Tuesday, June 9, 2009

बढ्दो छ यौन अपराध बढ्दो छ यौन अपराध, फितलो भो कानुन

रामेश्वर कार्की,धादिङ पाकाहरुले भन्ने गर्थे कलि वौलाएपछि मानिसले आँखा देख्दैन भैंमा खुट्टा टेक्दैन अनि जस्तो सुकै अपराध पनि गर्न पछि पर्दैन । जोशमा होस गुमाएर गरिने कामले पछि चेत आएपछि पछुताउनु शिवाय केहि हुँदैन । कलि र जोशको उक्ति संग मेल खाएकॊ घटना हो धादिङमा पछिल्लो समयमा घटेको यौन अपराध । एक वर्ष यता धादिङमा मौलाएको यौन सम्बन्धी घटानालाई गहिरिएर हेर्दा बावुले छोरी भनेनन् शिक्षकले विद्यार्थी देखेनन् दाजुले बहिनी सम्झेनन् र_िक्सको जोशमा मातिएकाले हजुरआमा समान एक सय दुई वर्षको वृद्धालाई समेत बलत्कार गर्न छाडेनन् । यसरी यौन दुराचारीका शिकार बनेका महिला बालिका बृद्धा जो सुकै समाजमा आफ्नो अस्मिता लुटिएकामा आक्रोश पोख्छन् । आफुले नचाहँदा नचाहँदै जवरजस्त बलात्कृत बनेका उनीहरु आफु लुटिएको मात्र होईन समाजमा थाहा भएपछि अपहेलना र एक्लिन समेत बाध्य भएका छन् । समाजमा अस्मिता लुटिएका उनीहरु सामाजिक गतिविधी व्यक्तिगत जीवनशैली र मानसिक रुपमा समेत सुस्तता र पिछडिएका छन् । तर समाजमा यौन अपराध गर्नेहरु भने कित समाजमा बाहिरै आउँदैनन् आए भने पनि सामान्य सजायँ समेत नभोगी खुलेआम एक पछि अर्को घटना घटाउन तर्फ लागेका छन् । सामान्य जेल जीवन विताएर फर्किएका उनीहरुको छुटकारा पछिको कृयाकलाप देख्दा सजाय पाएर सुधि्र्न तर्फ होईन उनीहरुमा समाजमा यस्ता घटना घटाउन थप उत्प्रेरणा र हिम्मत थपिए झैं लाग्छ । समाजमा बढ्दो यौन अपराधको पछिल्लो दर्दनाक घटना गत बैशाख अन्तिम साता धादिङको बैरेनी स्थित बेल्खुमा घटेको छ । तीस वर्ष अघि आफन्तको नाममा एक मात्र श्रीमान गुमाएर एक्लो जीवन विताउँदै आएकी एक सय दुई वर्षिया बृद्धा रुमिनी तामाङलाई गाउँकै दुई जनाले जवरजस्त बलत्कार गरे । आफन्त र सम्पति केहि नभएकी सहारा विहिन बृद्धा तामाङलाई गाउँकै ५० वर्षीय कुम्भबहादुर सुनार र रामबहादुर दमाईले विगत दुई महिना अघि देखि पटक पटक यस्तो गर्दै आएको पिडित बृद्धा बताउँछिन् । र_िक्सले मातेर पटक पटक आफुमाथि बलत्कार गर्दै आएपनि समाजले नपत्याउने र आफ्नो भन्ने कोहि नभएको हुँदा कसैलाई नभनी चुपचाप सहेर बसिन । घटना दोहोरिन थालेपछि गाउँका महिलाहरु संग आफुलाई एक्लै बस्न डर भएको र को को लोग्ने मानिस घुमिरहने गर्छन् भनेर घुमाउरो भाषामा कुरा खोतल्दा समेत कसैले पत्याएनन् । बुढी मान्छेले कुरा गर्दा समेत पत्यार लागेन यि मर्ने बेला भएकी बुढी संग न धन सम्पती छ न उमेर र तरुनो अवस्था त्यत्तिकै डराएकी होलिन भन्ने ठानेको त अन्तिम पटक थला परेपछि पो थाहा भयो साँच्चिकै रहेछ भन्ने बृद्धा बस्दै आएको घरधनी दानमायाँ भण्डारीले भनिन् । आफुमाथि पटक पटक आई लाग्न थालेपछि समाजले समेत नपत्याउँदा ज्यान जोगाउनकै निम्ति आफु बस्दै आएको गोठ छाडेर सडक किनारामा बालुवा चाल्ने एक महिलाको घरमा आएर बसेकी थिईन । तर त्यहाँ बस्दा समेत पटक पटक बलत्कार गर्दै आएको अभियुक्तलॆे घरमा नराख्नु बुढी मरे अपजस आउला भनरे माथि पठाईदिन भनेको बालुवा चालेर जीविका चलाउँदै बृद्धालाई सहारा दिएकी ति महिलाले भनिन् । पुरानै बस्तिमा गएर बसेको एक दुई दिनमै उही पुरानै अपराधीले साथि समेत लिएर आएर आफुमाथि अपराध गरेको बृद्धाले बताईन् । एकान्तमा बसेकी बृद्धा चिच्याउँदा समेत कसैले थाहा नपाउने ठाउँमा बस्दै आएकी थिईन् । उनीहरु आएको थाहा पाएर दाउराको चाङमाथि दाउराले छेकेर लुक्दा समेत तानेर घिसार्दै मारिदिन्छु भन्दै मझेरीमा लगेर दुवै जनाले एकै पटक बलत्कार गरेको बृद्धाले बताईन् । दाउरामा घिसारेको घाउ डडाल्नोमा देखाउँदै भनिन् मारि दिन्छु अरुलाई भनिस भने भनेका छन् । घाँटीमा थिचेर बोल्नै नसक्ने पारे दुवै जना एकै पटक चढे शरीर भरि रक्ताम्मे भएको घाउ देखाउँदै उनले भनिन् । बृद्ध शरिरमा जवरजस्त गरेकाले तल्लो पेट र यौन अङ्ग धेरै दुखेको र पोल्ने गरेको उनको भनाई छ । आफुलाई खान पानी समेत ल्याउन नसक्ने अवस्थाकी बृद्धालाई संधैभरी सहयोग गर्दै आएकी नजिकैकी बालिकाले पानी लिएर जाने क्रममा बृद्धाको हालत देखेर मात्र घटना सार्वजनिक भएको हो । घटना सार्वजनिक भएपछि स्थानीय महिला समुहको पहलमा प्रहरीमा उजुरी र स्वास्थ्य जाँच गराईएपछि आरोपित दुवै जनालाई प्रहरीले गिरफ्तार गरि जिल्ला प्रहरीमा आवश्यक अनुसन्धान र कार्वाहीको पक्षमा छ । अपराधीलाई प्रशाशनले कानुनी उपचार नगर्ने होकी भन्ने आशंका स्थानीय महिला समुहकोछ । सहारा विहिन बृद्धाको पुनःस्थापनाको लागि राष्ट्रिय महिला आयोगले जिम्मा लिएको छ । पिडामा परेकी बृद्धालाई घटनास्थलमै भेट्न पुगेकी राष्ट्रिय महिला आयोगकी अध्यक्ष नयनकला थापाले पत्याउनै नसकिने घटना भएको बताउँदै अपराधीलाई कानुनी उपचारको लागि पहल गरिने बताईन् । एक वर्षको समयावधि भित्र धादिङमा यौन अपराधका घटना झण्डै दर्जनको हाराहरीमा घटेको छ । घटना घट्छ परिवार समाज हुँदै न्यायको ढोका सम्म पुग्दा पनि सामान्य अपराधको वहाना बनाएर अपराधीलाई छाडिदिने गरेकामा महिला अधिकारवादीहरु चिन्तित छन् । समाजमा यस्ता अपराधिक प्रकृतिका घटना दोहोरी रहनुमा प्रशाशनको फितलो कार्वाही प्रकृया र पितृसत्तात्मक सोच हावी भएको महिला मानव अधिकार रक्षक साजाल धादिङकी राधिका सापकोटा आरोप लगाउँछिन् । समाजमा एक पछि अर्को गर्दै घटेका घटनाले प्रहरी प्रशाशन र न्यायालयको अगाडी प्रश्न चिन्ह खडा भएको छ । बेल्खुको घटना सेलाउन नभ्याउँदै मलेखुमा एक साता नवित्दै बैशाख ३१ गते अर्को घटना सार्वजनिक भएको छ । आफ्नै भतिजीलाई बलत्कार गरि गर्भ रहेपछि गर्भपतन गराउने बेनीघट गाविस -१ का गोपाल त्रिपाठीे हाल फरार छन् । घरमा स्थानयिबासीले ताला लगाइ दिएका छन् । बागेश्वरी उच्च मावि मलेखुमा प्राथमिक तहका शिक्षक एवं प्राथमिक तहका इन्चार्ज ४० वर्षीय गोपाल त्रिपाठीले भतिजी पर्ने १३ वर्षीया बालिकालाई पटक पटक बलत्कार गरेपछि गर्भ रहेको थियो । उनको गर्भ रहेपछि गत भदौ देखि विद्यालय जान समेत छाडेकी बालिकाको गर्भ पतन गराउन स्थानीय २ जना महिललाई १५ हजार रुपैयाँ दिएर पठाईएको थियो । उनीहरुले चितवनको सप्तगण्डकी पोलिल्किनिक मा ०६६ बैशाख ७ गते गर्भपतन गराएको रिपोर्टमा देखिन्छ । गाउँमा घटना बारे हल्लाखल्ला भएपछि आफूलाई गाउँभरीका मानिसले सम्बन्ध बारेमा केरकार गरेको र हरेक दिन धेरै मानिस आइरहेपछि ५ सय भन्दा बढी स्थानीयबासीको सामु बालिकाले आफूलाई गोपाल त्रिपाठीले यौन सम्बन्ध राखी धम्क्याएको बताईन् । छोरी नाता पर्नेमाथी भएको यस्तो घटना केही दिन अघि सार्वजनिक भएपछि त्रिपाठी भागेका छन् भने विद्यालयले उनलाई कारबाही गरेको जनाएको छ । तर विद्यालयले बलत्कारीलाई कस्तो किसिमको कारबाही गरिएको भने खुलाएको छैन । समाजमा घटना सार्वजनिक भएपछि फरार रहेका त्रिपाठी पारिवारीक संरक्षणमा हुन सक्ने स्थानीयबासी बताउँछन् । पिडितको तर्फबाट किटानी जाहरी समेत नपरेपछि प्रहरीले थप प्रकृया बढाएको छैन । यस सम्बन्धमा त्रिपाठी र उनको परिवारसंग सम्पर्क गर्न खोज्दा घरमा कोही नभएकोले सम्पर्क हुन सकेन । घटनाको बारेमा त्रिपाठीका भिनाजु विष्णु सिलवालले टेलिफोन गरि घटना सार्वजनिक नगर्न र त्यो गरेमा घटना सार्वजनिक गर्नेलाई समस्या पर्ने बताए । उनले घटनास्थल पुगेका सबै अधिकारकर्मी तथा संचारकर्मीलाई फोन गरेर घटनाको बारेमा केही नभन्न र आफूहरुले गाउँमै घटना मिलाउन लागेको बताए । घटना सार्वजनिक भएपछि ०६६ बैशाख ३१ गते घटनस्थल पुगेका मानवअधिकारकर्मी र संचारकर्मीहरु समक्ष स्थानीयबासीले पीडित बालिकालाई न्याय दिलाइदिन आग्रह गरेका छन् । आफ्नै छोरी पर्ने हाडनाता भित्र जवरजस्ति करणी गर्ने अपराधी पारिवारीक र राजनीतिक आडमा संरक्षित छन् तर पिडामा परेकी ति वालिका भने समाजमा हल्ला भएपछि झनै पिडामा छिन् । गाउँघरमा थाहा भएपछि हेलत्व हुन पुगेकी उनी जस्ता पिडित महिलाको जिवनस्तर खस्कंदो अवस्थामा छ । पिडा दिएर फरार रहेकाहरु भने केहि समय लुकेर दुई÷चार वर्षमै चोखो र समाजको अगुवा बनेर निस्कन सक्ने महिला अधिकार कर्मी अम्विका रुपाखेती बताउँछिन् । घटनाहरु घाट्छन् गाउँघरमा हल्ला खल्ला मचिन्छ । न्यायको। ढोकामा पुगेर घाटनालाई त्यत्तिकै आलटाल गरेर फर्काउँदा पिडित झन पिडत हुन्छन् भने पिडितका सहयोगी समेत अपराधिको नजरमा तारो बन्ने गरेका छन् । सलाङ गाविसमा गत माघ महिनामा आफ्नै छोरीमाथि बलत्कार गरि गर्भ बोकाउने बाबु तारानाथ लोहनीलाई प्रहरीले उमेरका कारण कानुनी उपचार हुन नसक्ने भनि फर्काईदियो । ६० वषिया बाबु लोहनीले पटक पटक गरेर गर्भ रहेको समाजको अगाडी र प्रहरी समक्ष पिडित छोरी रुपमती नाम परिवर्तन ले बयान दिँदा समेत उमेर नाघेको भन्दै प्रहरीले उजुरी लिन नचाहेपछि समाजले केहि खर्च जुटाएर पिडमलाई गाउँ निकाला र पिडितछोरीलाई नलाङमा जिम्मा लगाईएको छ । आफ्नै बाबुले यौन शोषण गरेर रहेको गर्भ स्याहार गर्न आफुले नचाहेको व्यक्तिको पछि लाग्नु पर्दा झन पिडा महसुस गरेकीछिन्। । पिडकलाई भने समाजले गाउँ निकाला गरेको छ । प्रंहरीले घटना बुफ्न नमाने पनि पिडितले सबैका सामु बाबुलेनै पटक पटक यस्तो गरेर गर्भ रहेको बताएपछि अपराधीलाई गाउँ आउन नदिएको सलाङका डिल्लि पाठकले बताए । समाजमा जस्तो सुकै जघन्ने अपराध गरेपनि राजनीतिक रंग र प्रशाशनको फितलो कार्वाही प्रकृयाले अपराधीहरुको मनोवल झन बढेको मनोसामाजिक कार्यकर्ता अप्सारा उपे्रती बताउँछिन् । आफ्नै छोरीमाथि पटक पटक गरि सात पटक सम्म बलत्कार गर्ने नौविसेका ४५ वर्षिय परेली विश्वकर्मा स्थानीयबासीले प्रहरीको जिम्मामा लगाएको दुई महिना नपुग्दै सार्वजनिक अपराध अन्तर्गत पाँच सय रुपैयाँ जरिवाना तिरेर थुना मुक्त भए । जेलबाट फर्किए लगतै विश्वकर्माले समाजमा आफुलाई जेल हाल्न सहयोग गर्ने सबै महिलालाई छोरीकै जस्तो गरिदिन्छु भन्दै धम्क्याएर हिँडेका स्थानीय महिलाहरु बताउँछन् । र_िक्सले मातिएर आफु वाईसिएल हँु भन्दै समाजमा त्रास र धम्कि िदंदै हिँडेका छन् । विश्वकर्माले दुई कक्षामा पढ्दै गरेकी आफ्नै १२ वर्षिया छोरी चिजा नाम परिवर्तन लाई तीन महिना अघिदेखि पटक पटक बलत्कार गर्दै आएका थिए । घरमा आमा छोरीमा घटनाबारे जानकारी भएपनि लाज र डरका कारण समाजमा बाहिर नल्याई छोरीलाई जोगाउनकै लागि आमाले तीन सन्तान सहित ०६५ असार देखि भागेर काठमाण्डौ गएर बस्न थालेकी थिइन् । घटना सार्वजनिक गर्न प्रहरी कार्यालय आईपुगेका आमा छोरीले पहिलो पटक खेतमा जाँदा र त्यसपछि बारीको पाटोमा आमालाई घाँसा पठाएर कोहि नभएको बेला घरमै सात पटक सम्म यस्तो गरेको बताए ।
वरपरका महिला समुहमा घटना बारे कुरा खुलेपछि महिला समुहकै पहलमा ०६५ असोजमा दशैंको टिकाको दिन ईलाका प्रहरी कार्यालय खानीखोलामा ल्याएर जिम्मा लगाईएको थियो । प्रहरी चौकीमा आएका चिजा र उनकी आमाले सबै घटना जानकारी दिएपछि पिडक विकलाई जिल्ला प्रहरीमा लगिएको दुई महिना नपुग्दै छाडियो । आफ्नै छोरी माथि जबरजस्ति बलत्कार गरेको कुरा प्रहरी र समाजको अगाडी बताउँदा समेत अपराधीले कानुनमा तोकिए बमोजिमको सजायँ नपाउँदा पिडित चिन्तित छन् । बरु नभनी बसेको भए समाजले त थाहा पाउने थिएनन नी भन्दै चिजाकी आमा जन्मकैद हाल्नु पर्ने माग गर्छिन् । तर बलत्कारी हो भनेर प्रहरीको जिम्मा लगाएर छाडिएको विश्वकर्मा एक महिना जेल बसेर छुटे । उनको सवालमा बलत्कारी हो भनेर जाहेरी नै नपरेकाले र_िक्सखाएर हो हल्ला गरेको भनि सार्वजनिक अपराधमा पाँच सय जरिवाना लिएर छाडिएको धादिङका प्रमुख जिल्ला अधिकारी उद्दवबहदुर थापा बताउँछन् । ईलाका प्रहरी कार्यालयमा समाजका मानिस र प्रहरीको अगाडी पटक पटक बलत्कार गरेको भनि बयान दिदा समेत विभिन्न बहानामा अपराधी छाडेको स्थानीयको आरोप छ । यदी उनी बलत्कारी हो भनि किटानी भई मुद्दा चलेको खण्डमा दश वर्ष कैद हुने कानुनमा उल्लेख छ । समाजमा यौन अपराधका घटना दिन प्रति दिन बढ्दो मात्रामा छ । कतिपय प्रहरीमा आएर पनि सफाय पाउँछन् भने कतिपय समाजमा नै मिलाईन्छ । यस्तै घटना ०६५ असारमा तसर्पु गाविसमा घटेको छ । कक्षा ९ मा पढ्दै गरेकी आफ्नै बहिनी पर्ने चमेली अर्याल नाम परिवर्तन लाई गाउँकै दाजु नाताका राजु अर्यालले बलत्कार गरि गर्भवति बनाएपछि गाविसमै बसेर घटना मिलाईयो । खानेकुरा दिएर फकाएर बलत्कार गर्न खोज्दा आफुले नमान्दा नमान्दै जबरजस्त गरेपनि भनेमा आफ्नै वेईज्जत हुने डरले चुपचाप बसेकी उनीको दिन दिनै पेट बढ्दै गएपछि केर कार गर्दा आफुलाई जवरजस्त गरेको भनि मनोसामाजिक कार्यकर्ता संग कुरो खुलेपछि गाविसमा बसेर पिडित र पिडक दुवै पक्षको सहमतिमा हाडनातामा दोश्रो विवाह गराई पठाईएको थियो । आफुलाई िभœयाएको केहि समयमै दाजु पर्ने श्रीमान विदेश गएपछि घर परिवारमा हेला हुन थालेपछि छोरी सहित माईतमा बसेकी छन् । समाजमा यौन अपराध गर्नेहरु कित दुईचार वर्ष फरार हुन्छन् फेला परिहाले स्वीकारुँला भन्नेमा ढुक्क हुन्छन् । यस्तै बलत्कार गरेर गर्भ बोकाएर फरार रहेका छन् नौबिसेका नारायण उप्रेती । गाउँकै सुस्त दिमागकी पातली नाम परिवर्तनलाई गर्भ बोकाएर फरार उप्रेतीलाई समाजले जिम्मा लगाउन खोजि गरिरहेको छ । हाल नौ महिनाको गर्भ बोकेर आफ्नो सन्तानलाई बाबुको नाम राख्न कुरीरहेकी उनी समाजमा हेलित अवस्थामा छिन् । पिडक उप्रेती फरार रहेपनि प्रहरीमा उजुरी गरिएको छैन । यौन अपराध गर्नेलाई प्रशाशनले समेत पुरा कानुनी उपचार नगराई छाडिदिने हुँदा गाउँलेहरु यस्ता घटना गाउँमै मिलाउन चाहन्छन् । गर्भ रहेका केसमा त उजुरी गर्दा पिडित झन पिडित हुने भएकाले भेटेसम्म जिम्मा लगाएर आफ्नो दायित्वि पुरा गर्न समाज लागि पर्छ । यसैगरी गत बैशाख १ गते जोगिमारा-९ खटौतिमा रहेको रोयल वीच क्याम्पमा आफ्नो प्रेमी संगै बसेकी अस्टे्रलियन युवतिलाई बलत्कार गर्ने काठमाण्डौका सम्राट गौचन महिना दिन सम्म प्रहरीको हिरासतमा बसेर छाडिएका छन् । पिडितको उजुरीको आधारमा पक्राउ परेका गौचन अनुसन्धानमा ढिलाई भएका कारण छुटेको प्रहरीले जनाएको छ । पिडकको रौं पिडितको यौनिमा फेला परेपछि अनुसन्धानमा सुरु भएको थियो । प्रहरी हिरासतबाट मुक्त भएका गौचनलाई थप अनुसन्धान र कार्वाहि गर्नु पर्ने भएकाले जिल्ला अदालतले पक्राउ गर्न जेठ चार गते आदेश दिएपनि हाल सम्म पक्राउ नपरेको जिल्ला प्रहरीले जनाएको छ । घटना घटिसकेपछि सामाजिक रुपमा कार्वाहीको प्रकि्रया पुरा गरेपनि मानसिक रुपमा व्यक्तिलाई सचेत नगराउँदा समस्याले झन ठुलो विकराल निम्त्याउने गर्छ । जिल्लाको बुढाथुम गाविसमा ०६४ फागुनमा यस्तै भयो । स्थानीय लक्ष्मी बरुवाललाई गाउँकै राजेन्द्र िसंखडाले जवरजस्ति वलत्कार गरि गर्भवति बनाएपछि समाजमा हल्ला भयो । सामाजिक रुपमै समस्या समाधान गर्ने भनि समाजले िसंखडा र बरालको जोडी बनाईदिए पनि िसंखडा परिवारले बच्चा आफ्नो हाईन भनि दिनहुँ पिडा दिन थालेपछि बराल आफ्नो १५ महिनाकी छोरी सहित घर निकाला भएकी छिन् । परिवारले घर निकाला गरेपछि उनले न्यायका निम्ति प्रशाशनमा उजुरी दिएपनि सुनुवाई नभएकाले पिडामा परेको बताईन् । उनले न्यायका निम्ति प्रशाशनमा उजुरी दिएपनि सुनुवाई नभएकाले पिडामा परेको बताईन् । यस्तै निलकण्ठ गाविसको सोह्र घरेमा घटेको घटनाले त जिल्लामा सनसनि नै मच्चायो । गाउँकै स्कुलमा कक्षा ७ मा पढ्दै गरेकी अंकिता नाम परिवर्तनलाई ०६५ कात्तिकमा जवरजस्त बलत्कार गर्ने गाउँकै राजकुमार थापा मगर जेलमा छन् । समाज र प्रशाशनको अगाडी समेत अपराधी ठहरिएका थापा मगरलाई जेल मुक्त गर्न राजनीतिक दल र समाजका अगुवाहरु निरन्तर लागिपरेका छन् । अपराधीले पुरा समय सजायँ नपाउने होकी भन्ने पिडामा परेकी अंकिता हदैसम्मको कानुनी उपचारको माग गर्छिन् । नियमित रुपमा पढ्दै गरेकी उनी आजभोली विद्यालय जन्नन् । समाजका अगाडी आफ्नो अस्मिता लुटिएपछि समाजले हेयको भावले हेर्ने हँुदा विद्यालय जान नसकेको उनले बताईन् । जिल्लामा पछिल्लो पटक घटेका यि घटना प्रतिनिधित्वका लागि मात्र हो । समाजमा घट्ने गरेका यौन सम्बन्धि घटना धेरै भए पनि लाज डर र धम्किका कारण बाहिर आउने गरेको छैन । बाहिर आएपनि उचित दण्ड नहुने हँुदा यस्ता घटनाले संरक्षण र उत्प्रेरणा पाईरहेको मानव अधिकारवादी तथा पत्रकार सीताराम अधिकारी बताउँछन् । धादिङमा पछिल्लो समयमा घटेको यौन अपराधले पनि पुष्टि गर्छ राजनीतिक दलको दवाव र प्रशाशनको निरिहपनाले पिडित संधै पिडित छन् । पिडक समाजमा सम्मानित छन् अगुवा छन् । समाजमा घट्ने गरेका यि घटनाले राज्य र विधिको शाशनलाई समेत चुनौति दिएको छ । यस्ता अपराध नियन्त्रण गर्न समाजमै बसेर जिम्मा लगाउने पिडित स्वयंले मौखिक बकेको कुरा किटानी परेन भनेर वेवास्ता गर्ने जस्ता लाचार कामले यौन अपराधिहरुलाई थप हौसला बढेको अनुमान सहजै लगाउन सकिन्छ । पिडितको पिडा र राज्यको कानुनलाई सबै मिलि पालना गर्ने हो भने समाजमा यस्ता गतिविधी कम भएर जाने थियोकी । यता पताट्टी सबैको ध्यान जान जरुरी रहेको छ ।