गरेको सो विद्यालयमा दुई सय विद्यार्थी संख्या छ । अहिले पनि विद्यालयको शिक्षक दरबन्दीको हालत भने उहि नै छ । विकटका विद्यालयमा जिल्लाका कर्मचारीले निक्षिण समेत नगर्ने र विद्यालयलाई आवश्यक दरबन्दी समेत नदिएको गुनासो अठ्ठाइस वर्ष देखि सोहि विद्यालयमा अध्यापन गराउँदै आएका प्रधानाध्यापक श्यामबहादुर पाण्डेले दुखेसो पोखे । जिल््लामा दरबन्दीको कुरा गर्न जाँदा दुर्गमकालाई वेवास्ता गर्ने गरेको र राजनीतिक दलको सिफारिस खोज्ने गरेको आरोप प्रधानाध्यापक पाण्डेको छ । सरकारी मान्यताको कुरा गर्ने हो भने सो विद्यालयलाई पाँच जना शिक्षक दरबन्दी दिनु पर्ने हो तर राहत कोटो शिक्षक वितरण गर्नेवेलामा समेत वेवास्ता गरिए पछि सो विद्यालय विद्यार्थी संग फि उठाउने र गाविसको सहयोगमा साचालित छ । दुर्गमको सो वस्तिमा चार घण्टा देखि पैदल हिँडेर निमावि पढ्न विद्यार्थी नेवेर कपुर गाउँलगाएकता स्थानबाट अउने गरेको जानकारी दिँदै निजी स्रोतमा शिक्षक पाल्नु पर्दा समस्या भोग्नुपरेको स्थानीय शिक्षक बमबहादुर तामाङले बताए । दुर्गममा रहेको सो विद्यालमा निरिक्षणको लागि समेत शिक्षा कार्यालयबाट कर्मचारी पुग्दैनन् । दुइहजार उनानपचास सालमा जिल्ला शिक्षाका मुखिया जितेन्द्र खनालले छड्के निरिक्षण गरेपछि एकै चोटि बैसठ्ठी फागुनमा स्रोत व्यक्ति केशव पौडेलले निरिक्षण गरेका छन । दुर्गममा रहेको यो विद्यालय त एक प्रतिनिधी पात्र मात्र हो । यस्ता दुर दराजका विद्यालयहरु अनगिन्ति छन् सरकारी सेवाबाट बिाचत रहेका । सरकार र शिक्षा मन्त्रालय वर्षै पिच्छे शिक्षा विकासमा खरबौंको बजेट विनियोजन गर्छ । देशमा शिक्षित जन शक्ति उत्पादन गर्ने नाममा गोष्ठि सेमिनार र अनेकौं सभा गरेर समय र रकम खर्चिरहेको हुन्छ । दुर्गमका यस्ता विद्यालय भने एउटा कुनामा बसेर हेरिरहनु शिवाय अरुकेहि गर्न सक्दैन भन्दै विद्यालय व्यस्थिापन समितिका अध्यक्ष दिनेश तामाङ सरकारप्रति आक्रोश पोख्छन् । सरकारले अन्य सुविधा दिन नसकेपनि विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मात्र उपलब्ध गराईदिए पनि ठुलै राहत मिल्ने आशा स्थानीय अभिभावको छ ।

जिविस र उद्योगिबाीच अन्तरकि्रया

राजमार्ग क्षेत्रमा साचालित उद्योग र सरकारी निकायबीच आपसी सहयोग बिस्तारको लागि धादिङको महादेवबेसीमा अन्तरकि्रया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला विकास समितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा उद्योग वाणिज्य संघ धादिङ राजनीतिक दलका प्रतिनिधी र राजमार्ग क्षेत्रमा साचालित क्रसर ग्याँस र सेन्डवास उद्योगका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । अन्तरकि्रयामा सहभागी उद्योगी व्यवसायिहरुले उद्योग साचालन गर्दा आइपर्ने समस्या समाधानका लागि सरकार र उद्योगवाणिज्यले सहयोग गर्नुपर्ने माग गरेका थिए । देशमा भईरहेको लोडसेडिङको मार र राजनीतिक दल तथा तिनका युवा संगठनलाई चन्दा दिनु पर्दा उद्योग साचालन गर्न अप्ठेरो परेको गुनासो उद्योगिका तर्फबाट शिवप्रसाद रेग्मीले गर्नुभयो । उद्योगलाई परेको समस्याको लागि जिविस र उद्योग वाणिज्यले छलफलका लागि सहयोग गर्ने र उद्योगिले उद्योग साचालन गरेबापत जिविसलाई कर तिर्नु पर्ने विचार स्थानीय विकास अधिकारी रमेशकुमार अधिकारीले व्यक्त गर्नुभयो । साथै राजमार्ग क्षेत्रमा साचालित अधिकांश क्रसर उद्योगहरुले उद्योग वाणिज्यको सदस्यता नलिएकाले उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष धु्रवबहादुर थापाले संगठित भएर अगाडि बढ्न सुझाव दिनुभयो ।

दुर्गममा पानी पनर्दा भोकमरी को समस्या

रामेश्वर कार्की
धादिङ २२ चैत
लामो समय सम्म पानी नपरे पछि उत्तरी धादिङका विकट गाउँहरुमा खाद्य संकट हुने भएको छ । जिल्ला सदरमुकाम धादिङबेसीबाट तीन दिनको पैदल यात्रा पछि पुगिने तिप्लिङ लापा सेर्तुङ झार्लाङ री लगाएतका हिमाली भेगका गाविसहरुमा यो वर्ष सात महिनादेखि पानी नपर्दा खाद्यान्नको समस्या उत्पन्न हुन पुगेको लापा कपुरगाउँका रामबहादुर तामाङले जानकारी दिए । हिमाली भेगका यि गाविसहरुमा धान तथा नगदेबालीको उत्पादन नहुने हुँदा गहँु जौ मकै कोदो आलु फापर जस्ता खाद्यान्न फल्ने गर्छ । यस वर्ष यि गाविसहरुमा सात महिना सम्म खडेरी परेपछि लगाएको खाद्यान्न गहुँ जौ बारीमै सुकेका छन् । पानी नपरेका कारण कोदो समेत कम फलेपछि जसो तसो छ महिना खेति बालीबाटै धान्दै आएका उनीहरुमा तीन महिनालाई समेत खाद्यान्न नपुग्ने भएको तामाङले बताए । लामो खडेरीका कारण गहँु जौ सुकेपछि सुक्खा बारीमा रोपेको मकै समेत दुई महिना वित्न लाग्दा पनि उमि्रएको छैन । हिमाली भेगका यि गाविसहरुमा अन्य खाद्यान्न बालीहरु हुँदैन । छ महिनाको लागि खेतिपाती र छ महिना भारी बोकेर र जडिबुटी संकलन गरेर जीविका धान्दै आएका उनीहरु यस वर्ष समस्यामा परेका छन् । पानी र हिउँ नपरेकै कारण हिमाली भेगमा यो वर्ष जडिबुटी कम उमि्रएको लापा रिचेतका टेकबहादुर गुरुङले जानकारी दिए । यस क्षेत्रमा पाईने लोकता चिराईतो पाँचऔंले जटामसी निरमसी यासा्रगुम्बा जस्ता जडिबुटी समेत भेटिन छाडेको गुरुङले बताए । जिल्ला सदरमुकाम धादिङबेसीबाट तीन दिनको पैदल दुरीमा पुगिने सो बस्तिमा तत्काल खाद्यान्न पुर् याउन समेत कठिनाई पर्छ । धादिङबेसीबाट दुई सय पचास रुपैयाँ मोटरभाडा तिरेर पुगिने किन्ताङफेदी बाट खच्चरले सामान ढुवानी गर्छ । किन्ताङबाट लापा तिप्लिङमा पुर् याएको ढुवानी भाडा मात्र प्रति किलो २२ रुपैपा तिर्नु पर्ने लापाका दिनेश तामाङले बताए । दुर्गमका वस्तिहरुमा खाद्यान्न आपुर्ति गर्नका लागि खाद्यडिपोको माग गर्दै आएका तामाङ यो वर्ष बेलैमा विचार नपर् याए हिमाली भेगका मानिस भोक भोकै मर्न सक्छन् भन्छन् । तामाङ र गुरुङको मात्र बसोबास रहेको यस क्षेत्रमा जडिबुटी र भेडा पालन मुख्य व्यवसायहो । यस भेगका मानिसहरुले सरकारी तवरबाटै जडिबुटि संकलन तथा प्रशोधन केन्द्र र कृषि तथा खाद्य डिपो सहयोग गर्न माग गरेका छन् ।